प्रधानमन्त्री प्रचण्डको असंवैधानिक तथा राष्ट्रघातीकार्य नसच्चेसम्म साम्सद् अवरुद्ध हुन्छ: एमाले

जेठ २१, काठमाडौं। प्रधानमन्त्री प्रचण्डले भारत भ्रमणका क्रममा नेपाली भूमि लिपुलेक भारतलाई दिएर त्यही बराबरको भूमि बङ्गलादेश जोड्ने भूमि भारतबाट लिन सकिने भनि दिएको अभिव्यक्तिलाई लिएर नेकपा एमाले लगाएतका सांससदहरुले आजबाट सासद् अबरुद्ध गरेका छन् । यो सँगै भर्खरै मात्र भारत भ्रमणमा जानु अगाडी हतार हतार प्रधानमन्त्री प्रचण्डले पुर्व राष्ट्रपती विद्या भण्डारीले अस्विकार गरेको
नागरिकता सम्बन्धि राष्ट्रघाती विधेयक अहिलेका राष्ट्रपतिलाई असंवैधानिक ढङ्गले प्रमाणीकरण गर्न लगाएकोले सो निर्णय सच्चाउनुपर्ने पनि एमालेको अर्को माग रहेको जनाएको छ ।
प्रधानमन्त्री प्रचण्डले भारत भ्रमणका क्रममा फूलबारी बन्दरगाहको रुट भारतसँग लिएर कालापानी, लिपुलेक भारतलाई दिन सकिने भन्नेजस्तो राष्ट्रघाती अभिव्यक्ति दिएकोमा यो अत्यन्तै गैर जिम्मेवार, अराष्ट्रिय र आपत्तिजनक रहेको भन्दै एमाले संसद्मा विरोध जनाएको हो । एमालेले उठाएको यो विरोधको आवाजलाई राप्रपा, रास्वपा, मजदुर किसान पार्टी लागायतका पार्टीहरुका साम्सदहरुले पनि साथ दिएर संसद अवरुद्ध गरेका छन् । एमाले अध्यक्ष पुर्वप्रधानमन्त्री तथा साम्सदिय दलका नेता के.पी शर्मा ओलीले एमालेले संसद्मा उठाएको प्रश्नको उत्तर नआएसम्म समग्र देशका रक्षा तथा हित नहुने र देशको रक्षा हुने ग्यारेण्टी भएपछि मात्रै संसद्को गतिरोध अन्त्य हुन्छ भन्ने अभिव्यक्ति संसद् भवनबाट बाहिर निस्कनेक्रममा दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

शक्तिशाली मिसाइल प्रयोग गर्ने इरानको चेतावनी, अमेरिकाको वार्ता प्रस्ताव अस्वीकार

फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल

राष्ट्रिय सुरक्षा परिषद्को निष्कर्ष: प्रतिनिधिसभा निर्वाचनका सबै तयारी पूरा

काठमाडौं, फागुन २० — राष्ट्रिय सुरक्षा परिषद्ले प्रतिनिधिसभा सदस्य निर्वाचन निष्पक्ष, भयरहित, शान्तिपूर्ण र त्रुटिरहित ढंगबाट सम्पन्न

धनुषा–१ मा रास्वपा उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज

फागुन १९, काठमाडौं । निर्वाचन आयोगले धनुषा क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका राष्ट्रिय स्वतन्त्र

ओलीको अपिल: राष्ट्रको पक्षमा स्पष्ट निर्णय लिन मतदातालाई आग्रह

काठमाडौं, फागुन १७ — केपी शर्मा ओलीले मतदातालाई देशको पक्षमा स्पष्ट निर्णय लिन आग्रह गरेका

सबै जिम्मेवार नबने भदौ २४ जस्तो घटना दोहोरिन सक्छ : प्रचण्ड

१५ फागुन, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आसन्न निर्वाचन

आगामी निर्वाचनको स्वच्छता र निष्पक्षतामाथि शंका छ: केपी शर्मा ओली

विराटनगर, फागुन १५ । केपी शर्मा ओलीले आगामी निर्वाचनको स्वच्छता र निष्पक्षतामाथि शंका व्यक्त गरेका