May 14, 2023

‘कमिशनको धन्दा’ रोकिने भएपछि विज्ञापन व्यावसायी आन्दोलनमा !

काठमाडौं । सरकारले समानुपातिक विज्ञापन प्रणाली लागु गर्नेभएपछि विज्ञापनमा सिन्डिकेट लगाउँदै आएको विचौलियाहरुको समुह आन्दोलनमा उत्रिएको छ ।

सरकारी विज्ञापनको असमान वितरण प्रक्रियामा रजाईं गर्दैै आएको व्यापारीहरुको समुह नेपाल विज्ञापन संघले विरोध गरिरहेको छ ।

निकै महँगोमा सरकारसँग विज्ञापन लिने र मिडियासँग भने ९५ प्रतिशतसम्म कमिशन असुल्दै आएको संघले आफ्नो धन्दा संकटमा पर्ने देखेपछि विरोधको नाटकीय प्रदर्शन गरिरहेको छ ।

सरकारले एकद्वार प्रणाली मार्फत नेपाल विज्ञापन बोर्डलाई नै सर्वाधिकार दिएर समानुपातिक विज्ञापन प्रणाली लागु गरेको छ । सो प्रणाली शुरु भएपछि नेपाल विज्ञापन संघले आन्दोलनको घोषणा गरेको हो ।

संघका अध्यक्ष सोम प्रसाद धितालले विज्ञप्ति मार्फत आन्दोलन घोषणा गरेका थिए । सो विज्ञप्ति जारीको भए लगत्तै संघ सडकमै आन्दोलनमा उत्रिएको हो । कुनै समय सरकारले यातयात क्षेत्रमा रहेको सिन्डिकेट तोड्न नेपाल यातयात महासंघलाई कम्पनि प्रणालीमा रुपान्तरण गरेपछि व्यापारीहरु आन्दोलनमा उत्रिएका थिए । त्यतिबेला आन्दोलनकारीलाई सरकारले पक्राउ गरेर मुद्दा चलाएको थियो । यातयात सिन्डिकेट जस्तै विज्ञापनमा सिन्डिकेट लगाउँदै आएको विज्ञापन संघ पनि सरकारी कारबाहीको घेरामा पर्नु पर्ने हो । तर, शान्ति सुरक्षा र यस्ता अवान्छित गतिविधिमा लाग्ने माथि कारबाहीको जिम्मेवारी पाएको गृह प्रशासन नेतृत्वमा रहेका गृहमन्त्रीकै प्रेस सल्लाहाकार भने विज्ञापन व्यावसायी छन् । उनी मिडियाको आवरणमा विज्ञापनको धन्दा चलाउने पात्र हुन् । उनका प्रेस सल्लाहाकार बताउने कोमल गिरी गृह प्रशासनमै बसेर विज्ञापन एजेन्सी चलाइरहेका छन् । सरकारी विज्ञापन आफ्नो एजेन्सी मार्फत संचार माध्यममा पुर्याउने र संचार माध्यमबाट अकुत कमिशन उठाउनमै उनी मस्त छन् । विज्ञापन व्यावसायीले सरकारी नीतिको विरोधमा प्रदर्शन गरिरहँदा गृह प्रशासनकै सल्लाहकार समेत आन्दोलनकारीको समुहमा छन् । उनले के कस्तो सल्लाह दिने हुन भन्ने प्रश्न उठ्नु स्वभाविक हो ।

सरकारले समानुपातिक विज्ञापन प्रणाली र एकद्वार प्रणाली लागु गरेपछि आनले निकालेको विज्ञप्तिमा आफूहरुसँग सल्लाह नगरी निति लागु गरिएको उल्लेख छ ।

संघले गत २७ वैशाखबाट श्रङ्खलाबद्ध रुपमा आन्दोलन घोषणा गरेको हो । जस अन्तर्गत आनले विज्ञापन बोर्डमा धर्ना दिने कार्यक्रमलाई निरन्तरता दिएको छ ।

आनका पदाधिकारीले सुचना तथा प्रविधि मन्त्री, विज्ञापन बोर्डका अध्यक्ष लगायतलाई भेटेरै समानुपातिक विज्ञापन प्रणालीको विरोधमा दबाव दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

सबै उद्योगमा विद्युत् आपूर्ति पुनः सुचारु

कात्तिक २७, काठमाडौं।डेडिकेटेड र ट्रङ्क लाइनमार्फत विद्युत् उपयोग गर्दै प्रिमियम महसुल नतिरेका कारण काटिएका सबै

प्रचण्ड–माधव र भीम रावलबीच ७ बुँदे सहमती

काठमाडौँ, कार्तिक २६।भीम रावल नेतृत्वको मातृभूमि जागरण अभियान र *नेपाल कम्युनिस्ट पार्टी (नेकपा)*बीच ७ बुँदे

नाम, जन्ममिति र विवाह दर्ता लगायतका व्यक्तिगत विवरण सच्याउने बाटो खुल्याे

 कात्तिक २६, काठमाडौँ। सरकारले व्यक्तिगत घटना दर्ता नियमावली, २०७७ संशोधन गर्ने निर्णय गरेको छ। सोमबार

जेनजी आन्दोलनबाट सय अर्बको क्षति, पुनर्निर्माण दुई महिनापछि थालिने

कार्तिक २५,काठमाडौँ- अर्थमन्त्री रामेश्वर खनालले जेनजी आन्दोलनका क्रममा आगजनीबाट क्षतिग्रस्त भएका महत्त्वपूर्ण संरचनाको पुनर्निर्माण दुई

मन्त्रिपरिषद् बैठकका १३ निर्णय सार्वजनिक

काल, कात्तिक १८ गते। मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक छन्। सरकारका प्रवक्ता तथा सूचना प्रविधि मन्त्री

मुलुकको समृद्धि श्रमबाट मात्रै सम्भव छ : अध्यक्ष साम्पाङ

कात्तिक  १९, फिदिम, । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज साम्पाङले श्रमको मूल्य र संस्कृतिको प्रसारबाट