विश्वकप फाइनल : घरेलु मैदानमा उपाधि जित्ने भारतको लक्ष्य

मङ्सिर ३ ,अहमदाबाद। रोहित शर्माको कप्तानी र विराट कोहलीको प्रेरणामा भारतले आइतबार पाँच पटकको विश्वविजेता अस्ट्रेलियाविरुद्ध विश्वकप क्रिकेट प्रतियोगितामा उपाधि भिडन्त गर्दा एक अर्ब ४० करोड भारतीयहरुको मुटुको धड्कन पटकपटक तेज हुनेछ ।

विश्वकप क्रिकेटको फाइनल अहमदाबादस्थित नरेन्द्र मोदी रङगशालामा हुनेछ । जहाँको दर्शक क्षमता १३२००० रहेको छ । विश्वकपको फाइनलमा कीर्तिमान दर्शकको उपस्थिति हुने पक्का छ ।

भारत तेस्रो पटक विश्व विजेता बन्ने दाउमा छ । यद्यपि सन् २०११ पछि भारत विश्व च्याम्पियन बन्न सकेको छैन । यसपालि भारतको अगाडि चालू प्रतियोगिताको अर्को उत्कृष्ट टोली स्ट्रेलिया अन्तिम बाधाको रुपमा तेर्सिएको छ । छ हप्ता लामो प्रतियोगितामा घरेलु टिम भारत मात्र अपराजित टिम हो । अस्ट्रेलियाले भने सुरुका दुई खेल हारेपछि त्यसपछि लगातार आठ खेल जितेर फाइनलमा स्थान बनाएको हो ।

त्यसैले विश्वकप फाइनल जित्न भारतलाई कोहलीको अर्को उत्कृष्ट पालिको आवश्यकता हुनेछ । चालू प्रतियोगितामा भारतको सफलतामा कोहलीको सबभन्दा ठूलो भूमिका रहेको छ ।

यस प्रतियोगितामा कोहलीले दस पालिमा १०१.५७ रनको औसतले ७११ रन बनाइसक्नुभएको छ । कप्तान रोहितको ब्याट्बाट पनि ५५० रन बनिसकेको छ । तेज गतिमा ब्याटिङ गरेर भारतलाई विस्फोटक सुरुआत दिलाइरहनु भएका रोहितले चालू विश्वकपमा सर्वाधिक २८ छक्का प्रहार गर्नुभएको छ ।

अस्ट्रेलियाका प्रारम्भिक ब्याट्सम्यान डेभिड वार्नर पनि ५२८ रनसहित उत्कृष्ट लयमा हुनुहुन्छ । नौ खेलमा ४२६ रन बनाउने मिचेल मार्श तथा अफगानिस्तानविरुद्ध चमत्कारीक दोहोरो शतकीय पालि खेल्ने ग्लेन म्याक्सवेल पनि भारतका लागि खतरा हुनसक्छ ।

अस्ट्रेलियाका स्पीनर एडम जाम्पाले पनि २२ विकेटसहित आफूलाई खतरनाक बलरको रुपमा प्रस्तुत गर्नुभएको छ । यस प्रतियोगितामा अहिलेसम्म भारतको दबदबामा ब्याटिङ मात्र होइन बलिङको पनि उत्तिकै हात छ ।

विशेषत तेज बलर मोहम्मद सामी आफ्नो खेल जीवनकै सबभन्दा उत्कृष्ट लयमा हुनुहुन्छ । सामीले मात्र छ खेलमा २३ विकेट लिइसक्नुभएको छ । सर्वाधिक विकेटकर्ताको सूचीमा सामी शीर्ष स्थानमा हुनुहुन्छ ।

सुरुका चार खेलमा सामी पहिलो रोजाईमा हुनुहुन्नथ्यो । अलराउन्डर हार्दिक पाण्ड्या घाइते  भएपछि मात्र सामीले खेल्ने अवसर पाउनुभएको हो । अर्का तेज बलर जस्प्रित बुम्राहले पनि ९१८ विकेट० भारतलाई निराश पारेको छैन । स्पीनरद्वय रविन्द्र जडेजा र कुलदीप यादवले मिलेर ३१ विकेट चट् पारिसक्नुभएको छ ।

समूह चरणमा भारत र अस्ट्रेलियाले एकअर्कासँग नै पहिलो खेल खेलेको थियो । सो खेलमा पहिले ब्याटिङ गरेको अस्ट्रेलिया १९९ रनमै अलआउट भएको थियो । यद्यपि अस्ट्रेलियाले भारतलाई सजिलै लक्ष्य पछ्याउन दिएको थिएन ।

तर अस्ट्रेलिया विश्वकप क्रिकेटमा सँधै अधिपत्य जमाउने टिमको रुपमा रहको छ । अस्ट्रेलिया आठौँ पटक फाइनल खल्दैछ । अस्ट्रलियाले अहिलेसम्म मात्र दुई फाइनल हारेको छ । सन् १९७५ मा भएको पहिलो संस्करणमा वेस्ट इन्डिज र सन् १९९६ मा श्रीलङ्कासँग अस्ट्रेलिया उपाधि भिडन्तमा निराश बनेको थियो ।

विश्वकपमा यी दुई राष्ट्रबिच नकआउटमा अहिलेसम्म तीन पटक मात्र भिडन्त भएको छ । सन् २००३ मा दक्षिण अफ्रिकामा भएको विश्वकपको फाइनलमा अस्ट्रेलियाले भारतलाई नै हराएर उपाधि जितेको थिया ।

सन् २०१५ मा अस्ट्रेलियाले भारतलाई सेमिफाइनलमा हराएर फाइनल पुग्यो र त्यसपछि पाँचौँ पटक विश्वकप उपाधि पनि जित्न सफल भयो । सन् २०११ मा विश्वकपको क्वाटरफाइनलमा भने भारतले अस्ट्रेलियालाई अहमदाबादमा नै हराएको थियो । एपी

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

व्यक्तिगत डाटा संरक्षण कानुन नहुँदा चोरी र दुरुपयोग बढ्दै

 माघ २० , काठमाडौं। नेपालमा व्यक्तिगत डाटा संरक्षणसम्बन्धी स्पष्ट कानुन र प्रभावकारी नियमन नहुँदा डाटा

विद्यालयको पहुँच बाहिर ७ लाख ७० हजार बालबालिका

माघ १९,काठमाडौँ  । देशभर ७ लाख ७० हजार बालबालिका गरिबी, न्यून आयस्तर, विकट भूगोल र

ट्रम्पका कारण चीन र बेलायतको सम्बन्ध सुधारतर्फ

माघ १५,काठमाडौं । पछिल्लो समय पश्चिमी देशहरू आफ्ना राष्ट्रिय हितको खोजीमा एसियातर्फ केन्द्रित हुन थालेका

अर्को साता मौसमी प्रणाली सक्रिय हुने संकेत, वर्षाको सम्भावना देखियो

 माघ २,काठमाडौं ।  दुई अन्तर्राष्ट्रिय मौसमी मोडलले अर्को सातादेखि देशका विभिन्न भागमा वर्षा हुने सम्भावना

‘जेनजीका नाममा भएका घटनाको सम्बवन्धमा ओलीकाे अन्तर्राष्ट्रिय मिडियालाइ िदएकाे ताजा अन्तर्वार्ताकाे सार यस्ताे छ’

“जेनजीका नाममा भएका घटनाहरू स्वस्फूर्त होइनन् योजनाबद्ध षड्यन्त्रको परिणाम”   पुस २९,काठमाडौं । जेनजी आन्दोलनका कारण

रिमा विश्वकर्मा र अभिषेक सिंह रास्वपामै रहने संकेत, उज्यालो पार्टीका केही नेताले समानुपातिकबाट नाम फिर्ता लिए

पुस २७, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबीचको एकता भङ्ग भएसँगै प्रतिनिधिसभा