धनका लागि जीवनभर दौडिए पनि अन्तिम सत्य नै शान्ति हो : मुख्यमन्त्री पाण्डे

पोखरा, मङ्सिर ४ गते । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले अन्तिम सत्य नै शान्ति भएको बताउनुभएको छ।  बैदाम तामाङ सेवा समाजद्वारा पोखरा–६ को खहरेमा निर्माण गरिएको पेमा धेछेनलिङ गुम्बाको उद्घाटन गर्दै उहाँले यस्तो बताउनुभएको हो।
मुख्यमन्त्री पाण्डेले मानिस धनका लागि जीवनभर दौडिए पनि अन्तिम सत्य शान्ति नै भएकाले शान्तिका लागि नै कर्म गर्नुपर्ने धारणा राख्नुभयो। गौतम बुद्धको शान्तिमार्गको दर्शन विश्वभर फैलिएको चर्चा गर्दै मानव कल्याणका लागि शान्ति, सद्भाव र भाइचाराको सम्बन्ध कायम राख्नुपर्नेमा उहाँले जोड दिनुभयो।
“विदेशमा जसरी गौतम बुद्धको देश भनेर नेपाल चिनिएको छ त्यसरी नै हामी सबै नेपालीले लोभलालचमा नलागी चित्तशान्ति बनाउन जरुरी छ,” उहाँले अगाडि भन्नुभयो, “नयाँ पुस्तालाई आफ्नो संस्कार, संस्कृतिका साथै रीतिरिवाज हस्तान्तरण गरी सयौँ वर्षदेखि कायम रहँदै आएको सामाजिक सद्भावलाई अझ बलियो बनाउन आवश्यक छ।”
पर्यटकीय क्षेत्र बैदाममा निर्माण गरिएको यस्ता गुम्बाले विदेशी तथा स्वदेशी पर्यटकको बसाइ लम्ब्याउने विश्वास व्यक्त गर्दै अध्यक्ष तामाङले यसै गुम्बामा हुने बुद्ध मार्गका प्रवचनले विश्वमा शान्तिको सन्देशसमेत पुग्ने बताउनुभयो।
उक्त गुम्बामा यही महिनाको २ देखि ९ गतेसम्म प्रज्ञा पारामिता त्रिपिटक कङ्ग्युर पाठ वाचन, विश्व शान्ति पूजा, गुम्बाको प्राण प्रतिष्ठालगायतका पवित्र कार्य सुरु गरिएको छ। देश विदेशका १०८ लामा धर्मगुरुद्वारा लगातार आठ दिनसम्म कङ्ग्युर पूजापाठ गरिने जानकारी उक्त अवसरमा दिइएको थियो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

महान्यायाधिवक्ताद्वारा उच्च सरकारी वकिल कार्यालयको भवन शिलान्यास

०८२ वैशाख २९ गतेकाठमाडौँ । : महान्यायाधिवक्ता रमेश बडालले उच्च सरकारी वकील कार्यालय, पाटनको भवन शिलान्यास

शान्ति निर्विकल्प बाटो

 २९ वैशाख २०८२ ।  विनाशकारी दोस्रो विश्वयुद्धपछि शक्तिराष्ट्रलाई पनि के कुराको अनुभूति भयो भने युद्ध

यसरी आश्रित परिवारको सहारा बनेको छ सामाजिक सुरक्षाकोष

बैशाख २३ गते २०८२ काठमाण्डौ । अनुमान पनि गर्न नसकिने यो कहालिलाग्दो अवस्थाको अनुमान गरौं

बन्द भएको अमेरिकी कारागार अल्काट्राजको पुनः खोल्न ट्रम्पको आदेश

 वैशाख २३  । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार अधिकारीहरूलाई अल्काट्राज कारागार पुनर्निर्माण र पुनः खोल्न निर्देशन

कुलमानको बदमासी छताछुल्ल हुनेगरी विद्युत प्राधिकरणले जारी गर्यो श्वेतपत्र (सूचीसहित)

  २१ वैशाख २०८२, काठमाडौं। नेपाल विद्युत प्राधिकरणले श्वेतपत्र सार्वजनिक गरेको छ । कार्यकारी निर्देशक हितेन्द्रदेव

कोलकाताको ऋतुराज होटलमा आगलागी, १५ जनाको मृत्यु

कोलकाता, वैशाख १७ गते । भारतको कोलकाता सहरको एक होटलमा भीषण आगलागी हुँदा कम्तीमा १५ जनाको