कीर्तिपुरमा एक वर्षमै फ्लडलाइट बन्ने

काठमाडौँ — सबै अनुकूल भएमा अबको एक वर्षभित्र कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा राति पनि क्रिकेट खेल्न सकिने छ । सरकारले नेपालको मुख्य क्रिकेट रंगशालाको रूपमा रहेको कीर्तिपुरमा फ्लडलाइट जडानलाई प्राथमिकतामा राखेको छ । यो पूरा भएमा दिवारात्रि क्रिकेट खेलाउन सम्भव हुनेछ ।

चालु आवमा कीर्तिपुरमा फ्लडलाइट जडानका लागि १० करोड बजेट विनियोजन गरेको थियो । अब आउँदो बजेटले त्यसमा दोब्बर रकम थप्ने विश्वास युवा तथा खेलकुद मन्त्रालयको छ । त्यसैले सबै सोचेअनुरुप भएमा कीर्तिपुरमा एक वर्षभित्र फ्लडलाइटमै क्रिकेट खेल्न सकिने छ ।

कीर्तिपुर मैदानमा फ्लडलाइट जडान गर्न १० करोड बजेटका लागि टेण्डर आह्वान गरिएको छ । ३५ दिने सूचना पुरा हुनेक्रममा छ । ‘आउने बजेटमा कीर्तिपुरलाई २० करोड विनियोजन प्रस्ताव गरिएको छ । यो भएमा ८–९ महिनामै फ्लडलाइट जडान हुनेछ,’ युवा तथा खेलकुद मन्त्रालयका सहसचिव इमनारायण श्रेष्ठले भने ।

कीर्तिपुरबाहेक सरकारले मूलपानी क्रिकेट रंगशाला, धनगढीको फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला, चितवनको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालासहितका अन्य रंगशालालाई बजेटमार्फत विशेष योजनाको रूपमा अगाडि बढाउने तयारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

कर्णाली प्रदेशमा जिफन्टकाे संगठन सुदृढीकरण अभियान तीव्र

असोज १२, सुर्खेत । राष्ट्रिय सौन्दर्यकर्मि युनियन, नेपाल कर्णाली प्रदेशको संगठन सुदृढिकरण अभियान अन्तर्गत प्रशिक्षणमूलक

एमाले देश विकासको अभियन्ता, आधुनिकताको नायकः अध्यक्ष ओली

११ असोज,सुर्खेत । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टी देश विकासको अभियन्ता र आधुनिकताको

नेप्से परिसूचकमा दोहोरो अङ्कको वृद्धि

काठमाडौं, असोज ९ गते । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको वृद्धि देखिएको छ ।

दुई देशको सम्बन्धमा नयाँ ऊर्जा थपिएको छ : चिनियाँ प्रधानमन्त्री

बेइजिङ,  असोज ८ गते ।  चिनियाँ प्रधानमन्त्री लि छ्याङले चीन–नेपालबीचको सम्बन्धमा नयाँ ऊर्जा थपिएको चीनले

 वडाध्यक्ष धमलाविरुद्ध जवरजस्ती करणीको जाहेरी दर्ता

 आश्विन ०७, ओखलढुंगा । ओखलढुंगाको सुनकोशी गाउँपालिका वडा नंम्बर १० का वडाध्यक्षविरुद्ध जवरजस्ती करणीको जाहेरी