काठमाडौं, असार १६ – सरकारले हालै सम्पन्न मन्त्रिपरिषद् बैठकका १५ निर्णयहरू सार्वजनिक गरेको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्री तथा सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङका अनुसार असार १३ गते बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न नीतिगत तथा प्रशासनिक निर्णयहरू गरेको हो।
बैठकले सार्वजनिक खरिद पुनरवलोकन समितिको अध्यक्षमा पूर्वसचिव रघुराम विष्टलाई नियुक्त गर्ने निर्णय गरेको छ। समितिका सदस्यमा पूर्वसचिवहरू रोहितकुमार विसुराल र थानेश्वर गौतमलाई नियुक्त गरिएको छ।
त्यसैगरी, नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानको रिक्त कार्यकारी निर्देशक पदमा रामशरण पुडासैनीलाई नियुक्त गर्ने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको छ।
बैठकले विदेशी विनिमयसम्बन्धी विधेयकको मस्यौदा तयार गर्न सिद्धान्त स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ। साथै, सम्पत्ति व्यवस्थापनसम्बन्धी विधेयक तर्जुमाका लागि पनि सिद्धान्त स्वीकृति दिइएको छ।
काठमाडौं, असोज ४ । काठमाडौं उपत्यकामा रात्रिकालीन यातायात सेवालाई थप सहज र सुरक्षित बनाउने उद्देश्यले उपत्यकाका
असोज, ३ काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी
काठमाडौँ, भदौ ३० गते । महिला तथा बालिकामाथि हुने बलात्कार, यौन हिंसा तथा साइबर अपराध
काठमाडौँ । भदौ २३ र २४ गते भएको आन्दोलन तथा त्यस क्रममा भएका हिंसात्मक घटनालाई
काठमाडौँ, भदौ २२ गते । नेपाल क्यासिनो एसोसिएसनले भोटेकोशी बाढीपीडितका लागि ८५ लाख २३ हजार
-अधिवक्ता तारा निधि पन्त भाद्र २१, काठमाडौं । विवादित ‘ग्रिन आर्मी’ नामक संस्थाको दर्ता खारेज