मुख्यसचिव र मुख्य रजिस्ट्रारको कार्यकाल २ वर्ष, सचिवको ४ वर्ष कायम गर्ने सहमति

२०८२ भदौ १२ , काठमाडौं । नेपाल सरकारको मुख्यसचिव र सर्वोच्च अदालतको मुख्य रजिस्ट्रारको पदावधि २ वर्ष र सचिवको पदावधि ४ वर्ष कायम गर्ने सहमति राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिमा भएको छ।

प्रतिनिधि सभाबाट पारित संघीय निजामती सेवा विधेयकमाथि दफावार छलफल भइरहेका बेला यस्तो सहमति बनेको हो। प्रतिनिधि सभाले यसअघि नै मुख्यसचिव र मुख्य रजिस्ट्रारको कार्यकाल २ वर्ष र सचिवको ४ वर्ष कायम गर्ने प्रावधान पारित गरिसकेको छ।

यसअघि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पेश गरेको विधेयकमा मुख्यसचिव र मुख्य रजिस्ट्रारको पदावधि ३ वर्ष र सचिवको पदावधि ५ वर्ष रहने प्रस्ताव गरिएको थियो।

हाल कार्यान्वयनमा रहेको निजामती सेवा ऐन, २०४९ अनुसार पनि मुख्यसचिव र मुख्य रजिस्ट्रारको पदावधि ३ वर्ष र सचिवको ५ वर्ष नै छ। नयाँ सहमतिपछि निजामती सेवाको पदावधि सम्बन्धी प्रावधानमा फेरबदल हुने देखिन्छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

जलवायु न्याय र क्षतिपूर्तिको माग गर्दै भोटेकोशी बिपदमा ज्यान गुमाएका श्रमिकको स्मृतिमा जिफन्टद्वारा दीप प्रज्वलन

असोज, ३  काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी

महिला हिंसा नियन्त्रणका लागि सांसद एकमत

काठमाडौँ, भदौ ३० गते । महिला तथा बालिकामाथि हुने बलात्कार, यौन हिंसा तथा साइबर अपराध

भदौ २३–२४ को घटनाबारे गहिरो अनुसन्धान आवश्यक, विदेशी जासुसी संलग्नताको आशंका :रविन्द्र मिश्र

काठमाडौँ । भदौ २३ र २४ गते भएको आन्दोलन तथा त्यस क्रममा भएका हिंसात्मक घटनालाई

क्यासिनो एसोसिएसनद्वारा भोटेकोशी बाढीपीडितलाई ८५ लाख २३ हजार सहयोग

काठमाडौँ, भदौ २२ गते । नेपाल क्यासिनो एसोसिएसनले भोटेकोशी बाढीपीडितका लागि ८५ लाख २३ हजार

ग्रिन आर्मी प्रकरण : खारेजी मात्र होइन, सत्यको कानुनी परीक्षण आवश्यक

-अधिवक्ता तारा निधि पन्त भाद्र २१, काठमाडौं । विवादित ‘ग्रिन आर्मी’ नामक संस्थाको दर्ता खारेज

एआई एजेन्टले विकीमार्फत सहकार्य गरेको खुलासा

काठमाडौँ, २१ भदौ । ओपनएआईसँग सम्बन्धित मानिएका स्वायत्त कृत्रिम बुद्धिमत्ता (एआई) एजेन्टले आपसमा सञ्चार र