June 12, 2023

अर्थ समितिको बैठकमा गभर्नर र धितोपत्र बोर्डका अध्यक्षलाई बोलाइने

जेठ २९ , काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी र नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमाललाई अर्थ समितिको बैठकमा बोलाइने भएको छ ।

सोमबार सिंहदरबारमा बसेको अर्थ समितिको निर्णयअनुसार उनीहरुलाई सो बैठकमा बोलाइने भएको हो ।

बैंक र धितोपत्र बोर्डका विषयमा प्रश्न उठाइएकाले त्यसलाई सम्बोधन गर्न गभर्नर र अध्यक्षलाई बोलाउने निर्णय गरिएको समितिको सभापतित्व गरिरहेका ज्येष्ठ सदस्य सन्तोष चालिसेले बताए ।

त्यसअघि, सांसद नारायणी शर्माले घोराही सिमेन्टको आईपीओका विषयमा प्रश्न उठाएकी थिइन् ।

महँगो मूल्य भएकाले कम्पनीको आईपीओमा स्थानीयले आवेदन दिन नसकेको उनले उल्लेख गरिन् । सो विषयमा धितोपत्र बोर्डका अध्यक्षलाई बोलाएर जवाफ लिनुपर्नेमा उनले जोड दिइन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

महिला हिंसा नियन्त्रणका लागि सांसद एकमत

काठमाडौँ, भदौ ३० गते । महिला तथा बालिकामाथि हुने बलात्कार, यौन हिंसा तथा साइबर अपराध

भदौ २३–२४ को घटनाबारे गहिरो अनुसन्धान आवश्यक, विदेशी जासुसी संलग्नताको आशंका :रविन्द्र मिश्र

काठमाडौँ । भदौ २३ र २४ गते भएको आन्दोलन तथा त्यस क्रममा भएका हिंसात्मक घटनालाई

क्यासिनो एसोसिएसनद्वारा भोटेकोशी बाढीपीडितलाई ८५ लाख २३ हजार सहयोग

काठमाडौँ, भदौ २२ गते । नेपाल क्यासिनो एसोसिएसनले भोटेकोशी बाढीपीडितका लागि ८५ लाख २३ हजार

ग्रिन आर्मी प्रकरण : खारेजी मात्र होइन, सत्यको कानुनी परीक्षण आवश्यक

-अधिवक्ता तारा निधि पन्त भाद्र २१, काठमाडौं । विवादित ‘ग्रिन आर्मी’ नामक संस्थाको दर्ता खारेज

एआई एजेन्टले विकीमार्फत सहकार्य गरेको खुलासा

काठमाडौँ, २१ भदौ । ओपनएआईसँग सम्बन्धित मानिएका स्वायत्त कृत्रिम बुद्धिमत्ता (एआई) एजेन्टले आपसमा सञ्चार र

सेना राजनीतिक विवादमा मुछिनु दुःखद् : ओली

  काठमाडौं, भदौ १९ गते । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले