‘गरिबसँग स्थानीय सरकार’ कार्यक्रम गरिंदै

नेपालगन्ज, भदौ २२ गते । नेपालगन्ज उपमहानगरपालिकाले ‘गरिबसँग स्थानीय सरकार’ कार्यक्रम सञ्चालन गर्नेभएको छ । कार्यक्रम सञ्चालन गर्नका लागि ‘गरिबसँग स्थानीय सरकार कार्यक्रम सञ्चालन कार्यविधि २०८०’ मस्यौदा तयार गरिएको छ ।

नेपालगन्ज उपमहानगरपालिकाका मेयर प्रशान्त विष्टले उपमहानगर क्षेत्रमा बसोबास गरिरहेका लक्षित समुदायमध्ये आर्थिक क्रियाकलापका दृष्टिले निस्क्रिय जनशक्तिलाई व्यवसायिक गतिविधिमा सरिक गराउन सो कार्यक्रम सञ्चालन गरिने बताउनुभयो ।

उहाँले कार्यक्रम सञ्चालन गर्न कार्यविधि आवश्यक रहेकाले कार्यविधिको मस्यौदा तयार भई प्राप्त भएकाले पारित गरेर राजपत्रमा प्रकाशित भएपछि कार्यक्रम सञ्चालन हुने बताउनुभयो ।

साझेदारी विकास कार्यक्रम सञ्चालन कार्यविधि २०७५ लाई प्रतिस्थापन गर्न बनेको ‘गरिबसँग स्थानीय सरकार कार्यक्रम सञ्चालन कार्यविधि २०८०’ को मस्यौदा तयार पारिएको हो ।

उपमहानगरका सामाजिक विकास शाखा प्रमुख कृष्णप्रसाद जोशीले यो कार्यविधि नगर कार्यपालिकाको बैठकबाट स्वीकृत भई नेपालगन्ज राजपत्रमा प्रकाशन भएपछि लागू हुने बताउनुभयो ।

उक्त कार्यविधिको मस्यौदा कार्यविधि संशोधन कार्यदलले सामाजिक विकास समिति संयोजक कौशलकुमार धोबीलाई हस्तान्तरण गरेको छ । कार्यदल संयोजक गोविन्दप्रसाद रेग्मीले सो मस्यौदा हस्तान्तरण गर्नुभयो ।

साउन २५ गते बसेको सामाजिक विकास समितिको बैठकले रेग्मीको संयोजकत्वमा लक्ष्मण बर्मा र विना थापा सदस्य तथा जोशी सदस्य सचिव रहेको कार्यदल गठन गर्ने निर्णय गरेको थियो ।

कार्यदललाई १५ दिनको समय दिइएको थियो । कार्यदलले बुझाएको ‘गरिबसँग स्थानीय सरकार कार्यक्रम सञ्चालन कार्यविधि २०८०’ को मस्यौदा सामाजिक विकास समिति संयोजक कौशलकुमार धोबीले नगर प्रमुख प्रशान्त विष्टलाई हस्तान्तरण गरेको बताउनुभएको छ । नगर कार्यपालिकाबाट पारित गरेर राजपत्रमा प्रकाशित गरी कार्यान्वयनमा ल्याइने छ ।

‘गरिबसँग स्थानीय सरकार कार्यक्रम’ मार्फत नेपालगन्ज उपमहानगरपालिका क्षेत्रमा बसोबास गरिरहेका आर्थिक रुपमा विपन्न तथा अवसरबाट वञ्चितलाई विभिन्न प्रकारका व्यावसायिक गतिविधिमा सक्रिय गराइनेछ ।

उपमहानगरपालिकाका उपमेयर कमरुद्दीन राईले नगरभित्रका विपन्न र गरिबलाई व्यावसायिक गतिविधिमा सरिक गराउन नवीनतम प्रविधि, ज्ञान र सीपका आधारमा व्यावसायिक लगानी योजना तयार गरेर उत्पादनमूलक व्यवसाय सञ्चालन गर्नेगरी प्रस्तावित योजनाका लागि कर्जा उपलब्ध गराइने बताउनुभयो ।

उहाँले सहरी सुशासन, जनसहभागिता प्रवर्धन र आर्थिक सशक्तिकरण गरी सबै नगरवासीले देखेको आफ्नो समृद्धिको परिकल्पना साकार पार्न सक्नेगरी ‘गरिबसँग स्थानीय सरकार कार्यक्रम’ सञ्चालन गर्न आवश्यक देखिएको जनाउनुभयो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बिजुलीमा ५ प्रतिशत भ्याट लगाउने निर्णयको विरोध, लाखौँ उपभोक्ता प्रभावित हुने चिन्ता

 जेठ १७, काठमाडौं। सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत मासिक ५० युनिटभन्दा बढी विद्युत् खपत

ईयू आबद्ध देशका राजदूतहरूसँग प्रधानमन्त्रीको सामूहिक भेट

काठमाडौं  जेठ १२, । प्रधानमन्त्री वालेन्द्र शाह र नेपालका लागि युरोपेली संघ (ईयू) मा आबद्ध

संविधान संशोधनका लागि सुझाव सङ्कलन तीव्र

काठमाडौँ, जेठ ११ । संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलले शासकीय स्वरूप, निर्वाचन प्रणालीसहितका आठ

प्रेस स्वतन्त्रताप्रति सरकार प्रतिबद्ध : सञ्चारमन्त्री

  जेठ ६,काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले सरकारले प्रेसलाई नियन्त्रण वा

मन्त्रालय संख्या १८ मा सीमित

काठमाडौँ, वैशाख ३१ । सरकारले संघीय मन्त्रालयको संख्या २२ बाट घटाएर १८ कायम गर्ने निर्णय

संविधान संशोधनदेखि ‘लगानी एक्सप्रेस’सम्म: सरकारको व्यापक सुधार एजेन्डा सार्वजनिक

काठमाडौँ, वैशाख २९ । सरकारले सबै वर्ग, क्षेत्र र समुदायको अपनत्व सुनिश्चित हुने गरी राजनीतिक