यातायातका कर्मचारीविरुद्ध अख्तियारमा मुद्दा दायर

काठमाडौँ, असार ४ गते । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय पर्साका अधिकृत (आठौँ तह) कमलराज गौतमविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । गौतमले पदमा बहाल रहँदा पदीय मर्यादाविपरीतका कार्य गरी गैरकानुनी सम्पत्ति आर्जन गरेको आरोपमा विशेष अदालत काठमाडौँमा मङ्गलबार मुद्दा दायर गरेको हो । गौतमले सार्वजनिक पद धारण गरेको मिति २०५५ वैशाख ७ देखि २०७९ चैत २४ गतेसम्मको आयव्ययको जाँच गर्दा अकुत सम्पत्ति कमाएको देखिएको आयोगले जनाएको छ । सेवा अवधिमा गौतमको पारिश्रमिक बचत रकम, बैठक भत्ता तथा पर्यटन काजको बचत रकम, श्रीमती सरला नेपालको पारिश्रमिक बचत र भ्रमण भत्ता बचत रकमलगायतका शीर्षकमा दुई करोड ८९ लाख २० हजार २६८ रुपियाँ वैधानिक आय भएको देखिएको छ । तर यस अवधिमा विभिन्न शीर्षकमा गौतमको पाँच करोड ४० लाख ९८ हजार नौ सय रुपियाँबराबरको सम्पत्ति खर्च तथा लगानी गरेको देखिएको आयोगले जनाएको छ ।

गौतमको कुल/समग्र आयबाट खर्च तथा लगानी (कुल व्यय) घटाउँदा दुई करोड ५१ लाख ७८ हजार ६८७ रुपियाँ ७१ पैसाको स्रोत पुष्टि हुन नसकेको आयोगले जनाएको छ । आयोगले गौतमलाई सोही रकमबराबर बिगो तथा भ्रष्टाचार निवारण ऐन अनुसार कारबाही माग गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

उपत्यकामा रात्रिकालीन बस सेवा विस्तार: ९ स्थानीय तह र साझा यातायातबीच समझदारी

काठमाडौं, असोज ४ । काठमाडौं उपत्यकामा रात्रिकालीन यातायात सेवालाई थप सहज र सुरक्षित बनाउने उद्देश्यले उपत्यकाका

जलवायु न्याय र क्षतिपूर्तिको माग गर्दै भोटेकोशी बिपदमा ज्यान गुमाएका श्रमिकको स्मृतिमा जिफन्टद्वारा दीप प्रज्वलन

असोज, ३  काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी

महिला हिंसा नियन्त्रणका लागि सांसद एकमत

काठमाडौँ, भदौ ३० गते । महिला तथा बालिकामाथि हुने बलात्कार, यौन हिंसा तथा साइबर अपराध

भदौ २३–२४ को घटनाबारे गहिरो अनुसन्धान आवश्यक, विदेशी जासुसी संलग्नताको आशंका :रविन्द्र मिश्र

काठमाडौँ । भदौ २३ र २४ गते भएको आन्दोलन तथा त्यस क्रममा भएका हिंसात्मक घटनालाई

क्यासिनो एसोसिएसनद्वारा भोटेकोशी बाढीपीडितलाई ८५ लाख २३ हजार सहयोग

काठमाडौँ, भदौ २२ गते । नेपाल क्यासिनो एसोसिएसनले भोटेकोशी बाढीपीडितका लागि ८५ लाख २३ हजार

ग्रिन आर्मी प्रकरण : खारेजी मात्र होइन, सत्यको कानुनी परीक्षण आवश्यक

-अधिवक्ता तारा निधि पन्त भाद्र २१, काठमाडौं । विवादित ‘ग्रिन आर्मी’ नामक संस्थाको दर्ता खारेज