ट्रम्पको कर दृष्टिकोण बुझ्न कठिन छ : जापानी प्रधानमन्त्री

टोकियो, चैत १५ गते । जापानी प्रधानमन्त्री शिगेरु इशिबाले शुक्रबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आयातित कार र पार्ट्समा २५ प्रतिशत शुल्क लगाउने निर्णयलाई ‘बुझ्न कठिन’ भएको बताउनुभएको छ ।

केही हप्ताअघि इशिबा र ट्रम्पबिच मैत्रीपूर्ण वार्ता भएको केही समयपछि यो कर वासिङ्टनको सबैभन्दा नजिकको आर्थिक तथा रणनीतिक सहयोगीहरूमध्ये एक जापानका लागि ठुलो झट्का साबित भएको छ । जापानी अटो कम्पनीका सेयरहरू शुक्रबार दोस्रो दिन पनि घटेका छन् ।

“राष्ट्रपति ट्रम्पले के भनिरहनुभएको छ भने मित्र र शत्रु दुवै छन् र मित्रहरू अझ कठिन हुन सक्छन् । यो बुझ्न निकै कठिन छ”, विधायिका समितिको सत्रमा इशिबाले भन्नुभयो ।

“अमेरिकाका व्यापार साझेदारहरूले हाम्रो जागिर लिइरहेका छन्, हाम्रो सम्पत्ति लिइरहेका छन्, धेरै चीजहरू लिइरहेका छन्”, नयाँ सवारी करको घोषणा गर्दै ट्रम्पले ह्वाइट हाउसमा भन्नुभयो, “उनीहरूले हाम्रो देशबाट धेरै कुरा लिएका छन्, मित्र र शत्रु दुवैले । र वास्तवमा, मित्रले अझ खराब काम गरेका छन् ।”

यी कदमले अमेरिकाका मित्र राष्ट्रहरूमा चिन्ता उत्पन्न गरेको छ । प्रधानमन्त्री मार्क कार्नीले गहिरो द्विपक्षीय सम्बन्धको युग ‘समाप्त’ भएको घोषणा गर्दै देशको अटो उद्योगलाई ध्वस्त पार्न सक्ने ट्रम्पको भन्सार शुल्कप्रति क्यानाडाले तीव्र प्रतिक्रिया जनाएको छ ।

“यसको जापानी अर्थतन्त्रमा प्रभाव अत्यन्त महत्त्वपूर्ण हुनेछ । यसमा ठुलो झगडा गर्नुमा केही फाइदा छैन । हामी वासिङ्टनलाई तार्किक रूपमा बुझाउनेछौँ”, जापानका लागि इशिबाले चेतावनी दिनुभयो, “मुख्य कुरा के हो भने, जापानमा यति उच्च भन्सार शुल्क लगाउँदा संयुक्त राज्य अमेरिकालाई कुनै विशेष लाभ हुँदैन ।”

जापानमा १० प्रतिशत रोजगारी अटो उद्योगसँग जोडिएको छ । प्रधानमन्त्री इशिबाले बिहीबार जापानले भन्सार शुल्कको ‘उपयुक्त’ प्रतिक्रियाको समीक्षा गरिरहेको बताउनुभयो ।

सरकारी प्रवक्ता योसिमासा हयासीले भन्नुभयो, “वर्तमान कदमहरू र अमेरिकी सरकारका अन्य व्यापक व्यापार प्रतिबन्धहरूले जापान र संयुक्त राज्य अमेरिकाबिचको आर्थिक सम्बन्धका साथै विश्व अर्थव्यवस्था र बहुपक्षीय व्यापार प्रणालीमा उल्लेखनीय प्रभाव पार्न सक्छन् भन्ने हामी विश्वास गर्छौं ।”

ट्रम्पको यो कदमले पहिले नै स्टिल र एल्युमिनियममा लगाइएका भन्सार शुल्कहरूका कारण असुरक्षित रहेका लगानीकर्ताहरूलाई चिन्तित बनाएको छ ।

दिउँसो कारोबारमा टोयोटा चार दशमलव ७६ प्रतिशत, होन्डा चार दशमलव ७७ प्रतिशत र निसान दुई दशमलव ९७ प्रतिशतले घटेका छन् । यो गिरावट बिहीबारको ठुलो गिरावटको निरन्तरता थियो ।

एक सरकारी स्रोतका अनुसार दक्षिण कोरिया, जापान र चीनका शीर्ष व्यापार अधिकारीहरू आर्थिक सहयोगबारे छलफल गर्न आइतबार सियोलमा भेट्ने तयारी गरेका छन् । रासस/एएफपी

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

व्यक्तिगत डाटा संरक्षण कानुन नहुँदा चोरी र दुरुपयोग बढ्दै

 माघ २० , काठमाडौं। नेपालमा व्यक्तिगत डाटा संरक्षणसम्बन्धी स्पष्ट कानुन र प्रभावकारी नियमन नहुँदा डाटा

विद्यालयको पहुँच बाहिर ७ लाख ७० हजार बालबालिका

माघ १९,काठमाडौँ  । देशभर ७ लाख ७० हजार बालबालिका गरिबी, न्यून आयस्तर, विकट भूगोल र

सहिद दिवसमा प्रधानमन्त्री कार्कीको सन्देश: अब कुनै आमाको काख रित्तिन नपरोस्

माघ १६,काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले सहिदको साहस, चेतना र संकल्पका कारण आज देश परिवर्तनको

ट्रम्पका कारण चीन र बेलायतको सम्बन्ध सुधारतर्फ

माघ १५,काठमाडौं । पछिल्लो समय पश्चिमी देशहरू आफ्ना राष्ट्रिय हितको खोजीमा एसियातर्फ केन्द्रित हुन थालेका

शेखर कोइराला पक्ष सर्वोच्च गएनन्

काठमाडौं, माघ ४ । नेपाली कांग्रेसका नेता शेखर कोइराला र उनीनिकट नेताहरू आज सर्वोच्च अदालत

अर्को साता मौसमी प्रणाली सक्रिय हुने संकेत, वर्षाको सम्भावना देखियो

 माघ २,काठमाडौं ।  दुई अन्तर्राष्ट्रिय मौसमी मोडलले अर्को सातादेखि देशका विभिन्न भागमा वर्षा हुने सम्भावना