महानगरको लक्ष्य : १५ हजारलाई तालिम र पाँच हजारलाई रोजगारी

 असोज २३, काठमाडौं। काठमाडौं हानगरपालिकाले ‘रोजगारी र आय वृद्धि काठमाडौंको समृद्धि’ गौवर योजना अन्तर्गत आर्थिक वर्ष २०८० – ८१ मा पाँच हजार जनालाई प्रत्यक्ष रोजगारीको अवसर प्रदान गर्ने लक्ष्य राखेको छ ।

महानगरको सामाजिक विकास विभागको वरिष्ठ शाखा अधिकृत शान्ता पहाडीका अनुसार आर्थिक वर्ष २०८०- ८१ को नीति, कार्यक्रम तथा बजेटमा सो गौरव योजनालाई कार्यान्वयनमा ल्याइएको छ ।

सो योजना अनुसार महानगरका स्थायी, अस्थायी बसोबासी तथा करदातालाई स्थानीय र बजारको आवश्यकता, माग र सम्भाव्यता अनुरुपको सीप विकास तथा उद्यमशीलता विकास तालिम १५ हजार जनालाई निःशुल्क प्रदान गर्ने लक्ष्य रहेको उहाँको भनाइ छ ।

विभागले सबै वडा कार्यालयले आ–आफ्नो क्षेत्रमा रहेका बरोजगार, युवा, रोजगारी गुमाएर बसेका, विदेशबाट सीप सिकेर फर्केका तर कामको खोजीमा रहेका तथा सीपलाई स्तरोन्नती गर्न चाहनेलाई पत्रसाथ प्रमाणित फाराम उपलब्ध गराउन अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

भारतीय अन्तरिक्ष मिशन स्स्पाडेक्स उपग्रहको सफलतापूर्वक ‘अनडकिङ’ पूरा

नयाँ दिल्ली, चैत १ गते । भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठन (इसरो) ले ‘स्पेस डकिङ’ (स्पाडेक्स) मिशनअन्तर्गत

गठबन्धन सरकारलाई एकताबद्ध भई अगाडि बढाउन आवश्यक

रुपन्देही  १९ , फागुन।  नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली कांग्रेस र नेकपा

सामाजिक मर्यादा ध्वस्त बनाउने घृणाको राजनीति नियन्त्रण गर्छौं : प्रधानमन्त्री

फागुन १५ , काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक मर्यादाहरु ध्वस्त बनाएर घृणाको राजनीति फैलाउने र

‘पत्रकारिताको माध्यमबाट निराशा हटाउनुपर्छ’

 फागुन ९,ललितपुर । पत्रकारिता क्षेत्रमा लामो समयदेखि कार्यरत पत्रकार तथा वक्ताहरुले पत्रकारिताको माध्यमबाट हरेक क्षेत्रमा भएका

प्रतिनिधिसभाबाट नेपाल नागरिकता दोस्रो संशोधन विधेयक स्वीकृत

फागुन ५, काठमाडौं । प्रतिनिधिसभाबाट नेपाल नागरिकता दोस्रो संशोधन विधेयकसम्बन्धी प्रस्ताव स्वीकृत भएको छ ।

पोखरा महानगरको ‘भ्रष्टाचार’ : सवा अर्बको लगानी, बालुवामा पानी !

काठमाडौं । पर्यटकीय राजधानी घोषणा भएको पोखरा महानगरको मेयर हुन् धनराज आचार्य । मेयर निर्वाचित