May 9, 2024

हिक्मतकुमार कार्की कोशीको मुख्यमन्त्रीमा नियुक्त

वैशाख २७, विराटनगर। कोशी प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एमाले) संसदीय दलका नेता हिक्मतकुमार कार्की नियुक्त हुनुभएको छ  । प्रदेश प्रमुख परशुराम खापुङले कार्कीलाई बिहीबार मुख्यमन्त्री नियुक्त गर्नुभएको हो ।

संविधानको धारा १६८ को उपधार ५ बमोजिम बहुमत प्राप्त गर्ने आधारसहित दाबी पेस गर्न प्रदेश प्रमुखको कार्यालयबाट जारी भएको सूचनाको अवधिभित्रै कार्कीले दाबी पेस गरेपछि प्रदेश प्रमुख खापुङले हस्ताक्षर सनाखत गराई कार्कीलाई मुख्यमन्त्री नियुक्त गर्नुभएको हो ।

कोशी प्रदेशमा तेस्रो पटक मुख्यमन्त्री नियुक्त हुनुभएका कार्कीलाई आजै पद तथा गोपनीयताको शपथ गराउने तयारी प्रदेश प्रमुखको कार्यालयले गरेको छ ।

कार्कीलाई मुख्यमन्त्री नियुक्त गर्न नेकपा (माओवादी केन्द्र)का १३ जना र एमालेका ३९ जना गरी ५२ जना सांसदले समर्थन गर्नुभएको छ ।

पहिलो पटक २०७९ पुस २४ मा माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को समर्थनमा मुख्यमन्त्री बन्नुभएका कार्कीले केन्द्रमा सत्तासमीकरण फेरिएपछि २०८० असार १४ मा राजीनामा दिनुभएको थियो । सर्वोच्च अदालतको परमादेशपछि २०८० भदौ २२ गते दोस्रो पटक मुख्यमन्त्री नियुक्त हुनुभएको थियो । उहाँले विश्वासको मत पाउने सम्भावना नभएपछि गत असोज २० गते पदबाट राजीनामा दिनुभएको थियो । त्यसको सात महिनापछि पुनः कार्की मुख्यमन्त्री नियुक्त हुनुभएको हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

संविधान संशोधनका लागि सुझाव सङ्कलन तीव्र

काठमाडौँ, जेठ ११ । संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलले शासकीय स्वरूप, निर्वाचन प्रणालीसहितका आठ

प्रेस स्वतन्त्रताप्रति सरकार प्रतिबद्ध : सञ्चारमन्त्री

  जेठ ६,काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले सरकारले प्रेसलाई नियन्त्रण वा

मन्त्रालय संख्या १८ मा सीमित

काठमाडौँ, वैशाख ३१ । सरकारले संघीय मन्त्रालयको संख्या २२ बाट घटाएर १८ कायम गर्ने निर्णय

संविधान संशोधनदेखि ‘लगानी एक्सप्रेस’सम्म: सरकारको व्यापक सुधार एजेन्डा सार्वजनिक

काठमाडौँ, वैशाख २९ । सरकारले सबै वर्ग, क्षेत्र र समुदायको अपनत्व सुनिश्चित हुने गरी राजनीतिक

बजेट अधिवेशन आजदेखि, नीति तथा कार्यक्रम संयुक्त बैठकमा प्रस्तुत हुने

काठमाडौँ, वैशाख २८ । सङ्घीय संसद्को बजेट (बर्खे) अधिवेशन आजदेखि सुरु हुँदै छ । सरकारको

शशिभूषण यादव विरुद्धको सम्पत्ति शुद्धिकरण मुद्दामा अख्तियारद्वारा सर्वोच्चमा पुनरावेदन

काठमाडौँ, वैशाख २५ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले गुणस्तर तथा नापतौल कार्यालय वीरगञ्जका तत्कालीन वरिष्ठ