February 13, 2025

सामाजिक सुरक्षाकोषमा नियमित रकम जम्मा नगरेको कारण बेलिज क्यासिनोले तिर्यो ३० लाख पीडितलाई

फाल्गु्न १, काठमाण्डौं । सामाजिक स्ुरक्षाकोषले बेलिज प्रा.लींद्धारा संचालिन लैनचौरस्थित बेलिज क्यासिनोलाई कोषमा नियमित रकम जम्मा नगरेको कारण रु ३०,०००००(तीस लाख) जरिवाना गरी आश्रित परिवारलाई दिलाएको छ । योगदानमा आधिारित सामाजिक सुरक्षा ऐन, २०७४ अनुसार हरेक प्रतिष्ठानहरु सामाजिक सुरक्षाकोषमा अनिवार्य रुपमा सुचिकरण भई नियमित रुपमा रकम जम्मा गर्नुपर्ने व्यवस्था रहेको छ ।

बेलिज क्यासिनो २०७८ सालमा सामाजिक सुरक्षाकोषमा सुचिकरण भएतापनि नियमित योगदान गरेको रहेनछ । यसैक्रममा २०८१ भाद्र १ गते त्यस क्यासिनोमा कार्यरत श्रमिक हरिओम अधिकारी आप्mनो रात्रिकालिन डिउटी सकेर घर फर्किने क्रममा लाजिम्पाटमा एक्कासी हृदयघात भई मृत्यवरण भएपश्चात नेपाल ट्रेड युनियन महासंघ(जिफन्ट)को सहयोगमा परिवारले ऐन बमोजिम पाउने आश्रित परिवारको सुविधा दिलाई पाउन निवेदन पेश गरेका थिए । उक्त निवेदनको आधारमा सामाजिक सुरक्षा कोषले बेलिज पा.लि. का व्यवस्थापकलाई पत्र काटी पीडित पक्षलाई कानुन वमोजिमको क्षेतिपुर्ती उपलब्ध गराउन आदेश गरेको थियो । कानुन वमोजिम पीडित पक्ष, जिफन्टका प्रतिनिधि र बेलिजको व्यवस्थापकबीच छलफल हुँदा क्षेतिपुर्तिस्वरुप रु. ३० लाख तिर्न बेलिज व्यवस्थपन पक्ष सहमत भएपछि २०८१ माघ ३० गते सामाजिक सुरक्षाकोषको कार्यलयमा त्रिपक्षिय सहभागितामा बेलिज क्यासिनोका मानव संशाधन मेनेजर मिलन राईले उक्त रकम उल्लेख गरिएको चेक हरिओम अधिकारीका परिवार सुनिला अधिकारी श्रेष्ठलाई हस्तान्तरण गर्नु भएको जानकारी जिफन्ट सचिव तारा निधि पन्तले वताएका छन् ।

सामाजिक सुरक्षाकोषमा स्वर्गिय हरिओम अधिकारीका परिवारले आश्रित परिवार सुरक्षा योजना अनुसारको सुविधा दाविको निवेदन हालेपछी बेलिज क्यासिनोका व्यवस्थपकले त्यहाँ कार्यरत करिव ४५० जना श्रमिकहरुलाई सामाजिक सुरक्षाकोषमा आवद्धता गरि नियमित रुपमा दाखिला गर्नुपर्ने रकम दाखिला गर्दै आएको कुरा सामाजिक सुरक्षाकोषका अधिकारीले बताएका छन् । सामाजिक सुरक्षाकोषका कार्यकारी निर्देशक कविराज अधिकारीका अनुसार सामाजिक सुरक्षाकोषमा आवद्ध नहुने कम्पनीहरुलाई कानुन वमोजिम अझै कडा कावाही गरि कानुनी दायरामा ल्याउन कोष प्रतिवद्ध रहेको जनाएका छन् ।

स्वर्गिय हरिओम अधिकारीका छोरा सुवाष अधिकारीका अनुसार क्यासिनोका व्यवस्थापकले किरिया खर्चवापत रु. पच्चिस हजार समेत गरी त्याहाँ कार्यरत श्रमिकहरुले एकदिन बराबरको पारिश्रमिक वापत संकलन गरेको सहयोग रु  ४,४५००० (चार लाख पैतालिस हजार) सहयोग प्रदान गरेका थिए ।  व्यस्थापक पक्षका एचआर मेनेजर मिलन राईले  स्व. हरिओम अधिकारीका छोरा सुवाषलाई फकाउदै तिमिलाई जागिर लगाई दिउला, कतै ट्रेड युनियन तिर नजानु भनेकोमा राईको कुरामा विश्वास नगरी जिफन्टको सहयोगमा सामाजिक सुरक्षाकोषमा उजुरी हालेपछी नीज मेनेजर राईले आफुलाई जिफन्टमा गएर ठुलो गल्ती गर्यौ भन्दै धम्किको भाषा समेत प्रयोग गरेको कुरा अधिकारीले बताए । नीज मेनेजरले त्यतिमात्र भन्नु भएन “अव तिमिले हामीले गरेको सहयोग ट्रेड युनियन र नेतालाई कमिशन वापत दिनुपर्ने हुन्छ” भन्ने जस्ता कुरा गर्न भ्याउनु भयो भनि सुवास बताउछन् ।

स्व. अधिकारीका छोरा सुवास अधिकारीका अनुसार नीज मेनेजरले जे भनेतापनि आप्mनो बुबाले जिफन्टको बारेमा पहिला बताउनु भएको कुरा सम्झदै जिफन्ट र नेपाल स्वतन्त्र होटल मजदुर युनियन(नेस्वहोमयू) लाई विश्वास गरे र उहाँहरुले भन्नु भएको कुरा : “व्यवस्थापन पक्षको काम भनेको नै श्रमिकलाई बलमिचाई गर्ने, श्रमशोषण गर्ने, ट्रेड युनियनको वारेमा भ्रम फिजाउने हो हामी जिफन्ट जहाँ श्रमिक त्याहाँ जिफन्ट भनेझै श्रमिककोमा पुगेर मजदुरको पक्षमा न्याय दिलाउने गर्छौ, विश्वास गर ” भन्नु भएको थियो र आज त्यो सार्थक पनि भयो भन्दै जिफन्ट र नेपाल स्वतन्त्र होटल मजदुर युनियन(नेस्वहोमयू) लाई  धेरै धेरै धन्यवाद भन्दै सवै श्रमजीविहरुलाई योगदानमा अधारित सामाजिक सुरक्षाको महत्व बुझेर यसमा सहभागि भई आपूm र आप्mनो परिवारको भविष्य सुरक्षित गर्न समेत अपिल गरेको छन्  ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

तेहरानमा ‘कालो वर्षा’को चर्चा: तेल रिफाइनरीमा हमलापछि बढ्यो प्रदूषणको खतरा

काठमाडौं, फागुन २७ ।इरानको राजधानी तेहरानमा पछिल्ला दिनहरूमा देखिएको ‘कालो वर्षा’ (ब्ल्याक रेन) को घटनाले

रास्वपाको उदय: जनअसन्तुष्टि, युवा विद्रोह र डिजिटल लहरको परिणाम

 तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा

शक्तिशाली मिसाइल प्रयोग गर्ने इरानको चेतावनी, अमेरिकाको वार्ता प्रस्ताव अस्वीकार

फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल

राष्ट्रिय सुरक्षा परिषद्को निष्कर्ष: प्रतिनिधिसभा निर्वाचनका सबै तयारी पूरा

काठमाडौं, फागुन २० — राष्ट्रिय सुरक्षा परिषद्ले प्रतिनिधिसभा सदस्य निर्वाचन निष्पक्ष, भयरहित, शान्तिपूर्ण र त्रुटिरहित ढंगबाट सम्पन्न

धनुषा–१ मा रास्वपा उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज

फागुन १९, काठमाडौं । निर्वाचन आयोगले धनुषा क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका राष्ट्रिय स्वतन्त्र

ओलीको अपिल: राष्ट्रको पक्षमा स्पष्ट निर्णय लिन मतदातालाई आग्रह

काठमाडौं, फागुन १७ — केपी शर्मा ओलीले मतदातालाई देशको पक्षमा स्पष्ट निर्णय लिन आग्रह गरेका