दुई विधेयक पारित दुई ऐन संशोधन

 पुस १५, बुटवलबुटवल उपमहानगरपालिकाको चौधौँ नगर अधिवेशन दुई वटा विधेयक पारित र दुई वटा ऐन संशोधन गर्दै सकिएको छ ।

नगर सभाको हिउँदे अधिवेशनको पहिलो बैठकमा प्रस्तुत भएका जलस्रोत उपयोग विधेयक, २०८० र छाडा पशुचौपाया व्यवस्थापन र नियन्त्रण (गौशाला सञ्चालन) विधेयक, २०८० नगर प्रमुख खेलराज पाण्डेयले छलफलपछि सर्वसम्मतिले पारित गरेको जानकारी दिनुभयो ।

सभाले नगर शिक्षा ऐन, २०७४ र नगर स्वास्थ्य ऐन, २०७५ संसोधन गरेको छ भने आवश्यकता अनुसार सङ्गठन संरचना र कर्मचारी दरबन्दीसम्बन्धी प्रस्ताव पारित गरेको छ । सहरी पूर्वाधारतर्फ कामको चाप बढ्दै गएकाले सहरी पूर्वाधार विकास महाशाखा र भवन निर्माण तथा डिजाइन महाशाखा बनाइएको छ भने छुट्टै अनुगमन महाशाखा बनाउने प्रस्ताव पारित भएको छ । बुटवलका दुई वटा वडा ११ र १३ मा जनसङ्ख्या र भूगोललाई मध्यनजर गरी जनशक्ति थप गर्ने गरी पेस भएको प्रस्ताव बैठकले पारित गरेको छ ।

प्रमुख पाण्डेयले कार्यपालिका बैठकबाट भएका निर्णय अनुमोदन र विभिन्न प्रस्ताव पारित गरेको बताउनुभयो । सभाले अर्धवार्षिक समीक्षा गर्दै चालू आर्थिक वर्षका योजना समयमै सम्पन्न गर्न सबै तहबाट काम अगाडि बढाउन निर्देशन दिएको छ । बैठकले आगामी आर्थिक वर्षका लागि बुटवलको आवश्यकता र प्राथमिकता तय गर्दै समानता, स्वाभिमान र अवसर, बस्न योग्य बुटवल सहरको परिकल्पनालाई आत्मसात् गर्ने र सोही अनुसार नीति कार्यक्रम तय गर्ने प्रस्ताव पारित गरेको छ ।

बैठकमा बोल्दै प्रमुख पाण्डेयले बुटवल र बुटवलवासीको भविष्य उज्ज्वल बनाउन सबै जनप्रतिनिधि एकताबद्ध भएर अगाडि बढ्नुपर्ने बताउनुभयो । उहाँले बुटवलले विश्वास गरेर निर्वाचित भएको करिब दुई वर्ष हुनै लाग्दा धेरै प्रतिबद्धता पूरा हुने क्रममा रहेको बताउनुभयो ।

उहाँले चालु आवमा मोतीपुर र बेलबासमा १५/१५ शय्याका अक्सिजन सुविधासहितका दुई वटा अस्पताल सञ्चालनमा ल्याउने जानकारी दिनुभयो । आम्दा अस्पतालको स्तरोन्नति गर्ने र पारा मेडिकल तथा नर्सिङ विषयको कक्षा सञ्चालन हुने बताउनुभयो ।

सिद्धार्थ बाल तथा महिला अस्पताल आम्दामा सुत्केरी हुने महिलाका लागि सबै खालको खर्च निःशुल्क गराउन नगर प्रमुख आमा सुरक्षा कार्यक्रम सञ्चालनको तयारीमा रहेको बताउँदै प्रमुख पाण्डेयले नवजात शिशु र आमाको स्वास्थ्य तथा पोषणमा सुधार ल्याउन जनही दुई हजार रुपियाँका दरले प्रदान गर्ने गरी स्वस्थ शिशु सुत्केरीलाई पोषण कार्यक्रम सञ्चालनमा रहेको जानकारी दिनुभयो ।

उहाँले नगर प्रमुख गृहिणी महिला रोजगार कार्यक्रम सञ्चालन भएको, युवा इलम, महिला उद्यमशीलता कार्यक्रम सञ्चालन भएको उल्लेख गर्दै युवालाई सिप र रोजगारीसँग जोड्ने बताउनुभयो ।

उज्ज्यालो बुटवल कार्यक्रम अन्तर्गत मुख्य मुख्य चोकमा ‘हाइमास्ट लाइट’ तथा भित्री सडक र गल्लीमा ‘स्मार्ट स्ट्रिट लाइट’ जडान तथा सौन्दर्यीकरणको काम अगाडि बढेको र यसले रात्रिकालीन बजार सञ्चालनमा समेत सघाउ पुग्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

रसुवाको लेन्दे खोलाको बाढीले भोटेकोशीमा असर, नेपाली सेनाद्वारा ११ जना उद्धार, १८ बेपत्ता

काठमाडौं, असार २४ गते। रसुवाको लेन्दे खोलामा आएको बाढी भोटेकोशी नदीमा मिसिएपछि उत्पन्न संकटमा फसेका

शिक्षा क्षेत्रमा बुटवलको उत्कर्ष: उत्कृष्ट नतिजासँगै शैक्षिक केन्द्रको रूपमा उभिँदै

बुटवल, असार २३ गते – हालै सार्वजनिक भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७९ को नतिजामा

हट्न लाग्यो भारतको बाटो प्रयोग गर्ने बाध्यता

२२ असार २०८२, आइतबार – दार्चुलानेपालका नागरिकले आफ्नै देशभित्रको छाङरु र टिङ्कर पुग्न वर्षौंदेखि भारतको

 सरकारी सेवामा पेन्सन र उपदानको सट्टा योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागू

असार २०, २०८२, काठमाडौं ।आगामी आर्थिक वर्ष २०८२/८३ देखि नियुक्त हुने निजामती कर्मचारीहरूलाई अब पेन्सन

राइड सेयरिङ कार्यान्वयन अन्योलमा, व्यवसायी असन्तुष्ट

२० असार २०८२, काठमाडौँ ।गण्डकी प्रदेश सरकारले सार्वजनिक सवारी साधनको अभाव कम गर्न ल्याएको ‘राइड

परराष्ट्रमन्त्री डा. आरजु राणाद्वारा जलवायु वित्त र दिगो कृषि प्रणालीमा अन्तर्राष्ट्रिय सहयोगको आग्रह

असार १७, काठमाडौं ।परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले जलवायु परिवर्तनबाट प्रभावित मुलुकहरूका लागि जलवायु वित्त