भूकम्प पीडित सुत्केरीको बिजोग

मङ्सिर २६, जाजरकोट। जिल्लाको नलगाड नगरपालिका १ चिउरीकी विमला महर सुत्केरी भएको आज दुई हप्ता मात्र भएको छ । पालको वासमा रहेकी उहाँलाई चिसो थेग्न निकै मुस्किल परेको छ । चिसोले राती निन्द्रा नपरेपछि दिउसो घाममा सुत्ने गरेको तर तीन दिन यता भइरहेको बदलीले गर्दा समस्या भएको उहाँको भनाई छ । चिसोले गर्दा होला रातभर बच्चा रोई रहने र आफू  पनि सुन्निएको  विमलाको चिन्ता छ । 

नलगाड नगरपालिका–१ चिउरीकी मोतीकला महरले यसरी पाल भित्र कष्टकर जीवनयापन गर्नुपर्ने अवस्था आइलाग्ला भन्ने कहिल्यै नसोचेको बताउनु हुन्छ  । कात्तिक १७ गते राति गएको भूकम्पले घर भत्किएपछि ३ महिनाको शिशुलाई काखीमा च्यापेर मोतीकला पाल मुनी बस्न बाध्य हुनु भएको छ ।माथिबाट चुहिने शीत र नदीको किनारबाट चल्ने सिरेटोबाट आफू र शिशुलाई कसरी जोगाउने भन्ने चिन्ताले मोतीकलालाई निकै पिरोल्न थालेको छ ।

दुई सय भन्दा बढी घरधुरी रहेको चिउरी गाउँमा ४५ जना सुत्केरीसँगै १२ जना गर्भवती महिला भएको स्वयंसेविका विकले जानकारी दिनु भयो । चिउरीकी सुत्केरी र गर्भवती महिलाहरूलाई टेन्ट मात्र नभएर न्यानो कपडा, पोषणयुक्त खाद्यान्नको अभाव भइरहेको स्वयंसेविका विकको भनाई रहेको छ । अधिकांश दलित बस्ती रहेको चिउरीमा भूकम्पले १३ जनाको ज्यान लिएको थियो । विपन्न वर्गका समुदायका बाहुल्यता रहेको यस गाउँमा लत्ताकपडा र खानेकुराको समेत अभाव देखिएको छ ।

यति वेला सुत्केरी र बालबालिकालाई न्यानो कपडाका साथै पोसिलो खानेकुराको आवश्यकता रहेको छ । महिला अधिकारकर्मी पार्वती विकले भूकम्प पछि त्रिपालमा बस्नुपर्दा सुत्केरी र बालबालिकालाई प्रभावित भएको विकले जानकारी दिनु भयो ।

चिसोका कारण जोखिम समूहमा रहेका जाजरकोट र रुकुम पश्चिमका ३४ हजार ४ सय ७३ नागरिकलाई ज्यान जोगाउन समस्या पर्न थालेको छ । त्यस्तै एक हजार ८ सय १५ भर्खरका सुत्केरी त्रिपालको चिसोमा बस्न बाध्य छन् । चिसोकै कारण जाजरकोटमा २० जना र रुकुम पश्चिममा तीन जना गरी ८ जनाले ज्यान गुमाई सकेका छन् । एक हजार भन्दा बढी बिरामी परेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

प्रधानमन्त्री ओलीको भनाइ : ‘विद्या भण्डारीलाई एमालेमा ल्याउने विषयमा पार्टीले निर्णय गर्छ’

साउन २, काठमाडौं । प्रधानमन्त्री तथा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्या भण्डारीलाई

प्रधानमन्त्रीको आग्रह: समयमा विवाह गरी सन्तान उत्पादनमा ध्यान दिनु उत्तम

काठमाडौँ, असार २७ — प्रधानमन्त्री केपी शर्मा ओलीले विकास र समृद्धिसँगै जनसङ्ख्याको सन्तुलित वृद्धि नभए

रसुवाको लेन्दे खोलाको बाढीले भोटेकोशीमा असर, नेपाली सेनाद्वारा ११ जना उद्धार, १८ बेपत्ता

काठमाडौं, असार २४ गते। रसुवाको लेन्दे खोलामा आएको बाढी भोटेकोशी नदीमा मिसिएपछि उत्पन्न संकटमा फसेका

शिक्षा क्षेत्रमा बुटवलको उत्कर्ष: उत्कृष्ट नतिजासँगै शैक्षिक केन्द्रको रूपमा उभिँदै

बुटवल, असार २३ गते – हालै सार्वजनिक भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७९ को नतिजामा

हट्न लाग्यो भारतको बाटो प्रयोग गर्ने बाध्यता

२२ असार २०८२, आइतबार – दार्चुलानेपालका नागरिकले आफ्नै देशभित्रको छाङरु र टिङ्कर पुग्न वर्षौंदेखि भारतको

 सरकारी सेवामा पेन्सन र उपदानको सट्टा योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागू

असार २०, २०८२, काठमाडौं ।आगामी आर्थिक वर्ष २०८२/८३ देखि नियुक्त हुने निजामती कर्मचारीहरूलाई अब पेन्सन