सचिवस्तर बैठकका २१ निर्णय : क्षतिग्रस्त सामग्री बानेश्वर लैजाने, मितव्ययिता र पुनर्निर्माणमा जोड

काठमाडौँ,   असोज १ गते।
सरकारले हालै सम्पन्न सचिवस्तर बैठकमार्फत २१ बुँदे निर्णय सार्वजनिक गरेको छ। सिंहदरबारमा आगजनी र तोडफोडका कारण प्रयोगयोग्य नभएका सवारी साधन, उपकरण तथा फर्निचरलाई नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा लैजाएर आर्थिक कार्यविधि र वित्तीय उत्तरदायित्व ऐनअनुसार लिलामी वा नष्ट गर्ने निर्णय भएको छ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र सहरी विकास मन्त्रालयले सिंहदरबार परिसरमा क्षतिग्रस्त सामग्री उठाएर सम्मेलन केन्द्र पुर्‍याउने जिम्मेवारी पाउनेछन्।

बैठकले हालको विषम परिस्थितिमा सार्वजनिक खर्चमा मितव्ययिता गर्न विशेष जोड दिएको छ। यस अन्तर्गत, कुनै पनि सरकारी कर्मचारीले बैठक भत्ता नलिने र राष्ट्रिय तथा स्थानीय तहका गोष्ठी, सेमिनार, कार्यशाला तथा अन्तरक्रिया जस्ता कार्यक्रमहरू सरकारी भवन वा हलमै गर्ने निर्णय भएको छ।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा चुनावलाई निष्पक्ष, स्वच्छ र भयरहित बनाउन राष्ट्रसेवक कर्मचारी सक्रिय हुने प्रतिबद्धता व्यक्त गरिएको छ। साथै, शिक्षा, स्वास्थ्य, यातायात, खानेपानी, विद्युत, खाद्यान्न तथा औषधि आपूर्ति जस्ता अत्यावश्यक सेवा अबरुद्ध हुन नदिने व्यवस्था मिलाइनेछ।

विपत्तिपछि भएको क्षतिको Post Disaster Need Assessment (PDNA) राष्ट्रिय योजना आयोग, अर्थ मन्त्रालय र विपद् व्यवस्थापन प्राधिकरणमार्फत गर्ने तयारी छ। खरिद प्रक्रियामा ढिलाइ भएमा तत्काल ऐन–नियम संशोधन गर्ने व्यवस्था मिलाइनेछ।
साना तथा टुक्रे आयोजना रोक्दै त्यसमा विनियोजित रकम पुनर्निर्माण र मर्मतमा खर्च गर्ने निर्णय पनि बैठकले गरेको छ।

अन्य प्रमुख निर्णयहरू

  • आन्दोलनमा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली र परिवारप्रति समवेदना व्यक्त।

  • क्षतिग्रस्त सरकारी कार्यालयहरूलाई अस्थायी वा भाडाको कार्यालयबाट सेवा सञ्चालन।

  • दरबन्दीको औसत २० प्रतिशत कटौती गरी मन्त्रिपरिषद्मा पेश गर्ने।

  • अनावश्यक सरकारी निकाय खारेज, गाभ्ने वा हस्तान्तरण गर्ने प्रक्रिया सुरु।

  • चाडपर्वलाई लक्षित गर्दै खाद्यान्न, औषधि तथा यातायातको सहज आपूर्ति र कालोबजारी नियन्त्रण।

  • स्वदेशी उत्पादनलाई खरिदमा प्राथमिकता।

  • चोरिएका वा लुटिएका सामान प्रहरी वा सम्बन्धित निकायमा बुझाउन सार्वजनिक आह्वान।

सचिवस्तरीय बैठकले जनधनमा पुगेको क्षतिको मूल्याङ्कन गर्दै पुनर्निर्माण, पारदर्शिता, मितव्ययिता र सेवा प्रवाहलाई केन्द्रमा राखेर निर्णय गरेको छ। सरकारका अनुसार यी कदमहरूले हालको संकट व्यवस्थापनमा टेवा पुग्नेछ र जनतामा विश्वास पुनःस्थापित गर्नेछ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

मानव अधिकार आयोगले आरोपित ठहर गरेका व्यक्तिलाई चोख्याउन खोजिएको कांग्रेसको आरोप

काठमाडौं, साउन २० गते । नेपाली कांग्रेसले सरकारले मानव अधिकार आयोगबाट भदौ २३–२४ का घटनामा

अब नेपाललाई ‘शत्रु’ होइन, ‘साझा भविष्य’ निर्माण गर्ने नेतृत्व चाहिन्छ

गणेश यादवको मृत्यु एउटा परिवारको शोक मात्र होइन। त्यो नेपालको लोकतन्त्र, समाज र राज्यका लागि

सरकार र अनशनरत नर्सबीच १९ बुँदे सहमति, ज्योति रानाभाटले अनशन तोडिन्

काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।

मित्रता : डिजिटल युगमा विश्वास, सहकार्य र मानवताको सेतु

मित्रता केवल व्यक्तिगत सम्बन्ध होइन, शान्ति, लोकतन्त्र, सामाजिक सद्भाव र दिगो विकासको आधार पनि हो।

सुनसरी घटनाबारे सुरक्षा परिषद्को बैठक

काठमाडौं, १४ साउन। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा राष्ट्रिय सुरक्षा परिषद्को बैठक बसिरहेको छ। प्रधानमन्त्रीको

घरेलु कामदारसम्बन्धी आदेश कार्यान्वयनमा श्रम मन्त्रालयको बेवास्ता

पेशागत तथा मानवअधिकार संरक्षणका लागि सर्वोच्च अदालतले दिएको निर्देशनात्मक आदेश कार्यान्वयनमा युवा तथा खेलकुद तथा