
८ चैत,काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले जनताको मुख थुन्ने भन्दा माग पुरा गराउन सुझाव दिएका छन् ।
मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल उपस्थित बानेश्वरको एक कार्यक्रममा आक्रोशित युवाले नाराबाजी गरे पछि प्रहरीले ती युवाहरूलाई अमानवीय तरिकाले मुख थुनेको घटनालाई लिएर अध्यक्ष लिङदेनले यस्तो बताएका हुन् ।
गणतन्त्र र संघीयता आएपछि सबैले बोल्न पाएको भन्ने प्रचण्ड सहभागी कार्यक्रममा मान्छेको मुख थुन्नुपर्ने कस्तो दिन आयो भन्दै अध्यक्ष लिङ्देनले प्रश्न गरेका छन् ।
उनले भनेका छन्, ‘हामीले गणतन्त्र ल्यायौँ, संघीयता ल्यायौँ, धर्मनिरपेक्षता ल्यायौँ र त सबैले बोल्न पाएका छौँ भन्नुहुने क.प्रचण्ड । हेर्नुहोस् त, हेर्दाहेर्दै मान्छेको मुख थुन्नुपर्ने कस्तो दिन आयो ? प्रधानमन्त्रीज्यू, चाँडो भन्दा चाँडो बैंक तथा वित्तीय संस्थाहरूको ब्याज घटाउनुहोस्, युवालाई देशभित्रै रोजगारीको अवसर सिर्जना गर्नुहोस् ,जो सम्भव छ । अन्यथा मुख थुनेर त, के बन्दुकले पनि आवाजहरू थुनिन्नन्, जो तपाईँ स्वयमलाई थाहा छ।’
काठमाडौँ । भदौ २३ र २४ गते भएको आन्दोलन तथा त्यस क्रममा भएका हिंसात्मक घटनालाई
काठमाडौँ, भदौ २२ गते । नेपाल क्यासिनो एसोसिएसनले भोटेकोशी बाढीपीडितका लागि ८५ लाख २३ हजार
-अधिवक्ता तारा निधि पन्त भाद्र २१, काठमाडौं । विवादित ‘ग्रिन आर्मी’ नामक संस्थाको दर्ता खारेज
काठमाडौँ, २१ भदौ । ओपनएआईसँग सम्बन्धित मानिएका स्वायत्त कृत्रिम बुद्धिमत्ता (एआई) एजेन्टले आपसमा सञ्चार र
काठमाडौं, भदौ १९ गते । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले
काठमाडौँ, भदौ १६ गते । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट