सर्वोच्चको आदेशलाई लत्याउँदै धादिङ थाँक्रेमा अवैध ढुंगा उत्खनन्

काठमाडौं । धादिङको थाँक्रे गाउँपालिका ७ स्थित सातकिल्लामा सर्वोच्च अदालतको अन्तरिम आदेशलाई अवहेलना हुने गरि गैरकानुनी खानी उत्खनन् शुरु भएको छ । श्री कुमारी माता रोडा ढुंगा उद्योगले गैरकानुनी रुपमा सर्वसाधरणको निजि जग्गा र सार्वजनिक जग्गामा उत्खनन् गरेपछि पीडितहरुले सर्वोच्च अदालतमा अन्तरिम आदेश माग गर्दै रिट दर्ता गराएका थिए । सर्वोच्च अदालतले पीडितको माग अनुसार अन्तरिम आदेश जारी गर्दै मुद्दाको अन्तिम किनारा नलागेसम्म उत्खनन् कार्य नगर्न आदेश दिएको थियो । तर, सर्वोच्च अन्तरिम आदेशलाई लत्याउँदै फेरी गैरकानुनी रुपमा उत्खनन् कार्य शुरु भएको हो ।

हाल प्रधानन्यायाधीश समेत रहेका प्रकाशमान सिंह राउत र न्यायधीश तिलप्रसाद श्रेष्ठको संयुक्त ईजलाशले गत साउन १४ गते अन्तरिम आदेशलाई निरन्तरता दिँदै अन्तरिम आदेश नभए बस्ती नै जोखिममा पर्ने देखिएको र त्यसले अपुरणीय क्षति हुने भन्दै अन्तरिम आदेशलाई निरन्तरता दिएको थियो ।

स्थानिय कृष्ण बहादुर प्रजासहित दर्जनौँ व्यक्तिहरुले सर्वोच्च अदालतमा श्रीकुमारी माता रोडा ढुंगा उद्योगले गैरकानुनी रुपमा उत्खनन् गरेको भन्दै रिट निवेदन दिएका थिए । उनीहरुको निवेदनमा सुुनुवाई गर्दै सर्वोच्च अदालतले २०८० असार ३ गते आईई गरेर मात्रै खानी संचालन गर्ने नगर्ने विषयमा निर्णय गर्न खानी विभागलाई निर्देशनात्मक अन्तरिम आदेश दिएको यिो । उद्योगले आईईका क्रममा स्थानियको रायलाई नै झुक्याएर गाउँपालिकाबाट खानी संचालन गराउन सफल भएका थिए । तर, पीडितहरुले पुन सर्वोच्च अदालतमा रिट निवेदकको रायलाई उल्लेख नगरी आईई प्रतिवेदन तयार पारिएको र गाउँपालिकाले समेत बदमासी रहेको भन्दै पुन निवेदन दिएका थिए । सर्वोच्च अदालतले उक्त खानी तत्काल संचालन नगर्न तीन पटकसम्म आदेश जारी गरेको छ ।

२ रोपनी खेत खसालेर खोलामा पारिएको छ : पीडित थापा

पीडित लक्ष्मण थापाका अनुसार अहिले कुमारी माता रोडा ढुंगा उद्योगले गैरकानुनी रुपमा सर्वोच्चको अन्तरिम आदेश पछि पनि खोला नै सारेका छन् । ‘मेरो २ रोपनी खेत नै खसालिएको छ । मेरो जग्गामा अहिले खोला बगिरहेको छ । पहिले खोला थिएन,’ थापाले भने,‘उनीहरुले मेरो जग्गबाट अबैध रुपमा ढुंगा लिएर गएका छन् । यो देशमा सर्वोच्च अदालतको आदेश समेत कार्यान्वयन भएन । म कसलाई भनौँ । कहाँ निवेदन दिउँ ?’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

रास्वपाद्वारा सात सदस्यीय सचिवालय गठन, बालेन्द्र शाह वरिष्ठ नेतामा मनोनित

काठमाडौं, १३ साउन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सात सदस्यीय पार्टी सचिवालय गठन गरेको छ।

सुनसरी घटनाबारे सुरक्षा परिषद्को बैठक

काठमाडौं, १४ साउन। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा राष्ट्रिय सुरक्षा परिषद्को बैठक बसिरहेको छ। प्रधानमन्त्रीको

घरेलु कामदारसम्बन्धी आदेश कार्यान्वयनमा श्रम मन्त्रालयको बेवास्ता

पेशागत तथा मानवअधिकार संरक्षणका लागि सर्वोच्च अदालतले दिएको निर्देशनात्मक आदेश कार्यान्वयनमा युवा तथा खेलकुद तथा

विदेशमा रहेका नेपालीलाई मतदानका लागि ५ मोडेल प्रस्ताव

 साउन १२,काठमाडौँ । निर्वाचन आयुक्तमा प्रस्तावित गुरुप्रसाद वाग्लेले विदेशमा रहेका नेपाली नागरिकको मतदान अधिकार सुनिश्चित

जोर्डन आक्रमणपछि अमेरिका–इरान आमनेसामने, होर्मुज क्षेत्र थप तनावग्रस्त

दुबई, साउन ३ (रासस)। जोर्डनस्थित अमेरिकी सैन्य अड्डामा भएको आक्रमणमा अमेरिकी सैनिकको मृत्यु भएपछि त्यसको

नक्कली भुटानी शरणार्थी प्रकरणमा सजाय निर्धारण

काठमाडौं, ३१ असार २०८३। नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी ठहर भएका व्यक्तिहरूलाई काठमाडौं जिल्ला अदालतले