यस्तो बन्यो पन्त्रीपरिषद्

असार ३१, काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नवनियुक्त प्रधानमन्त्री खड्गप्रसाद ओली (केपी ओली) ले सोमबार प्रधानमन्त्रीको पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ । ओली संसद्को सबैभन्दा ठुलो दल नेपाली काँग्रेसको समर्थनमा प्रधानमन्त्री बन्नुभएको हो ।

शपथ ग्रहण समारोहमा उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री ओली, प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल, निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, पूर्वप्रधानमन्त्रीहरु शेरबहादुर देउवा, झलनाथ खनाल, डा बाबुराम भट्टराई, विभिन्न राजनीतिक दलका नेताहरु, सांसद, नेपाल सरकारका विशिष्ट अधिकारी, सुरक्षा निकायका प्रमुख, नेपालस्थित विदेशी कूटनीतिक नियोगका प्रमुख एवं प्रतिनिधि तथा सामाजिक जीवनका विभिन्न क्षेत्रमा योगदान पु¥याएका विशिष्ट व्यक्तित्वहरुको सहभागिता छ ।

यस्तो छ मन्त्रिपरिषद्:

खड्गप्रसाद ओली– प्रधानमन्त्री

प्रकाशमान सिंह – उपप्रधान एवम् सहरी विकास मन्त्रालय

विष्णु पौडेल –उपप्रधान एवम् अर्थ मन्त्रालय

पृथ्वीसुब्बा गुरुङ – सञ्चार तथा सूचना प्रविधि मन्त्रालय

रमेश लेखक – गृह मन्त्रालय

शरतसिंह भण्डारी – श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय

आरजु राणा – परराष्ट्र मन्त्रालय

प्रदीप पौडेल – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय

बद्री पाण्डे – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय

रामनाथ अधिकारी – कृषि तथा पशुपक्षी मन्त्रालय

प्रदीप यादव – खानेपानी मन्त्रालय

बलराम अधिकारी – भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय

दामोदर भण्डारी – उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय

नवलकिशोर साह सुडी – महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय

देवेन्द्र दाहाल – भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय

तेजुलाल चौधरी – युवा तथा खेलकुद मन्त्रालय

अजय चौरसिया – कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय

विद्या भट्टराई – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय

मानवीर राई – रक्षा मन्त्रालय

दीपक खड्का – ऊर्जा, सिचाइँ तथा जलस्रोत मन्त्रालय

राजकुमार गुप्ता – संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय

ऐनबहादुर शाही – वन तथा वातावरण मन्त्रालय

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

कश्मीर आक्रमणमा मारिएका सुदिपको शव परिवारको जिम्मा लगाइयो, आजै अन्त्येष्टि

 वैशाख ११, काठमाडाैं । भारतको जम्मु कश्मीरमा आतङ्कवादी आक्रमणमा परी ज्यान गुमाएका बुटवल–११ का २७

शिक्षक आन्दोलनको स्वरुप परिवर्तन गर्न आग्रह

वैशाख  १०,काठमाडौँ। बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप) ले विद्यार्थीको अधिकारप्रति सचेत हुँदै आन्दोलनको स्वरुप

अमिन दिनेशप्रसाद यादवविरुद्ध तीन करोड २९ लाख भ्रष्टाचार मुद्दा

वैशाख ८, काठमाडौँ। उपत्यका विकास प्राधिकरण, जिल्ला आयुक्तको कार्यालय काठमाडौँद्वारा सञ्चालित बागमती नगर जग्गा एकीकरण

न्यायको कठघरामा न्यायिक समिति

वसन्त आचार्य  २ वैशाख २०८२, न्याय एक बृहत् अवधारणा हो । यो एक दर्शन पनि

दुर्गा प्रसाईं र अंगरक्षक दिपक खड्का पक्राउ

 चैत २९, काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ पर्नुभएको छ । नेपाल प्रहरी प्रधान

तीनकुने घटना पूर्वराजा ज्ञानेन्द्रकै निर्देशनमा भएकोले ज्ञानेन्द्रले उन्मुक्ति पाउँदैनन्: प्रधानमन्त्री ओली

चैत्र १८, २०८१ | काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराजा ज्ञानेन्द्र शाहले संविधानसभापछि भएको