काभ्रेमा माओवादी परित्याग गरी ४५ जना एमालेमा प्रवेश

काभ्रे, माघ १८ बनेपा। नेकपा माओवादी केन्द्र पार्टी परित्याग गरी कम्युनिष्ट पृष्ठभुमी बोकेका ४५ जना भन्दा धेरै ब्यक्तिहरु नेकपा एमालेमा प्रवेश गरेका छन् । जिल्लाको कोशिपारी स्थित चौरीदेउराली गाउँपालिका ७ र ८ मा स्थायी बसोबास भएका नेकपा माओवादी केन्द्रका नेता तथा कार्यकर्ताहरु बनेपा स्थित एमाले पार्टी कार्यालयमा नेकपा एमालेमा प्रवेश गरेका हुन् ।
कम्युनिष्ट नेताहरु स्व.कमान सिं लामाका भाईहरु ज्ञानु लामा, अवतार लामा तथा छोराहरु तथा जिल्ला दोर्जे लामा सहित ४५ जना नेकपा एमालेमा प्रवेश गरेका हुन् । प्रवेशी नेता तथा कार्यकर्ताहरुलाई नेकपा एमाले पोलिटब्युरो सदस्य एवं पुर्व मन्त्री तथा सांसद गोकुल बास्कोटा, केन्द्रिय सदस्य तथा पुर्व राज्यमन्त्री रेशम लामा, पुर्व सांसद तथा केन्द्रिय सदस्य नविना लामा, प्रदेश कमिटी सदस्यहरु चुडामणी गौतम, ठाकुर बास्कोटा, जिल्ला अध्यक्ष अशोक ब्याञ्जु, उपाध्यक्ष चन्द्र लामा, सचिव राजन भुर्तेल, उपसचिव राजकुमार सापकोटा, पुर्व उप सचिव रिता ढकाल, सचिवालय सदस्य नारायण गौतम, विक्रम चौलागाई लगायतका विभिन्न तहका नेता कार्यकर्ताहरुले स्वागत गरेका थिए । कार्यक्रममा जिल्ला कमिटी पदाधिकारीहरु, सचिवालय सदस्यहरु, जिल्ला कमिटी सदस्यहरु, नगर तथा गाउँ कमिटीका अध्यक्ष तथा पदाधिकारीहरुको सहभागिता रहेको थियो ।

 पुर्व राजदुत समेत रहेका कमान सिं लामा काभ्रेपलाञ्चोक जिल्लाको कम्युनिष्ट आन्दोलनका नेता हुन् ।  कमान सिं लामाका भाईहरु ज्ञानु लामा र अवतार लामा लगायत एमाले प्रवेश गरेका हुन् । उनका छोराहरु पनि एमालेमा प्रवेश गरेका छन् । जनमोर्चाबाट आएकाहरुलाई माओवादीले हेपेको, जनयुद्ध लडेर आएकाहरुको ब्याज खान खाएको जस्ता अपमानित ब्यवहार गरेको भन्दै उनिहरुले कोशिपारीमा मात्रै नभई जिल्लाभरका जनमोर्चाबाट माओवादीमा समाहित भएका नेता तथा कार्यकर्ताहरुलाई संगठित गरी एमालेमा प्रवेश गराउने उद्घोष गरेका छन् । विहिबार पार्टी कार्यालयमा ४५ जना जनमोर्चाबाट माओवादी केन्द्रमा सक्रिय भएकाहरु एमाले प्रवेश गरेका हुन् ।

प्रवेश गर्नेहरुमा चौरीदेउराली गाउँपालिका वडा नम्वर ७ मानदनकुँडारीका ज्ञानु लामा, अवतार लामा, जिल्लादोर्जे लामा, सविनकुमार भुजेल, सफलकुमार गौतम, उज्जवल पाठक, लक्ष्मण पाठक, सुरेश गौतम, प्रतिक भुजेल, सुमन भुजेल, प्रकाश श्रेष्ठ, कार्साङ्ग लामा, मनोज भुजेल, सुजित गौतम, कमल भुजेल, नवराज पाठक, सोमनाथ काफ्ले, लिला लामा, सुप्रिया लामा, सक्षम लामा, सरुना लामा, सनिल लामा, जमुना लामा, रामकुमार गजमेर, रामबहादुर गजमेर, अजय लामा, सन्दिप भुजेल, प्रदिप पाठक, नवराज गौतम, प्रकाश चौलागाई लगायत छन् ।

‘एमालेमा कसैलाई हेलाँ होचो हुँदैन’ पोलिटब्युरो सदस्य गोकुल बास्कोटा

नेकपा एमालेले पार्टी भन्दा माथी राष्ट्र र राष्ट्रियतालाई राखेको छ । नागरिकहरुको जीवन रुपान्तरणका लागि नेकपा एमाले सक्रिय छ । एमालेले न्यायको आन्दोलन गरिरहेको छ । एमाले एक्लै एमाले भएको होईन । सबैलाई समेटन सक्ने विशाल छाती भएको पार्टी हो एमाले । सिद्धान्तमा आत्मसर्मपण गर्दैनौं । नीति प्रष्ट छ । ब्यवहार लचिलो छ । एमालेलाई कसैले चुनौती दिन सक्दैन । जेष्ठ नागरिक, श्रमिक, महिला अधिकार तथा नागरिकहरुको समृद्धीका लागि एमाले मात्रै अभिभावक हो । एमाले विरुद्ध देश, विदेशबाट भएको चौतर्फी घेरावन्दी विरुद्ध पनि हामी शशक्त भएका छौं । देश र जनता हाम्रो पहिलो प्राथमिकता हो । एमाले राम्रो हुन शरिरका सबै अंगहरु सक्रिय हुनु पर्छ भने जस्तै सबै क्षेत्र, सबै ब्यक्ति सबै तह र कमिटीहरु सक्रिय हुनु पर्छ ।
एमाले भित्र हेँला होचो हुँदैन । विशाल ह्दय भएको साझा फुलबारी हो एमाले । श्रमिक वर्गलाई उच्च प्राथमिकतामा छ । परिवर्तन, राष्ट्रिय स्वाधिन र स्वाभिमान पहिलो प्राथमिकता हो । सबैलाई समान ब्यवहार, सक्रियताका आधारमा जिम्मेवारी र मुल्यांकन गरिनेछ । ब्यक्ति गौण हो । सामाजिक न्यायको पक्षमा उभिएको पार्टीले कसैलाई अन्याय गर्दैन । बुझाईका कमिले कहिले काँहि त्यस्तै हुन सक्छ । विगतमा पनि हामीले धेरै समुह तथा ब्यक्तिहरुसँग एकिकरण गरेका छौं । एकिकरण भए पछि एमालेले गर्ने ब्यवहार फरक हुँदैन । सबैलाई आश्वस्त बनाउँछु सबै एमालेमा सहभागि हुनुहुस । यो सबैको पार्टी हो । बाम्पन्थी संक्रिणबादको शिकार एमाले हुँदैन । एमाले बुझे पछि सबै पार्टीका नेताहरु एमालेमा आउनु पर्छ । बाम्पन्थी आन्दोलनमा एमालेको भूमिका शशक्त छ । यो कायम राख्न हामी सबै सहभागि हुनु आवश्यक छ ।

केन्द्रिय सदस्य तथा पुर्व राज्यमन्त्री रेशम लामा, पुर्व सांसद तथा केन्द्रिय सदस्य नविना लामा, प्रदेश कमिटी सदस्य ठाकुर बास्कोटा, जिल्ला अध्यक्ष अशोक ब्याञ्जु, सचिवालय सदस्य नारायण गौतम तथा जिल्ला दोर्जे लामाले नेकपा एमालेले मात्रै मुलुकको नेतृत्व गरी राष्ट्रिय स्वाभिमान, स्वाधिनताका लागि नेकपा एमालेको विकल्प नभएको बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

जिफन्टको ‘रिपोर्ट’ : २१ प्रतिशत उद्योग प्रतिष्ठानले न्यूनतम पारिश्रमिक दिँदैनन्

 वैशाख १७, काठमाडौँ। सरकारले तोकेको न्यूनतम पारिश्रमिक नदिने उद्योग र प्रतिष्ठानको सङ्ख्या छ प्रतिशतले बढेको

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री

 वैशाख १४,काठमाडौँ  ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर केही गर्नुपर्छ भन्ने भावना जागृत गर्न

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

यातायात भरपर्दो बनाउ: निर्वाचन आयोग

 वैशाख ७, काठमाडौँ । निर्वाचन आयोगले उपनिर्वाचन हुने दिन निर्वाचन क्षेत्रभित्रको यातायात व्यवस्थालाई नियमित र

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना