दुई विधेयक पारित दुई ऐन संशोधन

 पुस १५, बुटवलबुटवल उपमहानगरपालिकाको चौधौँ नगर अधिवेशन दुई वटा विधेयक पारित र दुई वटा ऐन संशोधन गर्दै सकिएको छ ।

नगर सभाको हिउँदे अधिवेशनको पहिलो बैठकमा प्रस्तुत भएका जलस्रोत उपयोग विधेयक, २०८० र छाडा पशुचौपाया व्यवस्थापन र नियन्त्रण (गौशाला सञ्चालन) विधेयक, २०८० नगर प्रमुख खेलराज पाण्डेयले छलफलपछि सर्वसम्मतिले पारित गरेको जानकारी दिनुभयो ।

सभाले नगर शिक्षा ऐन, २०७४ र नगर स्वास्थ्य ऐन, २०७५ संसोधन गरेको छ भने आवश्यकता अनुसार सङ्गठन संरचना र कर्मचारी दरबन्दीसम्बन्धी प्रस्ताव पारित गरेको छ । सहरी पूर्वाधारतर्फ कामको चाप बढ्दै गएकाले सहरी पूर्वाधार विकास महाशाखा र भवन निर्माण तथा डिजाइन महाशाखा बनाइएको छ भने छुट्टै अनुगमन महाशाखा बनाउने प्रस्ताव पारित भएको छ । बुटवलका दुई वटा वडा ११ र १३ मा जनसङ्ख्या र भूगोललाई मध्यनजर गरी जनशक्ति थप गर्ने गरी पेस भएको प्रस्ताव बैठकले पारित गरेको छ ।

प्रमुख पाण्डेयले कार्यपालिका बैठकबाट भएका निर्णय अनुमोदन र विभिन्न प्रस्ताव पारित गरेको बताउनुभयो । सभाले अर्धवार्षिक समीक्षा गर्दै चालू आर्थिक वर्षका योजना समयमै सम्पन्न गर्न सबै तहबाट काम अगाडि बढाउन निर्देशन दिएको छ । बैठकले आगामी आर्थिक वर्षका लागि बुटवलको आवश्यकता र प्राथमिकता तय गर्दै समानता, स्वाभिमान र अवसर, बस्न योग्य बुटवल सहरको परिकल्पनालाई आत्मसात् गर्ने र सोही अनुसार नीति कार्यक्रम तय गर्ने प्रस्ताव पारित गरेको छ ।

बैठकमा बोल्दै प्रमुख पाण्डेयले बुटवल र बुटवलवासीको भविष्य उज्ज्वल बनाउन सबै जनप्रतिनिधि एकताबद्ध भएर अगाडि बढ्नुपर्ने बताउनुभयो । उहाँले बुटवलले विश्वास गरेर निर्वाचित भएको करिब दुई वर्ष हुनै लाग्दा धेरै प्रतिबद्धता पूरा हुने क्रममा रहेको बताउनुभयो ।

उहाँले चालु आवमा मोतीपुर र बेलबासमा १५/१५ शय्याका अक्सिजन सुविधासहितका दुई वटा अस्पताल सञ्चालनमा ल्याउने जानकारी दिनुभयो । आम्दा अस्पतालको स्तरोन्नति गर्ने र पारा मेडिकल तथा नर्सिङ विषयको कक्षा सञ्चालन हुने बताउनुभयो ।

सिद्धार्थ बाल तथा महिला अस्पताल आम्दामा सुत्केरी हुने महिलाका लागि सबै खालको खर्च निःशुल्क गराउन नगर प्रमुख आमा सुरक्षा कार्यक्रम सञ्चालनको तयारीमा रहेको बताउँदै प्रमुख पाण्डेयले नवजात शिशु र आमाको स्वास्थ्य तथा पोषणमा सुधार ल्याउन जनही दुई हजार रुपियाँका दरले प्रदान गर्ने गरी स्वस्थ शिशु सुत्केरीलाई पोषण कार्यक्रम सञ्चालनमा रहेको जानकारी दिनुभयो ।

उहाँले नगर प्रमुख गृहिणी महिला रोजगार कार्यक्रम सञ्चालन भएको, युवा इलम, महिला उद्यमशीलता कार्यक्रम सञ्चालन भएको उल्लेख गर्दै युवालाई सिप र रोजगारीसँग जोड्ने बताउनुभयो ।

उज्ज्यालो बुटवल कार्यक्रम अन्तर्गत मुख्य मुख्य चोकमा ‘हाइमास्ट लाइट’ तथा भित्री सडक र गल्लीमा ‘स्मार्ट स्ट्रिट लाइट’ जडान तथा सौन्दर्यीकरणको काम अगाडि बढेको र यसले रात्रिकालीन बजार सञ्चालनमा समेत सघाउ पुग्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

उपत्यकामा रात्रिकालीन बस सेवा विस्तार: ९ स्थानीय तह र साझा यातायातबीच समझदारी

काठमाडौं, असोज ४ । काठमाडौं उपत्यकामा रात्रिकालीन यातायात सेवालाई थप सहज र सुरक्षित बनाउने उद्देश्यले उपत्यकाका

जलवायु न्याय र क्षतिपूर्तिको माग गर्दै भोटेकोशी बिपदमा ज्यान गुमाएका श्रमिकको स्मृतिमा जिफन्टद्वारा दीप प्रज्वलन

असोज, ३  काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी

महिला हिंसा नियन्त्रणका लागि सांसद एकमत

काठमाडौँ, भदौ ३० गते । महिला तथा बालिकामाथि हुने बलात्कार, यौन हिंसा तथा साइबर अपराध

भदौ २३–२४ को घटनाबारे गहिरो अनुसन्धान आवश्यक, विदेशी जासुसी संलग्नताको आशंका :रविन्द्र मिश्र

काठमाडौँ । भदौ २३ र २४ गते भएको आन्दोलन तथा त्यस क्रममा भएका हिंसात्मक घटनालाई

क्यासिनो एसोसिएसनद्वारा भोटेकोशी बाढीपीडितलाई ८५ लाख २३ हजार सहयोग

काठमाडौँ, भदौ २२ गते । नेपाल क्यासिनो एसोसिएसनले भोटेकोशी बाढीपीडितका लागि ८५ लाख २३ हजार

ग्रिन आर्मी प्रकरण : खारेजी मात्र होइन, सत्यको कानुनी परीक्षण आवश्यक

-अधिवक्ता तारा निधि पन्त भाद्र २१, काठमाडौं । विवादित ‘ग्रिन आर्मी’ नामक संस्थाको दर्ता खारेज