WorldLink र PUBG मोबाइलले गरे गेमिङ्गखेलमा अभूतपूर्व परिवर्तन गर्ने घोषणा

१७ बैशाख,काठमाडौं।अग्रणी मोबाइल गेम, PUBG MOBILE एवं नेपालको उत्कृष्ट ISP, WorldLink बीच एक सम्झौता गरिएको छ । नेपालमा मोबाइल गेमिङको व्यापक आकर्षण बढ्दै गइरहेको अवस्थामा PUBG MOBILE का नेपालभर ५० लाखभन्दा बढी सक्रिय मोबाइल गेमरहरू रहेका छन् ।
“मोबाइल गेमिङ मनोरञ्जनको मुख्य विषय बन्ने क्रममा, गेमिङ समुदायको आवश्यकताहरूलाई सम्बोधन गर्न र उनीहरूको गेमिङको जोशलाई अझै सशक्त रूपमा पूरा गर्न हामीले नवीनतम प्रविधिको साथ अगाडि बढ्नु आवश्यक छ,” वर्ल्डलिङ्कका सीईओले यस सहकार्यको महत्त्वलाई जोड दिँदै भन्नु भयो ।
WorldLink र PUBG MOBILE ले यो साझेदारीलाई नेपालको मोबाइल गेमिङको लागि एउटा अभुतपुर्व कदमको रूपमा लिएको छ र यसले रोमाञ्चक गेमिङको जीवन्त अनुभवलाई आत्मसाथ गर्न तत्पर छ।
“थुप्रै विशेषता एवं सुविधाहरूको साथ, नेपाली मोबाइल गेमरहरूले पूर्ण रूपमा नयाँ तहको उत्साह एवं गेमिङको अनुभव प्राप्त गर्न सक्नुहुने छ जसले गेमिङ प्रतिको दृष्टिकोणलाई पूर्ण रूपमा परिवर्तन गर्नेछ। यो वृहत् भविष्यतर्फको पहिलो कदम हो जसले मोबाइल गेमका लागि नयाँ अवसरहरू प्रदान गर्ने छ र गेमिङ्गको जीवन्त अनुभव प्रदान गर्ने छ” वर्ल्डलिङ्कका सीईओले थप बताउनु भयो ।
यस साझेदारीको महत्वबारे बताउँदै Tencent South Asia Publishing का सहायक निर्माताले भन्नु भयो, “मोबाइल गेमिङको इकोसिस्टम परिवर्तन ल्याइ नयाँ ब्रान्डका रूपमा नेपाल हाम्रा लागि प्रमुख क्षेत्र बनेको छ। यो खेलको लोकप्रियता मात्र होइन, यस खेलका प्रतिभाहरुले ग्लोबल एस्पोर्ट्स इभेन्टहरूमा प्रतिस्पर्धा समेत गर्दै आएका छन् । PMGC मा DRS, DeadEyes Guys, Skylights Gaming र T2K जस्ता हाम्रा प्रतिभाले PUBG MOBILE को लागि ग्लोबल एस्पोर्ट्स इभेन्टसमा बारम्बार आफ्नो क्षमता प्रदर्शन गरेकाे स्पष्ट रूपमा देख्न सकिन्छ । यस्ता प्रतिभाहरू देख्न पाउँदा ठूलो सन्तोष एवं आनन्द समेत मिल्दछ । CR7 र 4K गेमिङ जस्ता प्रतिभाहरू हरेक दिन बढ्दै गएको छन्, र हाम्रा प्रयासहरू पनि यस्ता गेमिङ समुदायलाई बढाउदै लैजानु पनि हो। हामी मनोरञ्जन मात्र होइन, व्यावसायिक रूपमा अघि बढ्ने अवसरहरू प्रदान गर्न निरन्तर केन्द्रित छौं। त्यसैले हामीले WorldLink लाई एक उत्कृष्ट साझेदारको रूपमा लिएका छौ, यस प्रयासले नेपालमा मोबाइल गेमिङ गर्ने हाम्रो जोश र संकल्पलाई आत्मसाथ समेत गर्दछ, यो दक्षिण एसियाकै सबैभन्दा ठूलो सफलता एवं सानो सुरुवात मात्र हो।”
साझेदारीले नेपालमा मोबाइल गेमिङलाई अझ रोमाञ्चक बनाउने विशेष सुविधाहरू एवं विशेषताहरू प्रदान गर्ने छ। नेपालको गेमिङ समुदायका लागि थप रोमाञ्चक अनुभवहरू प्राप्त हुने अपेक्षा समेत गर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

मित्रता : डिजिटल युगमा विश्वास, सहकार्य र मानवताको सेतु

मित्रता केवल व्यक्तिगत सम्बन्ध होइन, शान्ति, लोकतन्त्र, सामाजिक सद्भाव र दिगो विकासको आधार पनि हो।

सुनसरी घटनाबारे सुरक्षा परिषद्को बैठक

काठमाडौं, १४ साउन। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा राष्ट्रिय सुरक्षा परिषद्को बैठक बसिरहेको छ। प्रधानमन्त्रीको

घरेलु कामदारसम्बन्धी आदेश कार्यान्वयनमा श्रम मन्त्रालयको बेवास्ता

पेशागत तथा मानवअधिकार संरक्षणका लागि सर्वोच्च अदालतले दिएको निर्देशनात्मक आदेश कार्यान्वयनमा युवा तथा खेलकुद तथा

विदेशमा रहेका नेपालीलाई मतदानका लागि ५ मोडेल प्रस्ताव

 साउन १२,काठमाडौँ । निर्वाचन आयुक्तमा प्रस्तावित गुरुप्रसाद वाग्लेले विदेशमा रहेका नेपाली नागरिकको मतदान अधिकार सुनिश्चित

मितव्ययिताको नाममा कानुन र संविधानविपरीत कार्य गर्न नमिल्ने भन्दै बिज्ञापन सम्बन्धि सरकारको निर्णय सर्वोच्चद्वारा खारेजी

बुधबार, ६ साउन २०८३काठमाडौँ। सर्वोच्च अदालतले सरकारी विज्ञापन तथा सूचना सरकारी स्वामित्वका सञ्चारमाध्यम (गोरखापत्र, रेडियो

देशभरका अदालतले एक वर्षमा ५५ प्रतिशत मुद्दा फर्स्योट

सर्वोच्चको फर्स्योट दर २९.४६ प्रतिशत, उच्च अदालतमा दुई वर्षभन्दा पुराना मुद्दा शून्य काठमाडौं, साउन ४