ललिता निवास प्रकरणका रमेश पोखरेल र देवनारायण पक्राउ

काठमाडौं । ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा पास गर्ने कार्यमा संलग्न रहेको आरोपमा थप दुई जना पक्राउ परेका छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले रमेश पोखरेल र देवनारायण महर्जनलाई गरेको हो।

पोखरेल समरजंग कम्पनीका तत्कालनी प्रमुख हुन्। यो कम्पनीले ललिता निवासको धेरै जग्गा आफ्नो स्वामित्वमा ल्याएको थियो। त्यही जग्गालाई व्यक्तिका नाममा सारिएको थियो। त्यो जग्गालाई व्यक्तिका नाममा सार्दा नक्कली मोही बनाइएको पाइएको थियो। आज पक्राउ परेका महर्जनलाई नक्कली मोही रहेको स्रोतले बतायो । पाेखरेल समरजंग कम्पनीका तत्कालिन प्रमुख हुन् ।

यो प्रकरणमा सीआईबीले नौ जनालाई पक्राउ गरिसकेको छ। शुरूआतमा भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ पक्राउ परेका थिए। त्यसपछि पूर्व निर्वाचन आयुक्त सुधीरकुमार शाह पक्राउ परेका थिए।

ललिता निवासको १४३ रोपनी सरकारी जग्गा कीर्ते गरी व्यक्तिका नाममा पास गरिएको भन्दै सीआईबीले अनुसन्धान शुरू गरेको हो। यसमा सीआईबीले २२० जनामाथि अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

उच्च अदालत पाटनमा अब फैसला विद्युतीय प्रणालीमा प्रविष्ट गरिने

असोज १८, काठमाडौं । उच्च अदालत पाटनले प्रमाणीकरण भएका फैसलालाई विद्युतीय प्रणालीमा प्रविष्ट गरी अभिलेखीकरण

हिमालयको चेतावनी’ बोकेर संयुक्त राष्ट्रसंघमा प्रधानमन्त्री बालेन, जलवायु न्याय र त्रिदेशीय संयन्त्रको जोडदार माग

जलवायु परिवर्तनको भारी: नेपालले कुल कार्बन उत्सर्जनमा ०.१ प्रतिशतभन्दा कम योगदान दिए पनि ठूलो मूल्य

भरत दाहाललाई रिहा गर्न सर्वोच्चको परमादेश

 असोज ८,काठमाडौं । सर्वोच्च अदालतले राजनीतिक विश्लेषक भरत दाहाललाई थुनामुक्त गर्न परमादेश जारी गरेको छ।दाहालकी

उपत्यकामा रात्रिकालीन बस सेवा विस्तार: ९ स्थानीय तह र साझा यातायातबीच समझदारी

काठमाडौं, असोज ४ । काठमाडौं उपत्यकामा रात्रिकालीन यातायात सेवालाई थप सहज र सुरक्षित बनाउने उद्देश्यले उपत्यकाका

जलवायु न्याय र क्षतिपूर्तिको माग गर्दै भोटेकोशी बिपदमा ज्यान गुमाएका श्रमिकको स्मृतिमा जिफन्टद्वारा दीप प्रज्वलन

असोज, ३  काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी

महिला हिंसा नियन्त्रणका लागि सांसद एकमत

काठमाडौँ, भदौ ३० गते । महिला तथा बालिकामाथि हुने बलात्कार, यौन हिंसा तथा साइबर अपराध