जिफन्टको ‘रिपोर्ट’ : २१ प्रतिशत उद्योग प्रतिष्ठानले न्यूनतम पारिश्रमिक दिँदैनन्

 वैशाख १७, काठमाडौँ। सरकारले तोकेको न्यूनतम पारिश्रमिक नदिने उद्योग र प्रतिष्ठानको सङ्ख्या छ प्रतिशतले बढेको छ । नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) ले सार्वजनिक गरेको श्रम लेखापरिक्षण प्रतिवेदनअनुसार २१ दशमलव सात प्रतिशत उद्योग तथा प्रतिष्ठानले न्यूनतम पारिश्रमिक नदिने गरेको पाइएको छ ।

सरकारले १७ हजार तीन सय न्यूनतम पारिश्रमिक तोकेको छ । काठमाडौँमा पत्रकार सम्मेलनमार्फत महासङ्घले ‘श्रम कानुन कार्यान्वयनको अवस्था’ मा श्रम अडिट प्रतिवेदन २०८० सार्वजनिक गरेको थियो । यसमा न्यूनतम पारिश्रमिक र सुविधा कार्यान्वयनको अवस्था अत्यन्त नाजुक बन्दै गएको उल्लेख छ । युनियन क्रियाशील रहेका उद्योग प्रतिष्ठानमा न्यूनतम पारिश्रमिक कार्यान्वयनको अवस्था २०७९ सालको भन्दा खासै फरक छैन । २०७९ सालको श्रम अडिट प्रतिवेदनअनुसार १५ दशमलव ३० प्रतिशत उद्योग-प्रतिष्ठानले न्यूनतम पारिश्रमिक दिएका थिएनन् ।

त्यस्तै, श्रमिक आपूर्तिकर्ता कम्पनीमार्फत काम गर्ने श्रमिकहरुलाई न्युनतम पारिश्रमिक र ओभर टाइमजस्ता आधारभूत सुविधा नदिने कम्पनी ७२ दशमलव छ प्रतिशत छ । प्रतिवेदनमा श्रम शोषण विकराल अवस्थातर्फ लम्किँदै गएको उल्लेख छ । श्रम ऐन २०७४ मा उद्योग प्रतिष्ठानमा दैनिक आठ घण्टा र हप्तामा ४८ घण्टाभन्दा बढी समय श्रमिकलाई काममा लगाउन नपाइने व्यवस्था भए पनि पूर्णरुपमा लागू नभएको तथ्याङ्कले जनाएको छ ।

महासङ्घको अडिट ‘रिपोर्ट’मा गत वर्ष श्रम अडिट गरिएका उद्योग-प्रतिष्ठानमध्ये ४६ दशमलव ४० प्रतिशतमा आठ घण्टाभन्दा बढी (ओभर टाइम) समय काममा लगाएको पाइएको थियो । यो वर्ष श्रम अडिट गरिएका प्रतिष्ठानमध्ये, ६१ द्यशमलव एक प्रतिशत उद्योग प्रतिष्ठानले आठ घण्टाभन्दा बढी समय काममा लगाइएको छ । यसबाट औद्योगिक प्रतिष्ठानमा काम बढेको स्पष्ट हुन्छ । यद्यपि बालश्रम प्रयोग गर्ने प्रतिष्ठान भने घट्दै गएको छ ।

गत वर्ष २०७९ मा बालश्रम प्रयोग भइरहेको प्रतिष्ठान शून्य दशमलव ७५ प्रतिशत थियो भने २०८० सालमा घटेर शून्य दशमलव छ प्रतिशत पुगेको छ । पत्रकार सम्मेलनमा नेपाल ट्रेड युनियन महासङ्घले मे दिवसको सन्र्दभ पारेर २५ बुँदे घोषणापत्र तयार पारेको छ । ‘नयाँ सामाजिक सम्झौताका लागि सुदृढ लोकतन्त्र, सामाजिक सुरक्षा र मर्यादित रोजगारी’ विषयमा केन्द्रित भई श्रमिकका हकहित सुनिश्चित गराउने हेतुले उक्त घोषणापत्र तयार पारेको हो ।

काठमाडौँमा आज पत्रकार सम्मेलन माझ महासङ्घका अध्यक्ष विनोद श्रेष्ठले घोषणापत्र पढेर सुनाउनु भएको थियो । श्रमजीवीको हकमा ऐन बने पनि त्यसको प्रभावकारी कार्यान्वयन नभएको गुनासो महासङ्घले सरकारसमक्ष गर्दै आएको छ । घोषणापत्रमा न्यूनतम पारिश्रमिक कार्यान्वनय नगरेको अवस्था, श्रम सम्बन्ध समिति गठन गर्ने प्रतिष्ठान नगण्य रहेको, श्रम अदालतमा सरुवाको विरुद्ध मुद्दा नलाग्ने व्यवस्थाले श्रमिकलाई निरुत्साहित गरेको, वैदेशिक रोजगारीमा जानेहरूलाई अनिवार्यरुपमा सामाजिक सुरक्षा कोषमा जोड्ने असल कामको सुरुआत बिना तयारी गरेको, सामाजिक सुरक्षाका योजनाका बारेमा तालिम प्रशिक्षणलगायतका विषयमा बुँदागत माग गरिएको छ ।

त्यस्तै, १० प्रतिशत सेवा शुल्कमाथिको अन्यायपूर्ण आक्रमणको अन्त्य गरी यसको पुनः कार्यान्वयनका लागि होटल तथा पर्यटन क्षेत्रका युनियनहरुको परिचानल गरिनेछ, सार्वजनिक यातायातमा देखिएको सिन्डिकेट हटाएर समान श्रमिक न्यायको विकास गर्ने, श्रमिकलाई जति सक्दो सामाजिक सुरक्षामा जोड्ने, तालिमी (इन्टर्न)हरु युनियनको भविष्य हुन् भन्ने कुरा युनियनकर्मीहरुलाई बुझाउनेसहितका प्रतिबद्धता घोषणापत्रमा समेटिएको छ ।

महासङ्घका अध्यक्ष श्रेष्ठले श्रम ऐन पूर्णरुपमा अस्तव्यस्त रहेको बताउनुभयो । “कानुन छ तर त्यसको सदुपयोग गर्ने संयन्त्र चुस्त भएन”, उहाँले भन्नुभयो, “आगामी दिनमा महासङ्घले बुँदागत योजना बनाएर कार्यान्वयनमा जोड दिनेछौँ ।” श्रमजीवी पत्रकार सङ्घका अध्यक्ष जन्मदेव जैसीले राजनीतिक अस्थिर प्रणाली र उद्योग व्यवसायमा सिन्डिकेटको प्रवृत्तिले देशमा आर्थिक सङ्कट आएको बताउनुभयो । उहाँका अनुुसार यसको प्रमुख मर्का नै श्रमजीवी मजदुरलाई परेको छ । “सङ्कट आयो भने तलब नदिने प्रवृति सबै व्यवसायमा छ”, उहाँले भन्नुभयो, “अर्थतन्त्र चलायमान गराउन स्वच्छ व्यापार प्रतिस्पर्धा र मुलुक सुहाउँदो अर्थनीति ल्याउनुपर्छ ।” रासस 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

रास्वपाको प्रथम महाधिवेशन आजदेखि भरतपुरमा, विद्युतीय मतदानमार्फत नयाँ नेतृत्व चयन हुँदै

भरतपुर, असार ७ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशन आजदेखि चितवनको भरतपुरमा

दुर्गा पन्तको स्वर्णसँगै विश्व योग च्याम्पियनसिपमा नेपालको ऐतिहासिक उपलब्धि

अहमदावाद, भारत — भारतको अहमदावादमा जुन ४ देखि ८, २०२६ सम्म सम्पन्न प्रथम विश्व योग च्याम्पियनसिपमा

श्रम अधिकारमाथि बढ्दो हस्तक्षेपबारे जेटियुसिसीको अन्तर्राष्ट्रिय मञ्चमा चिन्ता

काठमाडौँ, जेठ २८ । संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटियुसिसी) का अध्यक्ष विनोद श्रेष्ठले नेपालमा

बिजुलीमा ५ प्रतिशत भ्याट लगाउने निर्णयको विरोध, लाखौँ उपभोक्ता प्रभावित हुने चिन्ता

 जेठ १७, काठमाडौं। सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत मासिक ५० युनिटभन्दा बढी विद्युत् खपत

ईयू आबद्ध देशका राजदूतहरूसँग प्रधानमन्त्रीको सामूहिक भेट

काठमाडौं  जेठ १२, । प्रधानमन्त्री वालेन्द्र शाह र नेपालका लागि युरोपेली संघ (ईयू) मा आबद्ध

संविधान संशोधनका लागि सुझाव सङ्कलन तीव्र

काठमाडौँ, जेठ ११ । संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलले शासकीय स्वरूप, निर्वाचन प्रणालीसहितका आठ