योग र ध्यानको विषय प्राथमिक तहदेखि नै पाठ्यक्रममा समावेश भएको छ, अझै व्यापक पार्नुपर्छ : प्रधानमन्त्री

काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहालले  बुधबार काठमाडौंमा अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दैसरकारले योग र ध्यानको विषयलाई प्राथमिक तहदेखि नै विद्यालय र विश्वविद्यालयसम्म पाठ्यक्रममा समावेश गर्ने उद्देश्य राखेको बताएका छन् ।उनले योग र ध्यानको महत्त्व, परम्परा र विरासतलाई आत्मसाथ गरेर नै सरकारले यस्तो निर्णय लिएको बताए ।

प्रधानमन्त्री दाहालले यो निर्णयले आध्यात्मिक चिन्तनको महत्त्वलाई स्थापित गर्न गुणात्मक र दीर्घकालीन भूमिका खेल्ने विश्वास व्यक्त गरे । नेपालका पुराना सहर र भवनको निर्माणमा पनि योगको ज्ञान, विज्ञान एवं वास्तु इन्जिनियरिङको प्रयोग भएको पाइने उनले बताए ।

प्राकृतिक वातावरणको हिसाबले पनि नेपाल संसारभरका मानिसका लागि योग अभ्यासका लागि एउटा सुन्दर भूमि रहेको प्रधानमन्त्री दाहालको भनाइ छ । नेपाल योगसम्बन्धी ज्ञान विज्ञानको अध्ययन गरिरहेका विश्वभरका अध्येताहरूका लागि नेपाल मूल गन्तव्य बन्नसक्ने प्रचुर सम्भावना रहेको उनले बताए ।

प्रधानमन्त्री दाहालले योगमाया आयुर्वेद विश्वविद्यालयले भविष्यमा विश्वस्तरीय विश्वविद्यालयका रूपमा आफूलाई स्थापित गर्दै यस क्षेत्रमा प्राज्ञिक नेतृत्व गर्ने विश्वास व्यक्त गरे । योग शारीरिक अभ्यासमात्रै नभइ निश्चित नियम, विधि र प्रक्रियामा रही अपनाउने वैज्ञानिक जीवनशैली र जीवनपद्धति भएको उनको भनाइ छ ।

अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा उक्त कार्यक्रमका अतिथि तथा पातञ्जल योग समिति नेपालका अध्यक्ष बालमुकुन्द सुवालले सम्पूर्ण योग संस्थाहरुको तर्फबाट सम्बोधन गर्नुभयो । सम्बोधनका क्रममा उहाँले नेपालमा योगको सुरुवात गर्ने योगी तथा ऋषीमुनिहरुको चर्चा गर्दै शिबसभ्यता, बुद्धसभ्यता, जनकसभ्यताको र पातञ्जल ऋषि लगायत अन्य योगीहरुको योगदानको चर्चा गर्दै हालसम्म आउदा विश्वले समेत योग बिज्ञानको सवालमा नेपालबाट पाठ सिकेको र यो महान बिधा संसारभर फैलिरहेको सन्दर्भमा हामी योगिहरुका सन्ततीको काँधमा यो शिक्षाको अझै व्यापक पार्न र विश्वमा शान्ति र अमनचयन कायम गर्न अहं रहेको बताउनु भयो ।
कार्यक्रमका अध्यक्ष तथा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोक कुमार राईले सरकारले नेपालमा योग शिक्षालाई महत्वका सार लिएर स्कुल देखि विश्वविधालयस्तरसम्म यसको पहुँचमा ध्यान दिएको र यसको प्रर्वधनका लागि अझै आवश्यक सहयोग गर्ने वताउनु भयो र कार्यक्रम सफल पार्न सहयोग गर्ने सवैलाई धन्देवाद व्यक्त गर्नु भयो । कार्यक्रममा स्कुलको तर्फबाट बागमती वोडिङ्गका योग शिक्षाका विधाथीहरु, पातञ्जल योग प्रतिष्ठानका योग प्रशिक्षकहरु र त्रिभुवन विश्वविधालयका योग प्रशिक्षाथीहरुबाट आकर्षक योग आसनहरुको प्रस्तुती भएको थियो र ब्रम्हकुमारी योगका तर्फबाट बहिनीज्यूबाट सवैलाई ध्यानका अभ्यास गराईएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

रास्वपाको प्रथम महाधिवेशन आजदेखि भरतपुरमा, विद्युतीय मतदानमार्फत नयाँ नेतृत्व चयन हुँदै

भरतपुर, असार ७ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशन आजदेखि चितवनको भरतपुरमा

दुर्गा पन्तको स्वर्णसँगै विश्व योग च्याम्पियनसिपमा नेपालको ऐतिहासिक उपलब्धि

अहमदावाद, भारत — भारतको अहमदावादमा जुन ४ देखि ८, २०२६ सम्म सम्पन्न प्रथम विश्व योग च्याम्पियनसिपमा

श्रम अधिकारमाथि बढ्दो हस्तक्षेपबारे जेटियुसिसीको अन्तर्राष्ट्रिय मञ्चमा चिन्ता

काठमाडौँ, जेठ २८ । संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटियुसिसी) का अध्यक्ष विनोद श्रेष्ठले नेपालमा

बिजुलीमा ५ प्रतिशत भ्याट लगाउने निर्णयको विरोध, लाखौँ उपभोक्ता प्रभावित हुने चिन्ता

 जेठ १७, काठमाडौं। सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत मासिक ५० युनिटभन्दा बढी विद्युत् खपत

ईयू आबद्ध देशका राजदूतहरूसँग प्रधानमन्त्रीको सामूहिक भेट

काठमाडौं  जेठ १२, । प्रधानमन्त्री वालेन्द्र शाह र नेपालका लागि युरोपेली संघ (ईयू) मा आबद्ध

संविधान संशोधनका लागि सुझाव सङ्कलन तीव्र

काठमाडौँ, जेठ ११ । संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलले शासकीय स्वरूप, निर्वाचन प्रणालीसहितका आठ