June 16, 2023

हिन्दी फिल्म आदिपुरुष : ‘जानकी भारतकी छोरी’ संवादप्रति बोर्डको आपत्ति

   असार १,काठमाडौं । चलचित्र विकास बोर्डले ‘जानकी भारतकी छोरी’ हुन् भन्ने संवादप्रति आपत्ति जनाएको छ ।
शुक्रबार बोर्डले एक विज्ञप्ति जारी गर्दै बोर्डले चलचित्रले नेपालकी ऐतिहासिक पात्रको इतिहासलाई तोडमोड गरिएको संवादप्रति कडा आपत्ति जनाएको हो ।
भारतीय चलचित्र आदिपुरुषमा माता जानकीलाई भारतकी छोरी भनि इतिहासलाई बांगो बनाई तथ्यगत त्रुटिसहित नेपालबाहेकका मुलुकमा रिलिज भएको सन्दर्भमा यस चलचित्र विकास बोर्डको गम्भीर ध्यानाकर्षण भएको छ ।
यस बिषयमा काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहको स्टेटमेन्ट र चलचित्र जाँचपास समितिद्वारा मौन गराइएको संवादका विषयमा विभिन्न सञ्चारमाध्यममा आएका समाचारका आधारमा सो चलचित्रले नेपालकी ऐतिहासिक पात्रको इतिहासलाई तोडमोड गरिएको देखिएकोले संसारभर जहाँ प्रदर्शन गरेपनि जानकी भारतकी छोरी हुन् भन्ने संवादप्रति कडा आपत्ति जनाउँदछौँ’, विज्ञप्तिमा जनाइएको छ ।
बोर्डको विज्ञप्तिमा यस प्रकारका विवादहरुले दुई देशबीचको सांस्कृतिक तथा कूटनीतिक सम्बन्धमा खलल पुग्ने हुँदा यथासक्य संवाद हटाउन पहल गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमार्फत माग गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

कश्मीर आक्रमणमा मारिएका सुदिपको शव परिवारको जिम्मा लगाइयो, आजै अन्त्येष्टि

 वैशाख ११, काठमाडाैं । भारतको जम्मु कश्मीरमा आतङ्कवादी आक्रमणमा परी ज्यान गुमाएका बुटवल–११ का २७

शिक्षक आन्दोलनको स्वरुप परिवर्तन गर्न आग्रह

वैशाख  १०,काठमाडौँ। बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप) ले विद्यार्थीको अधिकारप्रति सचेत हुँदै आन्दोलनको स्वरुप

अमिन दिनेशप्रसाद यादवविरुद्ध तीन करोड २९ लाख भ्रष्टाचार मुद्दा

वैशाख ८, काठमाडौँ। उपत्यका विकास प्राधिकरण, जिल्ला आयुक्तको कार्यालय काठमाडौँद्वारा सञ्चालित बागमती नगर जग्गा एकीकरण

न्यायको कठघरामा न्यायिक समिति

वसन्त आचार्य  २ वैशाख २०८२, न्याय एक बृहत् अवधारणा हो । यो एक दर्शन पनि

दुर्गा प्रसाईं र अंगरक्षक दिपक खड्का पक्राउ

 चैत २९, काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ पर्नुभएको छ । नेपाल प्रहरी प्रधान

तीनकुने घटना पूर्वराजा ज्ञानेन्द्रकै निर्देशनमा भएकोले ज्ञानेन्द्रले उन्मुक्ति पाउँदैनन्: प्रधानमन्त्री ओली

चैत्र १८, २०८१ | काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराजा ज्ञानेन्द्र शाहले संविधानसभापछि भएको