एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ । जेजियाङ युनिभर्सिटी अफ टेक्नोलोजी पिङफेङ क्रिकेट फिल्डमा आइतबार भएको खेलमा नेपालले माल्दिभ्सलाई एक सय ३८ रनले हरायो ।

जितका लागि नेपालले दिएको दुई सय १३ रनको लक्ष्य पछ्याएको माल्दिभ्स १९.४ ओभरमा सबै विकेटको क्षतिमा ७४ रनमा समेटिएको थियो । माल्दिभ्सका लागि मुआभिथा गानीले सर्वाधिक ३६ रन बनाउनुभयो । रसीद रसमले १२ र फ्रेड सिउसले १० रन जोड्नु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।

माल्दिभ्सलाई सस्तैमा समेट्न बलिङमा नेपालका अविनास बोहराले ६ विकेट लिनुभयो । उहाँले ३.४ ओभरमा ११ रन खर्चिएर उक्त विकेट लिनुभएको हो । अविनाश टी-२० अन्तर्राष्ट्रिय क्रिकेटको एउटै खेलमा ६ विकेट लिने पहिलो नेपाली खेलाडीसमेत बन्नुभयो ।

सोमपाल कामी, गुलशन झा, सन्दीप लामिछाने र कुशल भुर्तेलले एक एक विकेट लिनुभयो । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा दुई सय १२ रन बनाएको थियो ।

नेपालका लागि कुशल मल्ल र कप्तान रोहित पौडेलले उत्कृष्ट ब्याटिङ गर्नुभयो । रोहितले २७ बलमा तीन चौका र तीन छक्कासहित सर्वाधिक ५२ रन बनाउनुभयो ।

कुशलले २० बलमा तीन चौका र तीन छक्कासहित अविजित ४७ रन बनाउनुभयो । कुशल भुर्तेल र गुलशन  झाले समान ३५/३५ तथा विनोद भण्डारीले १३ रन बनाउनुभयो ।

बलिङमा माल्दिभ्सका बदिउ इस्माइल नवाजले तीन विकेट लिनुभयो । नासिर नेल इस्माली, मोहमेद मिउभान र थोलाल मोहमद रायले एक एक विकेट लिनुभयो ।

समूह ए बाट प्रतिस्पर्धा गरेको नेपालले यसअघि पहिलो खेलमा मङ्गोलियामाथि दुई सय ७३ रनको विश्व कीर्तिमानी जित निकालेको थियो । अब नेपालले क्वार्टरफाइनलमा भारत, पाकिस्तान, श्रीलङ्का र बङ्गलादेशमध्ये एक टोलीसँग खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

महान्यायाधिवक्ताको व्याख्याले इन्टरनेटमा थप कर लगाउने तर्क खारेज

 चैत १०, काठमाडौँ ।महान्यायाधिवक्ताको कार्यालयले इन्टरनेट सेवामा थप कर लगाउनुपर्ने आधारहीन तर्कलाई खारेज गरेपछि इन्टरनेट

नागरिकताकै डाटाबाट राष्ट्रिय परिचयपत्र, अब छुट्टै फाराम भर्नु नपर्ने

चैत ९,काठमाडौँ। राष्ट्रिय परिचयपत्र बनाउँदा अब नागरिकले छुट्टै आवेदन फाराम (प्रि–इनरोलमेन्ट) भर्नु नपर्ने भएको छ

आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी, सरकारी कार्यालयमै गुनासो

पीपुल नेपाल संवाददाता विश्व राज नेपाल चैत ८ ,काठमाडौं । आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी,

न्यायाधीश नियुक्ति क्षमता र पारदर्शिताका आधारमा हुनुपर्छ : सपना प्रधान मल्ल

भक्तपुर, चैत ७ — सपना प्रधान मल्लले न्यायपालिकाप्रति जनविश्वास कायम राख्न र संस्थागत सुधारलाई गति

गृहमन्त्री अर्यालको राष्ट्रिय सभा मनोनयनविरुद्ध रिट, सुनुवाइ चैत २५ गते

 चैत ५ ,काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभामा सदस्यका रूपमा मनोनयन गर्न गरिएको सिफारिस संविधानविपरीत

देखासिखी संस्कृतिलाई कडा कानुन बनाएर नियन्त्रण गर्न जरुरी

  अधिवक्ता: तारा निधि पन्त सरलता, आध्यात्मिकता र सामुदायिक भावनामा आधारित रहेको नेपाली संस्कृति आज