असार २०, २०८२, काठमाडौं ।
आगामी आर्थिक वर्ष २०८२/८३ देखि नियुक्त हुने निजामती कर्मचारीहरूलाई अब पेन्सन तथा उपदानको सट्टा योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागू गरिने भएको छ। हालसम्म नियुक्त भएका कर्मचारीहरूलाई पेन्सन र उपदान प्रदान गरिँदै आएकोमा अबदेखि नयाँ नियुक्तिहरूमा यो व्यवस्था अन्त्य हुँदैछ।
अर्थ मन्त्रालयले सो प्रणाली कार्यान्वयनका लागि आवश्यक तयारी तथा व्यवस्था मिलाउन सबै मन्त्रालयहरू, नियामक निकायहरू, सार्वजनिक संस्थानहरू, बोर्ड, समिति तथा प्रतिष्ठानहरूलाई परिपत्रमार्फत निर्देशन दिएको छ।
साथै, योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागू नगरेको अवस्थामा उत्पन्न हुने कुनै पनि आर्थिक दायित्व नेपाल सरकारले व्यहोर्न नपर्ने स्पष्ट पार्दै अर्थ मन्त्रालयले सम्बन्धित निकायहरूलाई सावधानीपूर्वक कार्यान्वयन गर्न आग्रह गरेको छ।
कार्तिक ११, काठमाडौँ । गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको भीषण बाढीमा परी
कार्तिक १०, काठमाडौँ । नयाँदिल्लीमा आयोजित एक अन्तर्राष्ट्रिय सम्मेलनमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले दिएको अभिव्यक्तिलाई लिएर
८ कार्तिक २०८३, आइतबार,काठमाडौं। बंगालको खाडीमा विकसित भइरहेको न्यून चापीय प्रणालीका कारण आगामी बिहीबारदेखि नेपालका विभिन्न
२९ असोज २०८३, काठमाडौँ । नेपाल राष्ट्र बैंकले बैंक खाता खोल्न, केवाईसी अद्यावधिक गर्न तथा
असोज २८, काठमाडौं । नेपाल संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार परिषद्को सन् २०२७–२०२९ कार्यकालका लागि सदस्यमा
काठमाडौं, २६ असोज। सर्वोच्च अदालतले गैरकानुनी रूपमा बर्खास्त गरिएका श्रमिकलाई पुनर्बहाली नगर्ने अवस्थामा क्षतिपूर्ति निर्धारण