फोहोर नउठ्नाले ,जेष्ठ नागरिक तथा बालबालिका बिरामी, फोहोर प्रशोधन केन्द्रको तयारी भैरहेको छ : मेयर बासुदेव थापा


पिपुल नेपाल संवाददाता,२९ साउन भक्तपुर।
पछिल्लो दुई हप्तादेखी भक्तपुरको सुर्यविनायक नगरपालिका लगायतका स्थानमा फोहोर उठ्न सकेको छैन।धेरै दिनदेखि फोहोर घरघरमै थुप्रीदा जेष्ठ नागरिक तथा बालबालिका बिरामी पर्न थालेका छन।

स्वास्थ केन्द्रहरुमा बालबालिका र जेष्ठनागरिकहरुको साविकको तुलनामा अत्याधिक भिड बढ्न थालेको सुर्यविनायक न.पा वडा नं.२ मा रहेको बालकोट उपस्वास्थ्य चौकिको एक कर्मचारीले बताएका छन।कोरोना संक्रमितहरुको सङ्ख्या बढिरहेको अवस्था र मङ्किपक्स भाइरस इण्डियामा देखापरिसकेको स्थितिमा फोहोर नउठ्नु रोग न्यूनीकरणको लागि त्यति शुभ संकेत नरहेको उनको भनाइ छ।

सिसडोल ल्यान्डफिल्ड साइटका स्थानीयले विभिन्न माग राख्दै अवरोध गरेपछि काठमाडौं उपत्यकाको फोहोर ठप्प भएको हो । सिसडोल भरिइसकेको कारण व्यवस्थापन अस्तव्यस्त भएकाले सिसडोलमा फोहोर फाल्न बन्द गर्नुपर्ने र डम्पिङ साइटबाट सिर्जित समस्याको समाधान गर्नुपर्ने माग सहित सिसडोलका स्थानियहरु संघर्षरत छन।

नगर प्रमुख बासुदेब थापाको अनुसार : नगरपालिकाले फोहोर प्रशोधन केन्द्रको तयारी गरि वैकल्पिक माध्यम मार्फत फ़ोहोर ब्यबस्थापन गर्ने काममा लागेको बुझिएकोछ। मेयर थापा भन्नु हुन्छ “सुर्यविनायक नगरपालिका भनेको आठ वटा गाबिस मिलेर बनेको नयाँ नगरपालिका भएकोले नयाँ नितिनै पास गरेर अगाडि बढ्ने तयारी हुंदैछ। फोहोर समन्धी काम गरिरहेका प्राईभेट कम्पनिहरु नेप्सेम्याक र फुलबारी प्रालिले फोहोर प्रशोधन केन्द्रको लागी उठाउंदै आएको बिषयलाई निरन्तरता दिंदै जापानी प्रबिधिको प्रयोग गरेर यो वर्ष भित्रमा फोहोर प्रशोधन केन्द्रनै स्थापना गर्ने गरि हामिहरु लागिरहेका छौँ।”कुहिने र नकुहिने फोहोरहरुलाई छुट्याएर मलको रुपमा परिणत गर्नलाई मास्टर प्लानको तयारी अगाडि बढिरहेको कुरा उनले जानकारी दिएका छन।

उपत्यकाको १८ वटै नगरपालिका फोरमको एउटै प्रशोधन केन्द्र बनाएर जाउं भन्ने हाम्रो प्रस्ताव रहेको छ। यदि नगरपालिका फोरमले संयुक्त रुपमा प्रशोधन केन्द्र स्थापना गर्ने हो भने खर्च पनि कम हुन आउँछ।उपत्यका नगरपालिका फोरमको संयुक्त प्रयोगशाला सफल नभएमा सुर्यविनायक नगरपालिका मात्र नै आफ्नो नगर क्षेत्रको फोहोर ब्यवस्थापनका लागि आफ्नै प्रशोधन केन्द्र खोलेर अगाडि बढ्ने छ। पिपुल नेपाल संगको एक संवादमा मियर थापाले बताएका हुन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

देखासिखी संस्कृतिलाई कडा कानुन बनाएर नियन्त्रण गर्न जरुरी

  अधिवक्ता: तारा निधि पन्त सरलता, आध्यात्मिकता र सामुदायिक भावनामा आधारित रहेको नेपाली संस्कृति आज

नयाँ अर्थमन्त्रीको पर्खाइमा बजेट प्रक्रिया

काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत

पेट्रोलियम पदार्थको मूल्यवृद्धिपछि सार्वजनिक यातायात भाडा समायोजन गर्न महासङ्घको माग

काठमाडौँ, चैत २ । देशभरका यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ ले

नेपालको प्रस्तावमा अप्रिल १५ ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइने

फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’

युद्ध अन्त्यका लागि इरानका तीन शर्त

तेहरान, फागुन २८ । इरानले अमेरिका र इजरायलसँग जारी युद्ध अन्त्य गर्न तीन प्रमुख शर्त

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद