कार्तिक २, नेपाल कम्युनिष्ट पार्टी नेकपाको महासचिवमा नेत्र विक्रम चन्द ‘विप्लव’ पुनः निर्वाचित भएका छन् । कपिलवस्तुको शिवगढीमा भएको पार्टीको नवौँ महाधिवेशनबाट विप्लव फेरि महासचिव बनेका हुन् । महाधिवेशनले ८१ जनाको केन्द्रीय समिति, ४५ सदस्यीय वैकल्पिक केन्द्रीय समिति र १३२ सदस्यीय केन्द्रीय प्रतिनिधि समिति चयन गरेको छ । २५ असोजबाट सुरु भएको महाधिवेशनबाट विप्लवद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदन सर्वसम्मत पारित भएको छ । महाधिवेशनबाट विधान, नीति तथा कार्यक्रम पनि सर्वसम्मत पारित भएको छ । महाधिवेशन २५ असोजमा विप्लवले उद्घाटन गरेका थिए । ५ असोजमा हुने भनिएको महाधिवेशन २० दिनपछि सरेको थियो । पहिलो केन्द्रीय कमिटीको बैठकले पार्टी प्रवक्ता, पदाधिकारी र पोलिटब्युराे चयन गर्ने महाधिवेशन प्रतिनिधि प्रकाश डुम्रेले जानकारी दिए । महाधिवेशनका सबै निर्णयहरू काठमाडौंमा पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने तयारी पार्टीले गरेको छ । तेहरान, फागुन २८ । इरानले अमेरिका र इजरायलसँग जारी युद्ध अन्त्य गर्न तीन प्रमुख शर्त
काठमाडौं, फागुन २७ । प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेसँगै अब बन्ने नयाँ सरकारप्रति
काठमाडौं, फागुन २० — राष्ट्रिय सुरक्षा परिषद्ले प्रतिनिधिसभा सदस्य निर्वाचन निष्पक्ष, भयरहित, शान्तिपूर्ण र त्रुटिरहित ढंगबाट सम्पन्न
काठमाडौं, फागुन १७ — केपी शर्मा ओलीले मतदातालाई देशको पक्षमा स्पष्ट निर्णय लिन आग्रह गरेका
१५ फागुन, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आसन्न निर्वाचन
विराटनगर, फागुन १५ । केपी शर्मा ओलीले आगामी निर्वाचनको स्वच्छता र निष्पक्षतामाथि शंका व्यक्त गरेका