सदनको गतिरोध अन्त्य गर्न एमाले सहमत

काठमाडौं, साउन २३ गते। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रूपमा सुन बाहिरिएको विषयलाई लिएर लगातार सदन अवरुद्ध गर्दै आएको प्रमुख प्रतिपक्षी नेकपा (एमाले) ले प्रतिनिधि सभाको आजको बैठक सञ्चालन गर्नका लागि सहमत भएको छ।

सुन तस्करी प्रकरणमा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई जवाफ राख्न दिने र गृहमन्त्रीबाट उच्चस्तरीय समिति गठनको प्रतिबद्धता नआए विरोध गर्नेगरी आजको बैठक चल्न दिन एमाले तयार भएको हो। सदनको अवरोध हटाउन प्रधानमन्त्री निवास बालुवाटारमा सभामुख देवराज घिमिरेसहित शीर्ष नेताको बैठक बसेपनि बिना निष्कर्ष टुङ्गिएको थियो।

एमाले सचेतक महेश बर्तौलाले भन्नुभयो, “आज अपराह्न ३ बजे सदन अगाडि बढ्छ, गृहमन्त्रीले उच्चस्तरीय समिति बनाउने प्रतिबद्धता जनाए बैठक अगाडि जाने र समिति गठन गर्ने प्रतिबद्धता नआए हामीले उठेर विरोध गर्छौँ।”

शीर्ष तहको बैठकमा सरकारका तर्फबाट उच्चस्तरीय समिति गठन नगर्ने अडान कायमै भए पनि गृहमन्त्रीको जवाफ सुन्नका लागि सदन चल्न दिने निष्कर्षमा पुगिएको उहाँको भनाइ छ।

“बैठकमा सरकार आफ्नो अडानमा रह्यो। उच्चस्तरीय छानबिन समिति बनाउन तयार नहुँदानहुँदै पनि आज गृहमन्त्रीको जवाफ सुन्नका लागि सदनलाई अगाडि बढाउन दिएका हौँ”, उहाँले भन्नुभयो, “गृहमन्त्रीको जवाफ पनि सुन्छौँ, देशभरका सांसदले पनि आफ्ना कुरा राख्ने अवस्था बनाउँछौँ। अपराह्न ३ बजे सदन अगाडि जान्छ, हामी बैठकलाई अवरोध गर्दैनौँ।” रासस

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

अब हुने निर्वाचनमा एमाले बहुमतसहित विजयी हुन्छ : अध्यक्ष ओली

मंसिर २१, काठमाडौं— नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचन शान्तिपूर्ण, भयरहित र

आन्दोलनका मुद्दा फिर्ता र ‘पक्राउ नगर्ने’ मागमा सिंहदरबारमा तनाब

बिहीबार, मंसिर १८, काठमाडौँ । जेनजी प्रदर्शनका क्रममा ‘आपराधिक गतिविधि’मा संलग्न भनिएका व्यक्तिहरूका मुद्दा फिर्ता

मन्त्रिपरिषद् बैठकका १३ निर्णय सार्वजनिक

काल, कात्तिक १८ गते। मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक छन्। सरकारका प्रवक्ता तथा सूचना प्रविधि मन्त्री

मलेशियामा श्रमिक पठाउने कम्पनीका लागि दस सर्त

कात्तिक कार्तिक १४, काठमाडौं । मलेसिया लाभासीका श्रमिक पठाउने देश वैदेशिक व्यापार व्यवसाय कम्पनीका लागि

सुशीला कार्की नेतृत्वको सरकार खारेज गरी सर्वपक्षीय अन्तरिम सरकार गठन गर्नुपर्छ : विप्लव

कात्तिक २, काठमाडौं  ।  नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले हालको सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार

सेना किन तानियो विवादमा?

आन्दोलनका क्रममा भदौ २४ गते जलाइँदै गरेको राष्ट्रपतिको कार्यालय। राष्ट्रपतिको कार्यालय जोगाउन नसक्दा आलोचना, संविधानले दिएको