सदनको गतिरोध अन्त्य गर्न एमाले सहमत

काठमाडौं, साउन २३ गते। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रूपमा सुन बाहिरिएको विषयलाई लिएर लगातार सदन अवरुद्ध गर्दै आएको प्रमुख प्रतिपक्षी नेकपा (एमाले) ले प्रतिनिधि सभाको आजको बैठक सञ्चालन गर्नका लागि सहमत भएको छ।

सुन तस्करी प्रकरणमा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई जवाफ राख्न दिने र गृहमन्त्रीबाट उच्चस्तरीय समिति गठनको प्रतिबद्धता नआए विरोध गर्नेगरी आजको बैठक चल्न दिन एमाले तयार भएको हो। सदनको अवरोध हटाउन प्रधानमन्त्री निवास बालुवाटारमा सभामुख देवराज घिमिरेसहित शीर्ष नेताको बैठक बसेपनि बिना निष्कर्ष टुङ्गिएको थियो।

एमाले सचेतक महेश बर्तौलाले भन्नुभयो, “आज अपराह्न ३ बजे सदन अगाडि बढ्छ, गृहमन्त्रीले उच्चस्तरीय समिति बनाउने प्रतिबद्धता जनाए बैठक अगाडि जाने र समिति गठन गर्ने प्रतिबद्धता नआए हामीले उठेर विरोध गर्छौँ।”

शीर्ष तहको बैठकमा सरकारका तर्फबाट उच्चस्तरीय समिति गठन नगर्ने अडान कायमै भए पनि गृहमन्त्रीको जवाफ सुन्नका लागि सदन चल्न दिने निष्कर्षमा पुगिएको उहाँको भनाइ छ।

“बैठकमा सरकार आफ्नो अडानमा रह्यो। उच्चस्तरीय छानबिन समिति बनाउन तयार नहुँदानहुँदै पनि आज गृहमन्त्रीको जवाफ सुन्नका लागि सदनलाई अगाडि बढाउन दिएका हौँ”, उहाँले भन्नुभयो, “गृहमन्त्रीको जवाफ पनि सुन्छौँ, देशभरका सांसदले पनि आफ्ना कुरा राख्ने अवस्था बनाउँछौँ। अपराह्न ३ बजे सदन अगाडि जान्छ, हामी बैठकलाई अवरोध गर्दैनौँ।” रासस

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

मन्त्रालय संख्या १८ मा सीमित

काठमाडौँ, वैशाख ३१ । सरकारले संघीय मन्त्रालयको संख्या २२ बाट घटाएर १८ कायम गर्ने निर्णय

संविधान संशोधनदेखि ‘लगानी एक्सप्रेस’सम्म: सरकारको व्यापक सुधार एजेन्डा सार्वजनिक

काठमाडौँ, वैशाख २९ । सरकारले सबै वर्ग, क्षेत्र र समुदायको अपनत्व सुनिश्चित हुने गरी राजनीतिक

बजेट अधिवेशन आजदेखि, नीति तथा कार्यक्रम संयुक्त बैठकमा प्रस्तुत हुने

काठमाडौँ, वैशाख २८ । सङ्घीय संसद्को बजेट (बर्खे) अधिवेशन आजदेखि सुरु हुँदै छ । सरकारको

शशिभूषण यादव विरुद्धको सम्पत्ति शुद्धिकरण मुद्दामा अख्तियारद्वारा सर्वोच्चमा पुनरावेदन

काठमाडौँ, वैशाख २५ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले गुणस्तर तथा नापतौल कार्यालय वीरगञ्जका तत्कालीन वरिष्ठ

जिफन्टद्वारा काठमाडौंमा मे डे र्याली (फोटो फिचर)

काठमाडौं, १८ वैशाख ।  नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) ले अन्तर्राष्ट्रिय श्रमिक दिवस (मे डे) का

ट्राफिक प्रहरीलाई जरिवानासम्म सीमित अधिकार, लाइसेन्स वा साँचो नियन्त्रण गैरकानुनी: सर्वोच्च

वैशाख १८, काठमाडौँ।  सर्वोच्च अदालत ले ट्राफिक नियम उल्लंघनका नाममा सवारी चालकको लाइसेन्स, ब्लुबुक वा