कार्तिक २, नेपाल कम्युनिष्ट पार्टी नेकपाको महासचिवमा नेत्र विक्रम चन्द ‘विप्लव’ पुनः निर्वाचित भएका छन् । कपिलवस्तुको शिवगढीमा भएको पार्टीको नवौँ महाधिवेशनबाट विप्लव फेरि महासचिव बनेका हुन् । महाधिवेशनले ८१ जनाको केन्द्रीय समिति, ४५ सदस्यीय वैकल्पिक केन्द्रीय समिति र १३२ सदस्यीय केन्द्रीय प्रतिनिधि समिति चयन गरेको छ । २५ असोजबाट सुरु भएको महाधिवेशनबाट विप्लवद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदन सर्वसम्मत पारित भएको छ । महाधिवेशनबाट विधान, नीति तथा कार्यक्रम पनि सर्वसम्मत पारित भएको छ । महाधिवेशन २५ असोजमा विप्लवले उद्घाटन गरेका थिए । ५ असोजमा हुने भनिएको महाधिवेशन २० दिनपछि सरेको थियो । पहिलो केन्द्रीय कमिटीको बैठकले पार्टी प्रवक्ता, पदाधिकारी र पोलिटब्युराे चयन गर्ने महाधिवेशन प्रतिनिधि प्रकाश डुम्रेले जानकारी दिए । महाधिवेशनका सबै निर्णयहरू काठमाडौंमा पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने तयारी पार्टीले गरेको छ । बिहीबार, मंसिर १८, काठमाडौँ । जेनजी प्रदर्शनका क्रममा ‘आपराधिक गतिविधि’मा संलग्न भनिएका व्यक्तिहरूका मुद्दा फिर्ता
मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी
मंसिर १७, काठमाडौं। सहरी विकास, ऊर्जा, जलस्रोत तथा सिँचाइ, र भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान
२०८२ मंसिर २, रुपन्देही । मजदुर नेता कमल गौतमको निधन भएको १९ दिन बितिसक्दा पनि
कात्तिक २७, काठमाडौं।डेडिकेटेड र ट्रङ्क लाइनमार्फत विद्युत् उपयोग गर्दै प्रिमियम महसुल नतिरेका कारण काटिएका सबै
काठमाडौँ, कार्तिक २६।भीम रावल नेतृत्वको मातृभूमि जागरण अभियान र *नेपाल कम्युनिस्ट पार्टी (नेकपा)*बीच ७ बुँदे