चर्को ब्याजदर घटाउन र ऋण चुक्ता गर्ने समय सिमा बढाउन राप्रपा नेपालको माग

६ चैत,काठमाडौं । राप्रपा नेपाल केन्द्रिय कार्य सम्पादन समितिको आज काठमाडौंमा बसेको बैठकले बैंक र विभिन्न बित्तीय संस्थाहरुको चर्को ब्याजदर घटाउन र ऋण चुक्ता गर्ने समय सिमा बढाउन माग गरेको छ । पार्टी अध्यक्ष कमल थापाको अध्यक्षतामा बसेको केन्द्रिय कार्य सम्पादन समितिको बैठकले लघुबित्तको ऋणचक्रमा परेका बिपन्न परिवारलाई ऋण मुक्त पार्न प्रभाबकारी कदम चाल्न समेत सरकारको ध्यानाकर्षण गराएको छ ।

साना किसान र साना ब्यबसायीहरुको दुराबस्थालाई ध्यानमा राखी ॠणमुक्त गराउने नीति ल्याउन सरकार अग्रसर हुनुपर्नेमा समेत बैठकले जोड दिएको छ । महङ्गी नियन्त्रण गर्न तत्काल शसक्त र प्रभाबकारी कदम चाल्न तथा पुँजि बजारका लगानिकर्ताहरुको आर्थिक सुरक्षामा तत्काल ध्यान दिनको निमित्त राप्रपा नेपालले सरकारसङ्ग माग गरेको छ ।

बैठकले संगठन बिस्तारका क्रममा काठमाण्डौ उपत्यका भित्रका सबै वडाहरुमा चैत्र मसान्त भित्र ईकाई समिति गठन गर्ने,प्राथिमिकता प्राप्त १५ जिल्लाहरुका वडाहरुमा बैशाख मसान्त भित्र ईकाई समिति गठन गर्ने,अन्य जिल्लाहरुमा कम्तिमा पालिका तहका जेष्ठ महिना भित्र ईकाई समिति गठन  गर्ने कार्य योजना पारित गरेको छ ।
साथै जिल्लागत जिम्मेवारी दिई ६ वटा बिभिन्न टोली बनाएर जिल्ला  पठाउने निर्णय पनि गरेको छ ।  नेताहरु राजिव पराजुली, श्याम तिमिल्सिना,सुशील श्रेष्ठ, राजाराम बर्तौला, केशव श्रेष्ठ, तेज कुरुम्वाङ लगायत प्रदेश अध्यक्षहरु सहभागी भ्रमण टोलि जिल्लामा खटिने समेत निर्णय भएको छ ।
साथै चैत्र महिना भित्र प्रदेश स्तरिय  प्रशिक्षण,बैशाख महिना भित्र जिल्ला स्तरिय प्रशिक्षण संचालन हुनेछ भने उपत्यका भित्रका पालिकामा चैत महिनामा र अन्य पालिकास्तरिय प्रशिक्षण मंसिर महिना भित्र सम्पन्न गरिने निर्णय गरेको छ ।
साथै आर्थिक विभाग,कानुन बिभाग र नीति तथा अनुसन्धान बिभागको कार्यक्रम पास गरेको छ । बैशाखको दोस्रो हप्ता संयुक्त जनप्रदर्शन गर्ने र पौष महिना भित्र जनबर्गिय संगठनको राष्ट्रिय भेला आयोजना गर्ने निर्णय गरेको प्रबक्ता बसन्तमान सिंह अधिकारीले जानकारी दिए  ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

भोटेकोशी बाढीमा बेपत्ता मृत घोषणा गर्ने प्रक्रिया सुरु, राहत भने अझै अलपत्र

कार्तिक ११, काठमाडौँ । गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको भीषण बाढीमा परी

अर्थमन्त्री वाग्लेको दिल्ली अभिव्यक्तिले नेपालमा बढायो कूटनीतिक विवाद

कार्तिक १०, काठमाडौँ । नयाँदिल्लीमा आयोजित एक अन्तर्राष्ट्रिय सम्मेलनमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले दिएको अभिव्यक्तिलाई लिएर

साइबर जोखिमले सरकारी वेबसाइट बन्द

२०८३ कार्तिक ८, काठमाडौं । पीएचपी प्रोग्रामिङ भाषामा सुरक्षा कमजोरी भेटिएपछि नेपालका अधिकांश सरकारी वेबसाइट

बंगालको खाडीको न्यून चापीय प्रणालीको प्रभाव: बिहीबारदेखि वर्षा र हिमपातको सम्भावना, सतर्कता अपनाउन आग्रह

८ कार्तिक २०८३, आइतबार,काठमाडौं। बंगालको खाडीमा विकसित भइरहेको न्यून चापीय प्रणालीका कारण आगामी बिहीबारदेखि नेपालका विभिन्न

बैंक खातामा राष्ट्रिय परिचयपत्रको ‘बाध्यकारी’ नियम बदर: सर्वोच्चको ऐतिहासिक फैसला र यसका दूरगामी प्रभाव

२९ असोज २०८३, काठमाडौँ । नेपाल राष्ट्र बैंकले बैंक खाता खोल्न, केवाईसी अद्यावधिक गर्न तथा

मानव अधिकार परिषद्मा नेपाल निर्वाचित, एसिया–प्रशान्त क्षेत्रबाट सर्वाधिक १७३ मत

असोज २८, काठमाडौं । नेपाल संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार परिषद्को सन् २०२७–२०२९ कार्यकालका लागि सदस्यमा