रसुवाको लेन्दे खोलाको बाढीले भोटेकोशीमा असर, नेपाली सेनाद्वारा ११ जना उद्धार, १८ बेपत्ता

काठमाडौं, असार २४ गते। रसुवाको लेन्दे खोलामा आएको बाढी भोटेकोशी नदीमा मिसिएपछि उत्पन्न संकटमा फसेका नागरिकहरूको नेपाली सेनाले सफल उद्धार गरेको छ। नेपाली सेनाको हेलिकोप्टरबाट गरिएको उद्धार कार्यमा अन्य सुरक्षा निकाय र स्थानीयवासीको समेत सहयोग रहेको छ।

नेपाली सेनाका अनुसार नेपाल–चीन सिमानानजिकैको लेन्दे खोलामा आएको बाढी भोटेकोशीमा मिसिएपछि सृजित आपतकालीन अवस्थालाई सम्बोधन गर्न श्रीनाथ गणबाट खटिएको टोलीले उद्धार कार्य थालेको हो।

उद्धार कार्यको विवरण:

  • टिमुरे क्षेत्रबाट ९ जनाको सकुशल उद्धार गरिएको छ।

  • त्रिशूली क्षेत्रमा रुखमा अडिएर ज्यान जोगाइरहेका २ जनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको हो।

  • अन्य बेपत्ताहरूको खोजी कार्य हालसमेत जारी रहेको छ।

१८ जना बेपत्ता, तीन नेपाली प्रहरीसहित ६ चिनियाँ नागरिक

सशस्त्र प्रहरी बलका अनुसार, हालसम्म १८ जना बेपत्ताको सूची सार्वजनिक गरिएको छ। तीमध्ये नेपाल प्रहरीका तीन जना सुरक्षाकर्मी पनि छन्:

  • प्रहरी सहायक निरीक्षक लालबहादुर श्रेष्ठ

  • प्रहरी जवान मुन्ना ठाकुर

  • प्रहरी जवान लोकेन्द्र बोहोरा

बेपत्ता चिनियाँ नागरिक (६ जना):

  1. YU YUE

  2. LI HUAQING

  3. YANG CHUAN

  4. YU HAI HANG

  5. YOU XIAO QIU

  6. JOU YONG

अन्य बेपत्ता नेपाली नागरिक:

  • जिपन चौधरी, बर्दिया

  • सन्तोष दइत, बर्दिया

  • बुद्धिराम थारु, बर्दिया

  • लक्ष्मीनारायण थारु, बर्दिया

  • सुरेश थारु, बर्दिया

  • नरेन्द्र विक, बागलुङ

  • कन्टेनर चालक फुर्वा लामा

  • मिक्चर चालक गोविन्द मोक्तान

  • हाइलक्स चालक लोकमान तामाङ

बाढीबाट प्रभावित क्षेत्रमा उद्धार कार्य जारी रहेको र बेपत्ताहरूको खोजीमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा स्थानीय बासिन्दाहरू संलग्न छन्। सुरक्षा निकायहरूले सम्भावित जोखिमयुक्त क्षेत्रहरूमा सतर्कता अपनाउन सर्वसाधारणलाई अनुरोध गरेका छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

उपत्यकामा रात्रिकालीन बस सेवा विस्तार: ९ स्थानीय तह र साझा यातायातबीच समझदारी

काठमाडौं, असोज ४ । काठमाडौं उपत्यकामा रात्रिकालीन यातायात सेवालाई थप सहज र सुरक्षित बनाउने उद्देश्यले उपत्यकाका

जलवायु न्याय र क्षतिपूर्तिको माग गर्दै भोटेकोशी बिपदमा ज्यान गुमाएका श्रमिकको स्मृतिमा जिफन्टद्वारा दीप प्रज्वलन

असोज, ३  काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी

महिला हिंसा नियन्त्रणका लागि सांसद एकमत

काठमाडौँ, भदौ ३० गते । महिला तथा बालिकामाथि हुने बलात्कार, यौन हिंसा तथा साइबर अपराध

भदौ २३–२४ को घटनाबारे गहिरो अनुसन्धान आवश्यक, विदेशी जासुसी संलग्नताको आशंका :रविन्द्र मिश्र

काठमाडौँ । भदौ २३ र २४ गते भएको आन्दोलन तथा त्यस क्रममा भएका हिंसात्मक घटनालाई

क्यासिनो एसोसिएसनद्वारा भोटेकोशी बाढीपीडितलाई ८५ लाख २३ हजार सहयोग

काठमाडौँ, भदौ २२ गते । नेपाल क्यासिनो एसोसिएसनले भोटेकोशी बाढीपीडितका लागि ८५ लाख २३ हजार

ग्रिन आर्मी प्रकरण : खारेजी मात्र होइन, सत्यको कानुनी परीक्षण आवश्यक

-अधिवक्ता तारा निधि पन्त भाद्र २१, काठमाडौं । विवादित ‘ग्रिन आर्मी’ नामक संस्थाको दर्ता खारेज