काठमाडौँ, असोज १२ गते । भदौ २३ र २४ गते भएको जेनजी पुस्ताको आन्दोलनका कारण क्षतिग्रस्त भएका भौतिक संरचनाबापत हालसम्म करिब रु २३ अर्ब ३९ करोड २७ लाख बराबरको बिमा दाबी दर्ता भएको छ।
नेपाल बिमा प्राधिकरणका अनुसार बिमा दाबी सम्बन्धी सूचना अझै आउने क्रम जारी छ। हालसम्म सम्पत्ति बिमा ५९४, मोटर बिमा २,२०९, इञ्जिनियरिङ तथा ठेक्का जोखिम बिमा १४४, परिवहन बिमा ११ र अन्य बिमा ३० गरी जम्मा २,९८८ वटा दाबी आवेदन दर्ता भएका छन्।
प्रदेशगत विवरणअनुसार सबैभन्दा धेरै बिमा दाबी बागमती प्रदेशबाट परेको छ, जहाँ १,६०८ आवेदन दर्ता भएका छन्। कोशीमा ३७७, मधेशमा ३२३, गण्डकीमा २१९, लुम्बिनीमा २५४, कर्णालीमा २५ र सुदूरपश्चिममा १८२ वटा दाबी दर्ता भएको प्राधिकरणले जनाएको छ।
बिमा कम्पनीगत विवरणअनुसार, सिद्धार्थ प्रिमियर इन्स्योरेन्समा सबैभन्दा बढी रु ५ अर्ब ४५ करोड ९३ लाख बराबरको दाबी परेको छ। त्यसपछि दि ओरियन्टल इन्स्योरेन्समा रु ५ अर्ब २३ करोड २४ लाख, आइजिआई प्रुडेन्सियल इन्स्योरेन्समा रु २ अर्ब ७९ करोड ६६ लाख, शिखर इन्स्योरेन्समा रु २ अर्ब ३९ करोड १३ लाख र सगरमाथा–लुम्बिनी इन्स्योरेन्समा रु १ अर्ब ५७ करोड ५९ लाख बराबरको दाबी दर्ता भएको छ।
हालसम्म मुलुकभर १४ निर्जीवन बिमा कम्पनी र चार माइक्रो इन्स्योरेन्स कम्पनीमा दाबी दर्ता भएको प्राधिकरणले जनाएको छ। प्राधिकरणले भौतिक क्षति ठूलो भएकाले बिमा दाबीको सङ्ख्या अझै बढ्न सक्ने अनुमान गरेको छ।
काठमाडौं, असोज ४ । काठमाडौं उपत्यकामा रात्रिकालीन यातायात सेवालाई थप सहज र सुरक्षित बनाउने उद्देश्यले उपत्यकाका
असोज, ३ काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी
काठमाडौँ, भदौ ३० गते । महिला तथा बालिकामाथि हुने बलात्कार, यौन हिंसा तथा साइबर अपराध
काठमाडौँ । भदौ २३ र २४ गते भएको आन्दोलन तथा त्यस क्रममा भएका हिंसात्मक घटनालाई
काठमाडौँ, भदौ २२ गते । नेपाल क्यासिनो एसोसिएसनले भोटेकोशी बाढीपीडितका लागि ८५ लाख २३ हजार
-अधिवक्ता तारा निधि पन्त भाद्र २१, काठमाडौं । विवादित ‘ग्रिन आर्मी’ नामक संस्थाको दर्ता खारेज