सङ्क्रमणकालीन न्याय विधेयकलाई टुङ्ग्याउन शिर्षस्थ वैठक

काठमाडौं, पुस ८ गते।  सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकलाई टुङ्ग्याउने सन्दर्भमा प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताहरुले छलफल गरेका छन्।

प्रतिनिधि सभाको कानुन, न्याय तथा मानव अधिकार समितिमा विचाराधीन रहेको बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयकलाई अघि बढाउने सन्दर्भमा नेताहरुको छलफल भएको हो।

आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीसहितका शीर्ष नेताबिच छलफल भएको हो।  छलफलमा सहभागी नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकका अनुसार शीर्ष नेताले विधेयकलाई चाँडोभन्दा चाँडो पारित गर्ने सन्दर्भमा छलफल भएको छ।

सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकलाई चाँडोभन्दा चाँडो टुङ्ग्याएर शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउने गरी छलफल अगाडि बढेको बताउनुभयो।

उहाँले भन्नुभयो, ‘‘सङ्क्रमणकालीन न्यायसम्बन्धी विषयमा प्रधानमन्त्री, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, प्रमुख प्रतिपक्ष दलका नेता केपी शर्मा ओलीसहितको बैठक भएको हो बालुवाटारमा।  मूलतः अहिले प्रतिनिधि सभाको समितिमा विचाराधीन रहेको सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकमा नै केन्द्रित भएर छलफल भएको छ।  त्यो विधेयकलाई चाँडोभन्दा चाँडो पारित गर्ने।  त्यसमा केही थप छलफल गर्नुपर्ने ३/४ वटा विषय देखिएका छन्, ती विषयहरुमा पनि थोरै छलफल गर्ने।  अब त्यसलाई चाँडोभन्दा चाँडो टुङ्ग्याएर शान्ति प्रक्रियाको बाँकी कामलाई चाँडै निष्कर्षमा पुर्‍याउनुपर्छ भन्ने भावका साथ र त्यही बुझाइका साथ बैठक भएको छ।  भोलि फेरि ४ः३० मा बस्ने गरेर आज हामी उठेका छौँ। ’’

तीन शीर्ष नेताबीच भोलि (सोमबार) दिउँसो साढे चार बजे पुनः बालुवाटारमा बैठक बस्ने प्रमुख सचेतक लेखकले जानकारी दिनुभयो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

कश्मीर आक्रमणमा मारिएका सुदिपको शव परिवारको जिम्मा लगाइयो, आजै अन्त्येष्टि

 वैशाख ११, काठमाडाैं । भारतको जम्मु कश्मीरमा आतङ्कवादी आक्रमणमा परी ज्यान गुमाएका बुटवल–११ का २७

शिक्षक आन्दोलनको स्वरुप परिवर्तन गर्न आग्रह

वैशाख  १०,काठमाडौँ। बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप) ले विद्यार्थीको अधिकारप्रति सचेत हुँदै आन्दोलनको स्वरुप

अमिन दिनेशप्रसाद यादवविरुद्ध तीन करोड २९ लाख भ्रष्टाचार मुद्दा

वैशाख ८, काठमाडौँ। उपत्यका विकास प्राधिकरण, जिल्ला आयुक्तको कार्यालय काठमाडौँद्वारा सञ्चालित बागमती नगर जग्गा एकीकरण

न्यायको कठघरामा न्यायिक समिति

वसन्त आचार्य  २ वैशाख २०८२, न्याय एक बृहत् अवधारणा हो । यो एक दर्शन पनि

दुर्गा प्रसाईं र अंगरक्षक दिपक खड्का पक्राउ

 चैत २९, काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ पर्नुभएको छ । नेपाल प्रहरी प्रधान

तीनकुने घटना पूर्वराजा ज्ञानेन्द्रकै निर्देशनमा भएकोले ज्ञानेन्द्रले उन्मुक्ति पाउँदैनन्: प्रधानमन्त्री ओली

चैत्र १८, २०८१ | काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराजा ज्ञानेन्द्र शाहले संविधानसभापछि भएको