एमालेलाई राष्ट्रिय शक्ति बनाउन महिला अग्रमोर्चामा छन् : अध्यक्ष ओली

जेठ १६, काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले देवासुर सङ्ग्राममा देवीहरू मैदानमा उत्रिएजस्तै पार्टी बचाउन महिलाहरू अग्रमोर्चामा खटिने गरेको बताउनुभएको छ ।

बुधबारदेखि यहाँ सुरु भएको एमालेको दुई दिने राष्ट्रिय महिला भेलाको उद्घाटन सत्रमा पूर्वप्रधानमन्त्री ओलीले एमालेलाई ध्वस्त बनाउन खोजिएका बेलामा समेत महिला र युवाले पार्टीको झण्डा बोकेर अग्रमोर्चामा उत्रने गरेको बताउनुभएको हो ।

“तपाईँहरूको सक्रियता, वैचारिक स्पष्टता र दृढ अडानलाई म सलाम भन्न चाहन्छु । तपाईँहरूको यो यात्रा एमालेलाई निर्णायक राष्ट्रिय शक्ति नबन्दासम्म निरन्तरता दिनुहोला । त्यसपछि एमालेलाई कसैले हल्लाउन सक्दैन र हामी नेपालको राष्ट्रिय  स्वाभिमानको झण्डालाई माथि उठाएर समाजमा सुशासन दिँदै विकासलाई गति दिन सक्षम हुनेछौँ ”, उहाँले भन्नुभयो ।

अध्यक्ष ओलीले सानासाना सहकारीको प्रवर्द्धन र उद्यमशीलताको विकास गर्दै समृद्धिमा अगाडि बढ्न आग्रह गर्नुभयो । उहाँले हरेक महिलाले केही न केही नयाँ उत्पादन गरेमा नेपालीहरू स्वावलम्बी बन्न सक्ने उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “लगानी धेरै नगरी पनि उद्यमशीलता बढाउन सकिन्छ । महिला आन्दोलनको एउटा अभीष्ट यो पनि हो । हामी समृद्ध नेपाल, सुखी नेपालको गन्तव्यमा जानुछ, त्यसका लागि तपाईँहरूले आफ्नो ठाउँबाट योगदान दिन सक्नुपर्छ ।” उहाँले राज्यका निकायमा ३३ प्रतिशत महिला सहभागिता भएकै कारण खुसी मान्न नसकिने बताउँदै सामाजिक न्याय र समानताका लागि थप उपलब्धि हासिल गर्न एमाले स्पष्टरुपमा अगाडि बढ्ने उद्घोष गर्नुभयो ।

 

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीद्वारा उद्घाटन गरिएको भेलामा पार्टीका २३ वटै जनसङ्गठनका महिला नेता, पार्टीबाट निर्वाचित महिला जनप्रतिनिधि, पार्टीको प्रदेश तथा जिल्ला कमिटीका महिला पदाधिकारी, अनेरास्ववियुको तर्फबाट स्ववियुमा निर्वाचित महिला प्रतिनिधि गरी करिब पाँच हजार सहभागी छन् । रासस

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

उपत्यकामा रात्रिकालीन बस सेवा विस्तार: ९ स्थानीय तह र साझा यातायातबीच समझदारी

काठमाडौं, असोज ४ । काठमाडौं उपत्यकामा रात्रिकालीन यातायात सेवालाई थप सहज र सुरक्षित बनाउने उद्देश्यले उपत्यकाका

जलवायु न्याय र क्षतिपूर्तिको माग गर्दै भोटेकोशी बिपदमा ज्यान गुमाएका श्रमिकको स्मृतिमा जिफन्टद्वारा दीप प्रज्वलन

असोज, ३  काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी

महिला हिंसा नियन्त्रणका लागि सांसद एकमत

काठमाडौँ, भदौ ३० गते । महिला तथा बालिकामाथि हुने बलात्कार, यौन हिंसा तथा साइबर अपराध

भदौ २३–२४ को घटनाबारे गहिरो अनुसन्धान आवश्यक, विदेशी जासुसी संलग्नताको आशंका :रविन्द्र मिश्र

काठमाडौँ । भदौ २३ र २४ गते भएको आन्दोलन तथा त्यस क्रममा भएका हिंसात्मक घटनालाई

क्यासिनो एसोसिएसनद्वारा भोटेकोशी बाढीपीडितलाई ८५ लाख २३ हजार सहयोग

काठमाडौँ, भदौ २२ गते । नेपाल क्यासिनो एसोसिएसनले भोटेकोशी बाढीपीडितका लागि ८५ लाख २३ हजार

ग्रिन आर्मी प्रकरण : खारेजी मात्र होइन, सत्यको कानुनी परीक्षण आवश्यक

-अधिवक्ता तारा निधि पन्त भाद्र २१, काठमाडौं । विवादित ‘ग्रिन आर्मी’ नामक संस्थाको दर्ता खारेज