गृहमन्त्री अर्याल सशस्त्र प्रहरी मुख्यालयमा : नागरिक सुरक्षा र सेवामा समर्पित हुन निर्देशन

काठमाडौँ, असोज ५ गते। गृहमन्त्री तथा कानुन, न्याय र संसदीय मामिलामन्त्री ओमप्रकाश अर्यालले आइतबार सशस्त्र प्रहरी बल नेपालको प्रधान कार्यालयको निरीक्षण भ्रमण गर्नुभयो। भ्रमणका क्रममा उहाँले जेनजी आन्दोलनका सहिदप्रति श्रद्धाञ्जलि अर्पण गर्दै घाइते नागरिक तथा सुरक्षाकर्मीको स्वास्थ्य लाभको कामना गर्नुभयो।

मन्त्री अर्यालले अप्ठ्यारो परिस्थिति र चुनौतीपूर्ण अवस्थाको सामना गर्दै राज्य र नागरिकको सेवा तथा सुरक्षामा समर्पित रहन सशस्त्र प्रहरीलाई निर्देशन दिनुभयो। उहाँले “नेपाली जनताको जीवन रक्षा भन्दा ठूलो कर्तव्य अरु केही हुन सक्दैन” भन्दै सशस्त्र प्रहरी बल नेपालसहित अन्य सुरक्षा निकायले पनि यस दायित्वलाई गम्भीरतापूर्वक बुझेको विश्वास व्यक्त गर्नुभयो। साथै, आगामी दिनमा अझ उत्साहपूर्वक कार्यक्षेत्रमा खटिनुपर्नेमा जोड दिनुभयो।

कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सशस्त्र प्रहरी बल नेपाल जनअपेक्षा अनुरूप सुरक्षा सेवा प्रदान गर्दै आएको बताउनुभयो। उहाँका अनुसार संगठनले आर्जन गरेको प्रतिष्ठा र जनविश्वासलाई कायम राख्न अनुशासित, कर्तव्यपरायण र सेवाप्रति निष्ठावान रहँदै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा सक्रिय भूमिका निर्वाह गर्दै आएको छ।

महानिरीक्षक अर्यालले आन्दोलनको शान्तिपूर्ण व्यवस्थापनका लागि हुल तथा दङ्गा नियन्त्रणमा सक्षम विशेष एकाइको स्थापना, बख्तरबन्द सवारी, वाटर क्यानन, दङ्गा नियन्त्रण उपकरण, नियन्त्रित सामग्री र आधुनिक हतियार प्राप्तिमा मन्त्रालयको निरन्तर सहयोग रहने विश्वास पनि व्यक्त गर्नुभयो।

निरीक्षणका क्रममा गृहमन्त्री अर्यालले सशस्त्र प्रहरी बलले प्रयोगमा ल्याएका विविध उपकरण तथा सामाग्रीको अवलोकन गर्नुभयो। सो अवसरमा वरिष्ठ उपरीक्षक दिगविजय सुवेदीले संगठनको कार्यक्षेत्र र गतिविधिबारे विस्तृत प्रस्तुतीकरण दिनुभयो।

कार्यक्रममा गृहसचिव गोकर्णमणि दुवाडी, सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक, गृहमन्त्रालयका पदाधिकारी, सशस्त्र प्रहरी बलका अधिकृत तथा जवानको उपस्थिति रहेको सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिनुभयो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

ओलीको अडान : ‘अहिले नेतृत्व छाड्दिनँ’

२०८३ साउन ३०, काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टी कठिन परिस्थितिमा

वैदेशिक भ्रमणमा कर्मचारीलाई पूर्वस्वीकृति अनिवार्य

काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा

संवैधानिक इजलास गठनमा बारको आपत्ति

 २९ साउन २०८३, काठमाडौँ । नेपाल बार एसोसिएसनका अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सर्वोच्च अदालतमा

पत्रकार किशोर श्रेष्ठको रिहाइ माग्दै पत्रकार महासंघको प्रदर्शन

काठमाडौं, २८ साउन — पत्रकार किशोर श्रेष्ठको बिनाशर्त रिहाइको माग गर्दै नेपाल पत्रकार महासंघले काठमाडौं

सरकारी निवेदनमा अब एकरूप ढाँचा

  काठमाडौँ, साउन २७ गते । सरकारले सरकारी कार्यालयमा सेवाग्राहीले पेश गर्ने निवेदनको ढाँचामा एकरूपता

मिसइन्फर्मेसन र डिसइन्फर्मेसनले सामाजिक सद्भाव खल्बल्याउँदैछः आइजीपी कार्की

काठमाडौँ, साउन २७ गते। नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले सामाजिक सञ्जालबाट फैलिने गलत सूचना, भ्रामक