प्रधानमन्त्री कार्की र भारतीय प्रधानमन्त्री मोदीबीच वार्ता

काठमाडौँ, असोज २ गते । नेपालकी नवनियुक्त प्रधानमन्त्री सुशीला कार्की र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज  दूरभाष (फोनवार्ता) वार्ता भएको छ। वार्ताका क्रममा प्रधानमन्त्री कार्कीले भारतीय प्रधानमन्त्री मोदीलाई उहाँको ७५औँ जन्मदिनको अवसरमा शुभकामना व्यक्त गर्नुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ। सो अवसरमा प्रधानमन्त्री कार्कीले नेपाल–भारतबीचको ऐतिहासिक, सदियौँ पुरानो र मैत्रीपूर्ण सम्बन्धको स्मरण गर्दै दुई देशबीच आपसी विश्वास र सहयोग अझ सुदृढ हुने विश्वास व्यक्त गर्नुभयो। उहाँले नेपालको पछिल्लो राजनीतिक परिदृश्यबारे पनि जानकारी गराउनुभएको थियो।

त्यसैगरी, भारतीय प्रधानमन्त्री मोदीले नेपालकी नवनियुक्त प्रधानमन्त्रीलाई बधाई दिँदै आगामी दिनमा पनि असल छिमेकीका नाताले भारतले नेपाललाई निरन्तर सहयोग गर्ने आश्वासन दिनुभयो।

दुवै मुलुकका सरकार प्रमुखबीच भएको वार्तामा नेपाल–भारत सम्बन्ध, द्विपक्षीय हितका विषय र साझा चासोलगायतका मुद्दामा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

महिला हिंसा नियन्त्रणका लागि सांसद एकमत

काठमाडौँ, भदौ ३० गते । महिला तथा बालिकामाथि हुने बलात्कार, यौन हिंसा तथा साइबर अपराध

भदौ २३–२४ को घटनाबारे गहिरो अनुसन्धान आवश्यक, विदेशी जासुसी संलग्नताको आशंका :रविन्द्र मिश्र

काठमाडौँ । भदौ २३ र २४ गते भएको आन्दोलन तथा त्यस क्रममा भएका हिंसात्मक घटनालाई

क्यासिनो एसोसिएसनद्वारा भोटेकोशी बाढीपीडितलाई ८५ लाख २३ हजार सहयोग

काठमाडौँ, भदौ २२ गते । नेपाल क्यासिनो एसोसिएसनले भोटेकोशी बाढीपीडितका लागि ८५ लाख २३ हजार

ग्रिन आर्मी प्रकरण : खारेजी मात्र होइन, सत्यको कानुनी परीक्षण आवश्यक

-अधिवक्ता तारा निधि पन्त भाद्र २१, काठमाडौं । विवादित ‘ग्रिन आर्मी’ नामक संस्थाको दर्ता खारेज

एआई एजेन्टले विकीमार्फत सहकार्य गरेको खुलासा

काठमाडौँ, २१ भदौ । ओपनएआईसँग सम्बन्धित मानिएका स्वायत्त कृत्रिम बुद्धिमत्ता (एआई) एजेन्टले आपसमा सञ्चार र

सेना राजनीतिक विवादमा मुछिनु दुःखद् : ओली

  काठमाडौं, भदौ १९ गते । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले