कांग्रेस बैठकले गरेका चार निर्णय

 असार १९,काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले नेकपा (एमाले) सँग नयाँ सत्ता सहकार्यको विषयमा भएका सहमति कार्यान्वयन गर्ने निर्णय गरेको छ। बुधबार पार्टी सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाको निवास, बुढानीलकण्ठमा बसेको बैठकले यस्तो निर्णय गरेको हो।

बैठकपछि निर्णय सार्वजनिक गर्नुहुँदै मुख्य सचिव कृष्णप्रसाद पौडेलले राष्ट्रिय सरकार गठन सम्बन्धी सहमतिको स्वागत गर्दै एमालेसँगको सहमति कार्यान्वयन गर्ने निर्णय भएको जानकारी दिनुभयो।

कांग्रेसले गरेका चार निर्णय 

– नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) बिच २०८१ साल असार १७ गते सम्पन्न राष्ट्रिय सहमतिको सरकार गठन सम्बन्धी सहमतिलाई यो बैठक स्वागत गर्दै समर्थन गर्दछ।

– नेपाली कांग्रेस र नेकपा (एमाले) बिच राष्ट्रिय हितको रक्षा गर्न, भ्रष्टाचार नियन्त्रण गरी देशमा सुशासन कायम गर्न, विकास निर्माणको अभियानलाई तीव्रता दिन, राजनीतिक स्थिरता कायम गर्न, संविधानको अभ्यासको समीक्षा गरी सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था र समावेशितालाई सुदृढ गर्ने गरी संविधान संशोधन गर्न, अर्थतन्त्रलाई बलियो बनाउन र यी उद्देश्य प्राप्तिका लागि राष्ट्रिय सहमतिको सरकारको नेतृत्व पहिलो पटक नेकपा ९एमाले० का अध्यक्ष माननीय के।पी। शर्मा ओली र दोस्रो पटक नेपाली कांग्रेसका सभापति माननीय शेरबहादुर देउवाले गर्ने गरी भएको सहमतिलाई कार्यान्वयन गर्न यो बैठक दृढता व्यक्त गर्दछ।

– नेपाली कांग्रेस र नेकपा (एमाले) बिच नेपालको संविधानको धारा ७६ (२) बमोजिम माननीय के।पी। शर्मा ओलीको नेतृत्वमा सरकार गठन गर्न सहमति भई सकेकोमा प्रतिनिधि सभाको बहुमत स्पष्ट देखिएको अवस्थालाई मध्यनजर गरी सम्माननीय प्रधानमन्त्रीले राष्ट्रिय सहमतिको नयाँ सरकार गठनका लागि मार्ग प्रशस्त गर्न उचित हुने यो बैठक ठहर गर्दछ।

– महाधिवेशन सम्पन्न नगरेका नेपाली कांग्रेसका भ्रातृ सङ्घहरूको महाधिवेशन सम्पन्न गर्न÷गराउन फरक भ्रातृ सङ्घका लागि अधिकार सम्पन्न फरक-फरक निर्देशक समिति गठन गर्नेस नेपाल विद्यार्थी सङ्घ, नेपाल तरुण दल, नेपाल महिला सङ्घ, नेपाल किसान महासङ्घ, नेपाल दलित सङ्घ, नेपाल लोकतान्त्रिक खेलकुद सङ्घ, नेपाल प्रजातन्त्र सेनानी सङ्घ, नेपाल भूतपूर्व सैनिक सङ्घ, राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग सङ्घ र नेपाल थारु सङ्घका निर्देशक समितिहरूलाई २०८१ चैत्र मसान्तसम्म अनिवार्य रूपमा भ्रातृ सङ्घको महाधिवेशन सम्पन्न गर्ने गरी दिइएको कार्यादेश सङ्घका तदर्थ कार्यसमितिहरूको समयावधि लगायतका विषयमा असार १७, २०८१ मा गरिएको निर्णयलाई यो बैठक पारित गर्दछ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

राइडर गणेश नेपालीको मृत्यु : अत्यधिक जरिवाना र श्रमिकको मानसिक दबाबबारे गम्भीर बहस

राइडर्स युनियनको प्रश्न– ‘समस्या नीतिमा छ, तीन ट्राफिकमाथिको छानबिनले मात्र समाधान हुँदैन’ काठमाडौं, असार २६

राहदानी विभागअगाडि आत्मदाह गरेका राइडरको मृत्यु, श्रम अधिकार र ट्राफिक व्यवस्थापनबारे गम्भीर प्रश्न, निष्पक्ष छानबिनको माग

काठमाडौं, असार २६ । काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आत्मदाह गरेका राइड सेयरिङ चालक गणेश

राहदानी विभागअगाडि आत्मदाह प्रयास : राइडर्स युनियनद्वारा छानबिन, उपचार र प्लेटफर्म श्रमिकको सुरक्षा सुनिश्चित गर्न माग

काठमाडौं, असार २६ । काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि राइड सेयरिङ चालक गणेश नेपालीले आत्मदाहको प्रयास गरेपछि

हेटौँडा कपडा उद्योगमा परीक्षण उत्पादन सुरु, सात रुग्ण उद्योगको मूल्याङ्कन अघि बढ्दै

काठमाडौँ, असार २३ गते । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले सैनिक सामग्री उत्पादन निर्देशनालयमार्फत

संवैधानिक परिषद्को बैठक शुक्रबार साँझ बस्ने, रिक्त पदमा नियुक्ति सिफारिसको तयारी

काठमाडौँ, असार १९ । प्रधानमन्त्री वालेन्द्र शाहले विभिन्न संवैधानिक निकायमा रिक्त रहेका पदमा नियुक्तिका लागि

वीरेन्द्रनगरको ‘शैक्षिक सुधार वर्ष’ घोषणा, एआईदेखि २ करोड छात्रवृत्ति कोषसम्मका महत्वाकांक्षी योजना

सुर्खेत,१६ असार । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ लाई ‘शैक्षिक सुधार