February 7, 2024

चुरे क्षेत्रलाई गम्भीर असर पुग्नेगरी नदीनाला दोहन

माघ २४,धनगढी कैलालीमा संवेदनशील चुरे क्षेत्रलाई गम्भीर असर पुग्नेगरी नदीनाला दोहन भइरहेको छ ।  भावर क्षेत्रबाट मापदण्डविपरीत नदीजन्य पदार्थ उत्खनन् गरेर नदीनाला दोहन गर्न थालिएको हो । जसलेगर्दा चुरे र तराईमा गम्भीर असर पर्ने भन्दै तत्काल त्यस्तो कार्य रोक्न प्रदेश सदनमा समेत आवाज उठ्न थालेको छ । 

प्रदेश सभा सदस्य सन्तोषकुमारी शर्मा थापाले चुरे दोहन तत्काल रोक्नु पर्ने मागसहित सरकारको ध्यानाकर्षण गराउनु भएको छ । उहाँले गोदावरी नगरपालिकामा राज्य संयन्त्रकै दुरुपयोग गरेर चुरे दोहन गर्ने कार्य भइरहेको जिकिर गर्नुभयो ।

पछिल्लो समय कैलालीको गोदावरी नगरपालिकास्थित नदी र खोलानालाबाट मापदण्डविपरीत नदीजन्य पदार्थ उत्खनन् गर्ने काम भइरहेको छ । वडा ८ र ९ मा पर्ने खुटिया नदी, वडा ४ मा पर्ने गोदावरी खोला र ६ स्थित खैराना खोलाबाट चुरे र तराई क्षेत्रलाई असर पर्नेगरी अवैध तरिकाले नदीजन्य पदार्थ उत्खनन् भइरहेको हो ।

खुटिया नदीमा पूर्व–पश्चिम राजमार्गस्थित पुलबाट तल्लो क्षेत्रमा आवश्यकताभन्दा बढी गहिरो खाडल बनाएर नदीजन्य पदार्थ उत्खनन् गरिएको छ ।

गोदावरी र खैराना खोलाको भावर क्षेत्रबाट आवश्यकताभन्दा बढी गहिराइ बनाएर ढुङ्गा, गिट्टी, बालुवा उत्खनन् गरेको पाइएको जिल्ला स्तरीय अनुगमन समितिका संयोजक एवम् जिल्ला समन्वय समितिका कार्यवाहक अध्यक्ष खगराज भुसालले बताउनुभयो ।

यसैगरी, खुटिया नदीमा पूर्व–पश्चिम राजमार्गस्थित पुलबाट तल्लो क्षेत्रमा आवश्यकताभन्दा बढी गहिरो खाडल बनाएर नदीजन्य पदार्थ उत्खनन् गरिएको छ । जेसीबी, एक्जाभेटरको प्रयोग गरेर नदीजन्य पदार्थ उत्खनन् गरिएको हो ।

भुसालका अनुसार जथाभाबी नदीजन्य पदार्थ उत्खनन् गर्दा खोलाको स्वरूप नै बिग्रिएको छ । उत्खनन् गरिएका ढुङ्गा गिट्टी खोलामै थुपारिएका छन् । “मानव बस्ती जोखिममा पार्ने, नदी खोलाको स्वरूप नै बिगार्नेगरी उत्खनन् कुनै पनि हालतमा नियमसंगत छैन” उहाँले भन्नुभयो, “यसरी मापदण्डविपरीत उत्खनन् गरेको पाइएपछि जिल्लास्तरीय अनुगमन समितिले केही जेसीबीलगायत सवारी साधन नियन्त्रणमा लिएर कारबाहीको प्रक्रिया अगाडि बढाएको छ ।”

मापदण्डविपरीत उत्खनन् कार्यमा प्रयोग भएका तीन जेसीबी, तीन एक्जाभेटरसहित १९ वटा सवारीसाधनलाई माघ २१ गते नियन्त्रणमा लिइएको थियो । गोदावरी र खैराना खोलाबाट ती सवारी साधन नियन्त्रणमा लिइएको हो । नियन्त्रणमा लिइएका सवारी साधनमाथि आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालयलाई लेखि पठाएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिनुभयो ।

वातावरणीय प्रभाव मूल्याङ्कन नगरीकन कुनै पनि नदी खोलानाला उत्खनन् गर्न पाईदैन ।

वातावरणीय प्रभाव मूल्याङ्कन नगरीकन कुनै पनि नदी खोलानाला उत्खनन् गर्न पाइँदैन । गोदावरीस्थित नदीनालाबाट नदी, खोलाजन्य पदार्थ उत्खननका लागि वातावरणीय प्रभाव मूल्याङ्कन भएको भनिए पनि त्यसको रिपोर्ट जिल्ला समन्वय समितिलाई प्राप्त नभएको भुसालले बताउनुभयो । जिल्ला समन्वय समितिले सबै स्थानीय तहलाई नदीजन्य पदार्थ उत्खननकाे वातावरणीय प्रभाव मूल्याङ्कन रिपोर्ट पठाउन आग्रह गरे पनि स्थानीय तहले अटेर गरेका छन् ।

“अरुतिरबाट पनि आइईई रिपोर्ट नआएकाले त्यतातिरसमेत मापदण्डविपरीत उत्खनन् भइरहेको छ भन्ने हामीलाई शङ्का छ र त्यस्तो सूचना पनि आएको छ” भुसालले भन्नुभयो ।

प्राकृतिक स्रोत सम्बन्धित स्थानीय तहका रहेकाले सदुपयोग र संरक्षण गर्ने सबैभन्दा ठुलो भूमिका स्थानीय तहकै छ । तर, गोदावरी नगरपालिकामा पालिकास्तरीय अनुगमन समितिको आन्तरिक अनुगमन नै फितलो रहेको जिल्ला स्तरीय अनुगमन समितिको ठहर छ । खैराना खोलाको चुरेफेदीसम्म जथाभाबी उत्खनन् भइरहेको सूचनासमेत आएको भुसालले जानकारी दिनुभयो ।

गोदावरी नगरपालिकामा असोज २३ गतेबाट नदीजन्य पदार्थ उठाइँदैछ । मापदण्ड विपरीत उत्खनन् गरेको पाइएपछि गोदावरी, खैराना खोला र खुटिया नदीको तल्लो क्षेत्रबाट नदीजन्य पदार्थ उत्खनन् गर्ने कार्य हाललाई रोकिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री

 वैशाख १४,काठमाडौँ  ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर केही गर्नुपर्छ भन्ने भावना जागृत गर्न

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

यातायात भरपर्दो बनाउ: निर्वाचन आयोग

 वैशाख ७, काठमाडौँ । निर्वाचन आयोगले उपनिर्वाचन हुने दिन निर्वाचन क्षेत्रभित्रको यातायात व्यवस्थालाई नियमित र

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक राष्ट्रपतिद्वारा प्रमाणीकरण

काठमाडौं, चैत ३० गते । राष्ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धीकरण सम्बन्धी ऐनलाई संशोधन गर्न बनेको विधेयक