ललिता निवास प्रकरणका रमेश पोखरेल र देवनारायण पक्राउ

काठमाडौं । ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा पास गर्ने कार्यमा संलग्न रहेको आरोपमा थप दुई जना पक्राउ परेका छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले रमेश पोखरेल र देवनारायण महर्जनलाई गरेको हो।

पोखरेल समरजंग कम्पनीका तत्कालनी प्रमुख हुन्। यो कम्पनीले ललिता निवासको धेरै जग्गा आफ्नो स्वामित्वमा ल्याएको थियो। त्यही जग्गालाई व्यक्तिका नाममा सारिएको थियो। त्यो जग्गालाई व्यक्तिका नाममा सार्दा नक्कली मोही बनाइएको पाइएको थियो। आज पक्राउ परेका महर्जनलाई नक्कली मोही रहेको स्रोतले बतायो । पाेखरेल समरजंग कम्पनीका तत्कालिन प्रमुख हुन् ।

यो प्रकरणमा सीआईबीले नौ जनालाई पक्राउ गरिसकेको छ। शुरूआतमा भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ पक्राउ परेका थिए। त्यसपछि पूर्व निर्वाचन आयुक्त सुधीरकुमार शाह पक्राउ परेका थिए।

ललिता निवासको १४३ रोपनी सरकारी जग्गा कीर्ते गरी व्यक्तिका नाममा पास गरिएको भन्दै सीआईबीले अनुसन्धान शुरू गरेको हो। यसमा सीआईबीले २२० जनामाथि अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

उपत्यकामा रात्रिकालीन बस सेवा विस्तार: ९ स्थानीय तह र साझा यातायातबीच समझदारी

काठमाडौं, असोज ४ । काठमाडौं उपत्यकामा रात्रिकालीन यातायात सेवालाई थप सहज र सुरक्षित बनाउने उद्देश्यले उपत्यकाका

जलवायु न्याय र क्षतिपूर्तिको माग गर्दै भोटेकोशी बिपदमा ज्यान गुमाएका श्रमिकको स्मृतिमा जिफन्टद्वारा दीप प्रज्वलन

असोज, ३  काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी

महिला हिंसा नियन्त्रणका लागि सांसद एकमत

काठमाडौँ, भदौ ३० गते । महिला तथा बालिकामाथि हुने बलात्कार, यौन हिंसा तथा साइबर अपराध

भदौ २३–२४ को घटनाबारे गहिरो अनुसन्धान आवश्यक, विदेशी जासुसी संलग्नताको आशंका :रविन्द्र मिश्र

काठमाडौँ । भदौ २३ र २४ गते भएको आन्दोलन तथा त्यस क्रममा भएका हिंसात्मक घटनालाई

क्यासिनो एसोसिएसनद्वारा भोटेकोशी बाढीपीडितलाई ८५ लाख २३ हजार सहयोग

काठमाडौँ, भदौ २२ गते । नेपाल क्यासिनो एसोसिएसनले भोटेकोशी बाढीपीडितका लागि ८५ लाख २३ हजार

ग्रिन आर्मी प्रकरण : खारेजी मात्र होइन, सत्यको कानुनी परीक्षण आवश्यक

-अधिवक्ता तारा निधि पन्त भाद्र २१, काठमाडौं । विवादित ‘ग्रिन आर्मी’ नामक संस्थाको दर्ता खारेज