आज नक्कली भुटानी शरणार्थी प्रकरणको मुद्दाको सुनुवाइ हुँदै

काठमाडौं, जेठ १६ गते । आज काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा नक्कली  भुटानी शरणार्थी प्रकरणसम्बन्धी मुद्दाको सुनुवाइ  सुनुवाइ हुँदैछ। यही जेठ १० गते काठमाडौं जिल्ला अदालतमा दायर भएको ठगी, लिखत किर्ते, राज्यविरुद्धको कसुर र सङ्गठित अपराधको मुद्दा न्यायाधीश न्यौपानेको इजलासमा परेको हो ।

नक्कली भुटानी शरणार्थी प्रकरणसम्बन्धी मुद्दामा यही जेठ १२ गतेदेखि काठमाडौं जिल्ला अदालतमा आरोपितहरूको बयान लिन थालिएको हो । सरकारी वकिल कार्यालय काठमाडौंले नेकपा (एमाले) नेता तथा प्रतिनिधि सभा सदस्य टोपबहादुर रायमाझी, नेपाली कांग्रेस नेता बालकृष्ण खाण, पूर्व सभासद् आङटावा शेर्पा, गृह मन्त्रालयका तत्कालीन सचिव टेकनारायण पाण्डे, तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राईलगायत ३० जनालाई प्रतिवादी बनाएर मुघा दायर गरेको थियो ।

नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै १४५ जनाभन्दा बढीसँग २८ करोड ८४ लाख ठगी भएको थियो । सोही प्रकरणमा मिलेमतो गरी ठगी गरेको भन्दै प्रहरीमा जाहेरी परेपछि जिल्ला प्रहरी परिसर काठमाडौंको रायसहितको प्रतिवेदनका आधारमा सरकारी वकिल कार्यालयले ३० जनाविरुद्ध मुद्दा चलाउन राय दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

उपत्यकामा रात्रिकालीन बस सेवा विस्तार: ९ स्थानीय तह र साझा यातायातबीच समझदारी

काठमाडौं, असोज ४ । काठमाडौं उपत्यकामा रात्रिकालीन यातायात सेवालाई थप सहज र सुरक्षित बनाउने उद्देश्यले उपत्यकाका

जलवायु न्याय र क्षतिपूर्तिको माग गर्दै भोटेकोशी बिपदमा ज्यान गुमाएका श्रमिकको स्मृतिमा जिफन्टद्वारा दीप प्रज्वलन

असोज, ३  काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी

महिला हिंसा नियन्त्रणका लागि सांसद एकमत

काठमाडौँ, भदौ ३० गते । महिला तथा बालिकामाथि हुने बलात्कार, यौन हिंसा तथा साइबर अपराध

भदौ २३–२४ को घटनाबारे गहिरो अनुसन्धान आवश्यक, विदेशी जासुसी संलग्नताको आशंका :रविन्द्र मिश्र

काठमाडौँ । भदौ २३ र २४ गते भएको आन्दोलन तथा त्यस क्रममा भएका हिंसात्मक घटनालाई

क्यासिनो एसोसिएसनद्वारा भोटेकोशी बाढीपीडितलाई ८५ लाख २३ हजार सहयोग

काठमाडौँ, भदौ २२ गते । नेपाल क्यासिनो एसोसिएसनले भोटेकोशी बाढीपीडितका लागि ८५ लाख २३ हजार

ग्रिन आर्मी प्रकरण : खारेजी मात्र होइन, सत्यको कानुनी परीक्षण आवश्यक

-अधिवक्ता तारा निधि पन्त भाद्र २१, काठमाडौं । विवादित ‘ग्रिन आर्मी’ नामक संस्थाको दर्ता खारेज