कीर्तिपुरमा एक वर्षमै फ्लडलाइट बन्ने

काठमाडौँ — सबै अनुकूल भएमा अबको एक वर्षभित्र कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा राति पनि क्रिकेट खेल्न सकिने छ । सरकारले नेपालको मुख्य क्रिकेट रंगशालाको रूपमा रहेको कीर्तिपुरमा फ्लडलाइट जडानलाई प्राथमिकतामा राखेको छ । यो पूरा भएमा दिवारात्रि क्रिकेट खेलाउन सम्भव हुनेछ ।

चालु आवमा कीर्तिपुरमा फ्लडलाइट जडानका लागि १० करोड बजेट विनियोजन गरेको थियो । अब आउँदो बजेटले त्यसमा दोब्बर रकम थप्ने विश्वास युवा तथा खेलकुद मन्त्रालयको छ । त्यसैले सबै सोचेअनुरुप भएमा कीर्तिपुरमा एक वर्षभित्र फ्लडलाइटमै क्रिकेट खेल्न सकिने छ ।

कीर्तिपुर मैदानमा फ्लडलाइट जडान गर्न १० करोड बजेटका लागि टेण्डर आह्वान गरिएको छ । ३५ दिने सूचना पुरा हुनेक्रममा छ । ‘आउने बजेटमा कीर्तिपुरलाई २० करोड विनियोजन प्रस्ताव गरिएको छ । यो भएमा ८–९ महिनामै फ्लडलाइट जडान हुनेछ,’ युवा तथा खेलकुद मन्त्रालयका सहसचिव इमनारायण श्रेष्ठले भने ।

कीर्तिपुरबाहेक सरकारले मूलपानी क्रिकेट रंगशाला, धनगढीको फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला, चितवनको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालासहितका अन्य रंगशालालाई बजेटमार्फत विशेष योजनाको रूपमा अगाडि बढाउने तयारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

जलवायु न्याय र क्षतिपूर्तिको माग गर्दै भोटेकोशी बिपदमा ज्यान गुमाएका श्रमिकको स्मृतिमा जिफन्टद्वारा दीप प्रज्वलन

असोज, ३  काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी

महिला हिंसा नियन्त्रणका लागि सांसद एकमत

काठमाडौँ, भदौ ३० गते । महिला तथा बालिकामाथि हुने बलात्कार, यौन हिंसा तथा साइबर अपराध

भदौ २३–२४ को घटनाबारे गहिरो अनुसन्धान आवश्यक, विदेशी जासुसी संलग्नताको आशंका :रविन्द्र मिश्र

काठमाडौँ । भदौ २३ र २४ गते भएको आन्दोलन तथा त्यस क्रममा भएका हिंसात्मक घटनालाई

क्यासिनो एसोसिएसनद्वारा भोटेकोशी बाढीपीडितलाई ८५ लाख २३ हजार सहयोग

काठमाडौँ, भदौ २२ गते । नेपाल क्यासिनो एसोसिएसनले भोटेकोशी बाढीपीडितका लागि ८५ लाख २३ हजार

ग्रिन आर्मी प्रकरण : खारेजी मात्र होइन, सत्यको कानुनी परीक्षण आवश्यक

-अधिवक्ता तारा निधि पन्त भाद्र २१, काठमाडौं । विवादित ‘ग्रिन आर्मी’ नामक संस्थाको दर्ता खारेज

एआई एजेन्टले विकीमार्फत सहकार्य गरेको खुलासा

काठमाडौँ, २१ भदौ । ओपनएआईसँग सम्बन्धित मानिएका स्वायत्त कृत्रिम बुद्धिमत्ता (एआई) एजेन्टले आपसमा सञ्चार र