प्रचण्डमाथि जनार्दनको आक्रोश : कसैले काँध छोड्दैमा पृथ्वी ढल्दैन


भदौ ८, २०८२ | काठमाडौं

नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ का अभिव्यक्तिप्रति प्रत्यक्ष टिप्पणी गरेका छन्।

‘वर्तमान नेपाली राजनीतिको अग्रगामी रूपान्तरण’ विषयक बहस कार्यक्रममा बोल्दै शर्माले शेषनागले पृथ्वी बोकेको कथा अब दन्त्यकथा मात्र भएको भन्दै प्रचण्डको भनाइप्रति कटाक्ष गरे।

अध्यक्ष प्रचण्डले बुधबार आयोजित कार्यक्रममा सरकारको नेतृत्वमा नभए पनि देशको राजनीतिको “खाँबो” आफू भएको महसुस हुने अभिव्यक्ति दिएका थिए। उनले भनेका थिए,
“अहिले म सरकारको नेतृत्वमा छैन, प्रमुख प्रतिपक्ष दलको नेता मात्र छु। तर, देशको राजनीतिको खाँबो मैले छोडिदिए भने भत्किने हो कि जस्तो लाग्छ। पूरै जिम्मा मेरै काँधमा भएको जस्तो लाग्छ।”

त्यसको जवाफमा शर्माले भने,
“शेषनागले कतै पृथ्वी बोकेको छैन, त्यो त दन्त्यकथा हो। शेषनाग हल्लिँदा भूकम्प आउँछ भन्ने कुरा पनि विज्ञानले खारेज गरिसकेको छ। यसैले कसैले काँध छोड्दैमा पृथ्वी ढल्दैन।”

शर्माले संविधानले केही उपलब्धि दिलाए पनि ती उपलब्धिको लाभ आम नागरिकसम्म पुर्‍याउन नसकिएको उल्लेख गरे। उनका शब्दमा,
“मैले गरेको प्रश्न म आफैँलाई हो। तर मेरो प्रश्नले अरूलाई डराउने अवस्था छ। संविधानका धारा कागजमा मात्र सीमित हुँदा जनताले वास्तविक लाभ पाउन सकेका छैनन्।”

अन्तरिम कालदेखि नै संसद्मा निरन्तर सक्रिय आफूलाई पछिल्लो समय “कानुन चोरी हुने ठाउँमा समय खर्चिएको” अनुभूति भएको उनले बताए। पछिल्ला दिनमा अध्यक्ष प्रचण्ड र उपमहासचिव शर्माबीच सार्वजनिक कार्यक्रममै आपसी सवाल–जवाफ चलिरहेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

जलवायु न्याय र क्षतिपूर्तिको माग गर्दै भोटेकोशी बिपदमा ज्यान गुमाएका श्रमिकको स्मृतिमा जिफन्टद्वारा दीप प्रज्वलन

असोज, ३  काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी

महिला हिंसा नियन्त्रणका लागि सांसद एकमत

काठमाडौँ, भदौ ३० गते । महिला तथा बालिकामाथि हुने बलात्कार, यौन हिंसा तथा साइबर अपराध

भदौ २३–२४ को घटनाबारे गहिरो अनुसन्धान आवश्यक, विदेशी जासुसी संलग्नताको आशंका :रविन्द्र मिश्र

काठमाडौँ । भदौ २३ र २४ गते भएको आन्दोलन तथा त्यस क्रममा भएका हिंसात्मक घटनालाई

क्यासिनो एसोसिएसनद्वारा भोटेकोशी बाढीपीडितलाई ८५ लाख २३ हजार सहयोग

काठमाडौँ, भदौ २२ गते । नेपाल क्यासिनो एसोसिएसनले भोटेकोशी बाढीपीडितका लागि ८५ लाख २३ हजार

ग्रिन आर्मी प्रकरण : खारेजी मात्र होइन, सत्यको कानुनी परीक्षण आवश्यक

-अधिवक्ता तारा निधि पन्त भाद्र २१, काठमाडौं । विवादित ‘ग्रिन आर्मी’ नामक संस्थाको दर्ता खारेज

एआई एजेन्टले विकीमार्फत सहकार्य गरेको खुलासा

काठमाडौँ, २१ भदौ । ओपनएआईसँग सम्बन्धित मानिएका स्वायत्त कृत्रिम बुद्धिमत्ता (एआई) एजेन्टले आपसमा सञ्चार र