बौद्ध दर्शन र वातावरणीय चेतना सम्बन्धि एक चर्चा

तारा निधि पन्त
“प्रदूषण र जलवायु संकटविरुद्ध बुद्धको योगदान अर्थात बौद्धदर्शन र वातावरणीय चेतना सम्बन्धि एक चर्चा “
बर्तमान विश्वले भोगिरहेको वातावरणीय संकट – प्रदूषण, जलवायु परिवर्तन, तापक्रम वृद्धि, जल स्रोतको ह्रास जस्ता समस्याहरू मानव अस्तित्वका लागि प्रलय समान भएका छन्। यी संकटहरूको समाधान केवल प्रविधि वा नीतिगत मात्र नभई मानवीय चेतनाको रूपान्तरणमार्फत सम्भव छ। यसै सन्दर्भमा गौतम बुद्धको जीवन दर्शन, शिक्षा र व्यवहार अत्यन्त सान्दर्भिक देखिन्छ। बुद्धको बौद्धिक योगदान केवल आध्यात्मिक मुक्तिका लागि मात्र थिएन बरु प्रकृति र जीवनका सन्तुलनका लागि पनि थियोे भनेर हामीले निम्न दृस्टान्तहरुबाट बुझ्न सक्नुपर्दछ :
१. प्रकृतिप्रतिको करुणा र सहअस्तित्वको दृष्टिकोण अनुसार
बुद्धले जीवनमा करुणालाई केन्द्रीय स्थान दिएका थिए। यो करुणा केवल मानव मात्र नभई सम्पूर्ण प्राणी र प्रकृतिमा फैलिएको थियो। “सब्बे सत्ताह भन्तु सुखितत्ताः” भन्ने बुद्ध वाणीमा सम्पूर्ण प्राणीहरूको सुखको कामना गरिएको छ।
यसले देखाउँछ कि बुद्धले जीवमात्र होइन, वृक्ष, जल, भूमि, वायु आदिप्रति पनि आदरभाव राख्न सिकाउनु भएको थियो।
यसको दृष्टान्तको रूपमा –
एकपटक बुद्ध वनमार्ग हुँदै जाँदै गर्दा उहाँको शिष्यले रुखबाट पात टिपेर पंखा बनाउने प्रयास गरे। बुद्धले भने, “तपाईंले सास लिनु आवश्यक छ, तर वृक्षको पातलाई अनावश्यक पीडा दिनु हिंसा हो। हामी हिंसाविहीन मार्गमा छौं।”
२. संयम र सादगीमा आधारित जीवनशैलीलाई बुद्धले जोड दिएका थिए। यी कुरासँग मेल नखाएको कारण आजको उपभोक्तावादी जीवनशैली नै पर्यावरणीय संकटको पैदा गर्ने एक कारण हो। बुद्धले सदैव “मध्यम मार्ग” अर्थात् संयमित र सन्तुलित जीवनशैलीको अभ्यास गर्न आग्रह गर्नुभएको थियोे । अत्यधिक भोग–विलासबाट टाढा रही सादा जीवन जिउनु बुद्धको मूल सन्देश हो।
यसको दृष्टान्त:
राजा सिद्धार्थले राजसी सुख–सुविधा त्यागेर वनवासी जीवन स्वीकार गर्नु केवल आत्मज्ञानको खोज मात्र होइन, प्राकृतिक स्रोतहरूको उपयोगबाट जीवन बिताउने उदाहरण पनि हो।
३. अहिंसा र वातावरण संरक्षणमा बुद्धले जोड दिएका थिए ।
बौद्ध धर्ममा अहिंसा (अविहिंसा) को गहिरो महत्व छ। कुनै पनि प्राणीलाई हानी नपुर्याउने शिक्षाले मानिसलाई प्रकृति र जीवजन्तुसँग सौहार्दपूर्ण सम्बन्ध राख्न प्रेरणा दिन्छ। वन विनाश, नदी प्रदूषण, जनावरहरुको संहार आदि सबै हिंसाका रूप हुन्। बुद्धले भनेझैं “हिंसाले हिंसालाई अन्त्य गर्न सक्दैन।”
४. ध्यान र चित्त–शुद्धिको अभ्यासबाट मानसिक प्रदूषणको अन्त्य हुन्छ भनेर बुद्धले जोड दिएका थिए ।
बाह्य प्रदूषणसँगै आजको युगले मानसिक प्रदूषण पनि भोगिरहेको छ, जुन कुरा आजका मानिसमा घर गरेको लोभ, ईर्ष्या, घृणा, लगायत अत्याधिक चाहनाहरूको बिकासबाट स्पस्ट हुन्छ । यी प्रवृत्तिहरूले प्रकृति र समाज दुबैलाई विघटन गरिरहेका छन्। बुद्धले ध्यान, विपश्यना र आत्मनिरीक्षणको अभ्यासद्वारा चित्त शुद्ध पार्न आग्रह गर्नुभएको थियो ।
दृष्टान्त:
विपश्यना ध्यानका प्रशिक्षक गोयनका जी बताउँनुहुन्छ, “जब चित्त निर्मल हुन्छ, तब मात्र मानवले आफ्नो परिवेशलाई निर्मल बनाउन सक्छ।” यस शिक्षाको जरो बुद्धको ध्यान साधनामा रहेको स्पस्ट हुन्छ।
५. सम्यक दृष्टिकोण र जलवायु न्यायको सवालमा बुद्द्को
अष्टाङ्गिक मार्ग मध्ये “सम्यक दृष्टि” एउटा पाटो हो। सम्यक दृष्टिले मानिसलाई कार्यको परिणामबारे जागरूक बनाउँछ । आफ्नो क्रियाकलापले समाज, जीव–जन्तु र पर्यावरणमा के प्रभाव पारिरहेको छ भन्ने बोध गराउँछ। यस्तो बोधबाट मात्र दिगो विकास सम्भव हुन्छ।
निष्कर्ष:
गौतम बुद्धको शिक्षाले प्रकृति र जीवनबीचको अन्तरसम्बन्ध बुझ्न धेरै मद्दत गर्दछ । उहाँको सहजीवनको सन्देश, हिंसाविहीन जीवनशैली र संयमित भोगको दृष्टिकोणबाट आजको जलवायु संकटको समाधानमा बौद्धिक मार्गदर्शनको प्रबर्द्धन मार्फत सम्भाव छ । जलवायु न्याय केवल कानूनी मात्र हैन यो बौद्धिक, नैतिक र आध्यात्मिक पनि हो,मुलतः यो मानवीयतासङ्ग( Humanity) जोडिएको प्रश्न पनि हो; जसको सार्थकताका लागि बुद्धका शिक्षाहरू दीपस्तम्भ हुन सक्छन् भनेर बुझ्न सके आफै भित्रको बुद्दत्व जागृत गर्नु हो भन्नेमा म विस्वस्थ छु ।
सन्दर्भ सूची:
Dhammapada (Verses of Buddha)
Goenka, S.N. – The Art of Living: Vipassana Meditation
Joanna Macy – World as Lover, World as Self (Eco-Buddhism)
Bhikkhu Bodhi – The Buddha’s Teachings on Social and Environmental Ethic

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

मलेशियामा श्रमिक पठाउने कम्पनीका लागि दस सर्त

कात्तिक कार्तिक १४, काठमाडौं । मलेसिया लाभासीका श्रमिक पठाउने देश वैदेशिक व्यापार व्यवसाय कम्पनीका लागि

सेना किन तानियो विवादमा?

आन्दोलनका क्रममा भदौ २४ गते जलाइँदै गरेको राष्ट्रपतिको कार्यालय। राष्ट्रपतिको कार्यालय जोगाउन नसक्दा आलोचना, संविधानले दिएको

निर्वाचन, सूचना र साइबर सुरक्षा

 २६ असोज २०८२, आइतबार गत भदौ २३ र २४ गते ‘जेनजी’ उमेर समूहका युवाको प्रदर्शनपछि

चिकित्सकले अब औषधीको ब्रान्ड नाम लेख्न नपाउने

काठमाडौँ, असोज २४ गते। त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ अस्पताल) ले अबदेखि चिकित्सकहरूलाई औषधी सिफारिस

तीन दिनसम्म जलिरह्यो सर्वोच्च, ललितपुरको दमकलले निभायो आगो

काठमाडौँ, असोज ५  गते।जेन–जी आन्दोलनका क्रममा भदौ २४ गते राजधानीमा राज्यका तीन प्रमुख निकाय—प्रधानमन्त्रीको कार्यालय

नेपालको अदालतमा अभिलेख सङ्कट : अबको बाटो कता?

काठमाडौँ, भदौ २९।‘जेन–जी’ आन्दोलनका क्रममा उत्पन्न हिंसात्मक घटनाले नेपालका प्रमुख सरकारी संरचनासहित सर्वोच्च अदालत, विशेष