सामाजिक सुरक्षा कोषमा श्रमिकलाई आबद्ध गराउने नेपालकै दोश्रो स्थानिय निकाय भिमफेदी गाउँपालिका

हस्ताक्षरपछि सम्झौतापत्र आदानप्रदान गर्दै कोषका कार्यकारी निर्देशक कृष्णप्रसाद ज्ञवाली र भीमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामा ।

हेटौंडा — मकवानपुरको भीमफेदी गाउँपालिकाले अनौपचारिक क्षेत्रका श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने भएको छ । यसका लागि गाउँपालिकाले कोषसँग सम्झौता गरेको हो ।

स्थानीय सरकारले अनौपचारिक क्षेत्रका श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउनेमा भीमफेदी गाउँपालिका मुलुककै मुलुकमै दोस्रो स्थानीय तह भएको छ । यसअघि स्याङ्जाको फेदीखोला गाउँपालिकाले यस्तो गरेको छ । यो योजना भीमफेदी गाउँपालिकाको गाउँसभाबाट स्वीकृत गरेर अघि बढाइएको हो ।

अनौपचारिक तथा स्वरोजगार श्रमिकको सामाजिक सुरक्षा, सहकार्य, योगदान र सहभागिताका लागि मंगलबार गाउँपालिका र कोषबीच सम्झौता भएको छ । सम्झौतापत्रमा कोषका कार्यकारी निर्देशक कृष्णप्रसाद ज्ञवाली र गाउँपालिकाका अध्यक्ष हिदम लामाले हस्ताक्षर गरेका छन् ।

भीमफेदीमा बसोबास गर्ने श्रमिकले आबद्धतासँगै कोषबाट उपलब्ध हुने सेवा सुविधा प्राप्त गर्नेछन् । चालु आर्थिक वर्षमा एक सय जनालाई उक्त कार्यक्रममा समेट्ने लक्ष्य राखिएको अध्यक्ष लामाले बताए । सुरुमा घरेलु तथा कृषि, निर्माण र यातायात क्षेत्रका श्रमिकलाई आबद्ध गराउने योजना छ ।

सरकारले तोकेको पारिश्रमिकलाई आधार मानेर त्यसमा योगदान गर्ने, श्रमिकलाई पारिश्रमिकको ९.३७ प्रतिशत रकम थप गरी कोषमा जम्मा गरिने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भीमलाल महर्जनले बताए । सरकारले तोकेको पारिश्रमिकलाई आधार मानेर त्यसमा योगदान गर्ने, स्वरोजगार श्रमिकलाई पारिश्रमिकको ३१ प्रतिशत हुन आउने रकम कोषमा जम्मा गर्ने, ३ गुणासम्म जम्मा गर्नसक्ने व्यवस्था गरेको छ ।

उक्त व्यवस्था अन्तर्गत श्रमिकहरुलाई औषधि उपचार, स्वास्थ्य, मातृत्व सुरक्षा, दुर्घटना, असक्तता, आश्रित परिवार सुरक्षा योजना लगायत ६० वर्षपछि बाँचुन्जेल पेन्सनको व्यवस्था गरिएको छ ।

अनौपचारिक क्षेत्रमा श्रमिकहरुको लागि न्युनतम आधारभूत पारिश्रमिक २० प्रतिशत हुन आउने गरी मासिक रुपमा कोषमा जम्मा गरेपछि औपचारिक क्षेत्रका श्रमिकसरह सुविधा प्राप्त गर्ने व्यवस्था गरिएको छ । अहिलेसम्म ६ लाख २५ हजारभन्दा बढी योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आबद्ध भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

लाइसेन्स छपाइ तीव्र, दैनिक ४० हजारसम्म उत्पादन

  चैत २७,काठमाडौँ।  सवारीचालक अनुमतिपत्र (लाइसेन्स) छपाइ कार्यलाई तीव्रता दिइएको छ। लामो समयदेखि थन्किएका लाइसेन्स

श्रममन्त्री साह बर्खास्त

चैत २६, काठमाडौं । प्रधानमन्त्री बालेन शाह ले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दीपककुमार साह

मापदण्डविपरीत शुल्क फिर्ता नगरे निजी विद्यालयमाथि कारबाही हुने

  चैत २५, काठमाडौं ।  शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मापदण्डविपरीत शुल्क असुली गरेका निजी

गाडी भाडा वृद्धि

  चैत २५, काठमाडौँ । सरकारले सार्वजनिक यातायातको भाडादर वृद्धि गरेको छ। इन्धनको मूल्यमा भएको

सर्वोच्चको परमादेश : बेपत्ता परिवारको हकमा बाधक १५ कानुन संशोधन गर्न सरकारलाई निर्देशन

  चैत २४,काठमाडौं । सर्वोच्च अदालत ले सशस्त्र द्वन्द्वका क्रममा बेपत्ता पारिएका व्यक्तिहरूका परिवारले हक–अधिकार उपभोग गर्न

प्रतिनिधिसभाबाट तीन अध्यादेश स्वीकृत

काठमाडौँ, चैत २३ गते । प्रतिनिधिसभाबाट तीन अध्यायदेश स्वीकृत भएको छ । सभाको आजको बैठकबाट ‘मतदाता