नेपाल विद्युत प्राधिकरणद्धारा २४ वटा सौर्य आयोजनको पीपीए स्वीकृत

काठमाडौँ, असोज १२ ।
नेपाल विद्युत प्राधिकरण (नेपा) ले २४ वटा सौर्य ऊर्जा आयोजनासँग विद्युत खरिद सम्झौता (पीपीए) स्वीकृत गरेको छ। प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक मनोज सिलवालले ३५५ मेगावाट क्षमताका आयोजनाहरुसँग सम्झौता अन्तिम रूपमा स्वीकृत गरेका हुन्।

पूर्व कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले यसअघि यो प्रक्रिया रोकिएका थिए। उनको पालामा एक व्यवसायीका आठवटा आयोजना मात्र स्वीकृत भई बाँकी रोकिएको आरोप लागेको थियो। तत्कालीन ऊर्जामन्त्री दीपक खड्का र शाक्यबीच मतभेद भएपछि प्रक्रिया अघि बढ्न नसकेको प्राधिकरणका अधिकारीहरुको भनाइ छ।

यसअघि नै तत्कालीन प्रबन्ध निर्देशक कुलमान घिसिङको कार्यकालमा प्रक्रिया अन्तिम चरणमा पुगेको भए पनि निर्णय रोकिएको थियो। पीपीए स्वीकृत भएपछि अब आयोजनाहरुले वित्तीय व्यवस्थापन गरी निर्माण कार्य अघि बढाउन सक्ने अवस्था भएको छ।

प्राधिकरणको विद्युत व्यापार विभागले विभिन्न सबस्टेसनका लागि क्षमता तोकेर मूल्य प्रतिस्पर्धा गराएको थियो। आधार दर प्रतियुनिट ५ रुपैयाँ ९४ पैसा तोकिएकोमा सोभन्दा कम मूल्य प्रस्ताव गर्ने आयोजनाहरुसँग सम्झौता गरिएको प्राधिकरणका अधिकारीहरुले जनाएका छन्।

हालै ऊर्जामन्त्रीमा कुलमान घिसिङ नियुक्त भएपछि सरकारले हितेन्द्रदेव शाक्यलाई जल तथा ऊर्जा आयोग सचिवालयमा विज्ञ सदस्य (विशिष्ट श्रेणी) को रूपमा पठाउँदै, प्राधिकरणको कार्यकारी निर्देशकमा मनोज सिलवाललाई असोज ५ गते बसेको मन्त्रिपरिषद् बैठकमार्फत नियुक्त गरेको हो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

कुन कांग्रेस आधिकारिक ? विवाद निर्वाचन आयोगमा, सुरु भयो कागजी ‘युद्ध’

 माघ २ , काठमाडौँ । नेपाली कांग्रेसभित्र उत्पन्न विवाद निर्वाचन आयोगसम्म पुगेको छ। पुस ३०

अर्को साता मौसमी प्रणाली सक्रिय हुने संकेत, वर्षाको सम्भावना देखियो

 माघ २,काठमाडौं ।  दुई अन्तर्राष्ट्रिय मौसमी मोडलले अर्को सातादेखि देशका विभिन्न भागमा वर्षा हुने सम्भावना

रिमा विश्वकर्मा र अभिषेक सिंह रास्वपामै रहने संकेत, उज्यालो पार्टीका केही नेताले समानुपातिकबाट नाम फिर्ता लिए

पुस २७, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबीचको एकता भङ्ग भएसँगै प्रतिनिधिसभा

नेपाली कांग्रेसको विशेष महाधिवेशनमा ३ बजेसम्म १ हजार ७ सयभन्दा बढी प्रतिनिधिले गरे नाम दर्ता

पुस २७, काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनको उद्घाटन सत्र काठमाडौंको भृकुटीमण्डपमा जारी छ। विशेष

इपीएस परीक्षा पास गरेका उम्मेदवारको पक्षमा श्रम मन्त्रालयका तीन निर्णय

पुस २४, काठमाडौं । सरकारले दक्षिण कोरिया रोजगारीका लागि रोजगार अनुमति प्रणाली (इपीएस) परीक्षा उत्तीर्ण

अण्डाको मूल्य घट्यो

चितवन, पुस २१ गते । क्रमशः अण्डाको मूल्य घटेको छ । नेपाल लेयर्स कुखुरापालक सङ्घले फार्महरूसँग