September 21, 2025

तीन दिनसम्म जलिरह्यो सर्वोच्च, ललितपुरको दमकलले निभायो आगो

काठमाडौँ, असोज ५  गते।
जेन–जी आन्दोलनका क्रममा भदौ २४ गते राजधानीमा राज्यका तीन प्रमुख निकाय—प्रधानमन्त्रीको कार्यालय सिंहदरबार, सर्वोच्च अदालत र संघीय संसद् भवनमा आगजनी भयो। दिउँसो नै सुरु भएको आगो नियन्त्रण गर्न सुरक्षाकर्मी र दमकलको उपस्थिति भए पनि तत्काल कुनै पहल भएन। मध्यरातपछि मात्रै दमकल परिचालन भयो र नेपाली सेनाले सुरक्षाको कमान सम्हाल्यो।

प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतका अनुसार सर्वोच्च अदालतमा लागेको आगो अझ दुई दिनसम्म निभ्न सकेन। पत्रकार टीकाराम यात्रीसँगको अन्तर्वार्तामा उनले भदौ २६ गतेसम्म पनि सर्वोच्चमा आगो बलिरहेको पुष्टि गरेका छन्।
“२६ गते म पुग्दा अदालतभित्र अझै आगो सल्किरहेको थियो। त्यसको गन्ध त आजसम्म पनि बाँकी छ,” राउतले बताएका छन्।

त्यसै दिन जलिरहेको सर्वोच्चकै कम जलेको कोठामा ‘फुल कोर्ट’ बैठक बसेको उनले स्मरण गरे। “बैठक बस्ने क्रममा ललितपुरका मेयर चिरिबाबु महर्जनलाई सम्पर्क गरेर दमकल पठाउन आग्रह गरें, उहाँले तुरुन्त सहयोग गर्नुभयो,” उनले भने।

राउतका अनुसार आगो निभाउन निकै कठिनाइ भएको थियो। “भवन मात्र होइन, मिसिल (मामिला सम्बन्धी कागजात) पनि बलिरहेको थियो। आगो निभाउन पानी प्रयोग गर्दा मिसिल नै नष्ट हुने जोखिम थियो,” उनले बताए। तर, कर्मचारीहरूको निरन्तर प्रयासपछि मात्र आगो नियन्त्रणमा आएको उनले स्पष्ट पारे।

प्रधानन्यायाधीशले भदौ २५ गते नै कार्यालय पुग्ने योजना बनाएको तर सुरक्षाको कारणले तत्काल सम्भव नभएको पनि बताएका छन्।
“त्यो समय सरकार बनिसकेको थिएन, प्रहरीहरू आत्मसमर्पण गराइसकेका थिए। सेनाबाहेक अरू कुनै सुरक्षा बल सक्रिय थिएनन्। सेनाले तत्काल आउन सुरक्षित नहुने सुझाव दिएपछि म २५ गते सर्वोच्च प्रवेश गर्न सकिनँ,” उनले भने।

तर, २५ गतेकै दिन आफूले ‘भोलि जसरी भए पनि अदालत जान्छु’ भन्ने अडान लिएको उनले स्मरण गरे।
“सर्वोच्च नागरिक अधिकारको प्रतीक हो। यस्तो संस्थाको प्रमुखले जस्तोसुकै संकटमा पनि सामना गर्न तयार रहनुपर्छ भन्ने भावनाले मलाई अघि बढायो,” उनले अन्तर्वार्तामा भने।

प्रधानन्यायाधीश राउतले विषम परिस्थितिमा पनि न्यायको दियो निभ्न नदिने प्रतिबद्धता व्यक्त गर्दै, अदालतको अस्तित्व नागरिक अधिकार र स्वतन्त्रताको प्रत्याभूतिका लागि अपरिहार्य रहेको बताएका छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

भोटेकोशी बाढीमा बेपत्ता मृत घोषणा गर्ने प्रक्रिया सुरु, राहत भने अझै अलपत्र

कार्तिक ११, काठमाडौँ । गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको भीषण बाढीमा परी

अर्थमन्त्री वाग्लेको दिल्ली अभिव्यक्तिले नेपालमा बढायो कूटनीतिक विवाद

कार्तिक १०, काठमाडौँ । नयाँदिल्लीमा आयोजित एक अन्तर्राष्ट्रिय सम्मेलनमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले दिएको अभिव्यक्तिलाई लिएर

बंगालको खाडीको न्यून चापीय प्रणालीको प्रभाव: बिहीबारदेखि वर्षा र हिमपातको सम्भावना, सतर्कता अपनाउन आग्रह

८ कार्तिक २०८३, आइतबार,काठमाडौं। बंगालको खाडीमा विकसित भइरहेको न्यून चापीय प्रणालीका कारण आगामी बिहीबारदेखि नेपालका विभिन्न

बैंक खातामा राष्ट्रिय परिचयपत्रको ‘बाध्यकारी’ नियम बदर: सर्वोच्चको ऐतिहासिक फैसला र यसका दूरगामी प्रभाव

२९ असोज २०८३, काठमाडौँ । नेपाल राष्ट्र बैंकले बैंक खाता खोल्न, केवाईसी अद्यावधिक गर्न तथा

मानव अधिकार परिषद्मा नेपाल निर्वाचित, एसिया–प्रशान्त क्षेत्रबाट सर्वाधिक १७३ मत

असोज २८, काठमाडौं । नेपाल संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार परिषद्को सन् २०२७–२०२९ कार्यकालका लागि सदस्यमा

गैरकानुनी बर्खास्तमा क्षतिपूर्ति निर्धारण गर्दा सेवा अवधि गणना गर्न सर्वोच्चको आदेश

काठमाडौं, २६ असोज। सर्वोच्च अदालतले गैरकानुनी रूपमा बर्खास्त गरिएका श्रमिकलाई पुनर्बहाली नगर्ने अवस्थामा क्षतिपूर्ति निर्धारण