जीमेलको पासवर्ड यसकारण परिवर्तन गरिरहन पर्छ

वास्तवमा जीमेल गुगलका हरेक अकाउन्टमा जोडिएको हुन्छ । त्यसैले तपाईंले आफ्नो जीमेलको पासवर्ड परिवर्तन गरेर त्यसलाई सुरक्षित राख्नु भनेको तपाईंले गुगलका अन्य एप तथा वेबसाइट जस्तै युट्युब, गुगल मीट, गुगल डक्स, फोटोज र अन्य थुप्रै एप सुरक्षित राख्नु हो ।

तपाईंले किन जीमेलको पासवर्ड परिवर्तन गर्नुपर्छ होला ?

जीमेलको पासवर्ड परिवर्तन गर्नुपर्ने धेरै कारणहरू छन् । त्यसमध्ये सबैभन्दा प्रमुख भनेको ह्याकरबाट आफ्नो अकाउन्ट बचाउन पासवर्ड परिवर्तन गर्न आवश्यक छ ।

जीमेल तपाईंको सम्पूर्ण गुगल अकाउन्टसँग जोडिएको हुन्छ । तपाईंले गुगल अकाउन्टका लागि प्रयोग गरेको पासवर्ड तपाईँका हरेक गुगल एप तथा सर्भिसमा लागू हुन्छ ।

कसैले तपाईंको पासवर्ड थाहा पाएको खण्डमा तपाईंको डिभाइसको हरेक कुरामा सो व्यक्तिले एक्सेस पाउँछ ।

तपाईंलाई आफ्नो पासवर्ड ह्याक भएको छ भन्ने लागेमा पासवर्ड परिवर्तन त गर्नुपर्छ नै, साथै ह्याक भएजस्तो नलागे पनि केही समयको अन्तरालमा पासवर्ड परिवर्तन गर्नु उपयुक्त हुने गर्छ ।

कति समयको अन्तरालमा पासवर्ड परिवर्तन गर्नु आवश्यक हुन्छ ?

पासवर्डड यति समयपछि परिवर्तन गर्नुपर्छ भन्ने कहिँ कतै लेखिएको छैन । वा भनौं यति समयपछि पासवर्ड परिवर्तन गर्नुपर्छ भन्ने हुँदै हुँदैन ।

कुनै पनि अकाउन्टको पासवर्ड राख्दा युनिक, विभिन्न प्रकारका अक्षर र अङ्कको संयोजन जस्ता कुराहरू सोचेर पासवर्ड राखेको छ भने अरूलाई अनुमान गर्न गाह्रो नै हुन्छ ।

कतिपय व्यक्तिले हरेक तीन महिना पासवर्ड परिवर्तन गर्नुपर्ने धारण राखेका हुन्छ । यदि ह्याकरले केही गरी दुई महिनामा नै अकाउन्ट ह्याक गर्‍यो भने? त्यसैले पासवर्ड परिवर्तन गर्नुपर्ने कुनै पनि निश्चित तिथि मिति हुँदैन ।

यसरी तपाईंलाई आफ्नो अकाउन्ट ह्याक भएको छ भन्ने लागेमा परिवर्तन गर्नपर्ने हुन्छ । अकाउन्ट ह्याक भएको महसुस नभए पनि बारम्बार पासवर्ड परिवर्तन गर्नु बुद्धिमानी हुन्छ ।

तपाईंले पासवर्ड कहिले परिवर्तन गर्ने भन्ने कुरा तपाईंको हातमा हुन्छ । त्यसमा तपाईं आफैले निर्णय लिनुपर्ने हुन्छ । तर, याद गर्नुहोस्, कुनै पनि नयाँ पासवर्ड राख्दा पुरानो पासवर्ड दोहोर्‍याउनु हुँदैन ।

त्यस्तै तपाईंले कडा किसिमको पासवर्ड राख्ने गर्नुभएको छैन भने दैनिकजसो पासवर्ड परिवर्तन गर्नुको पनि कुनै औचित्य हुँदैन ।

नयाँ पासवर्ड राख्दा यी कुरा ख्याल गर्नुहोस्

-युनिक पासवर्ड राख्नुहोस्

पासवर्ड राख्दा हरेक अकाउन्टमा उही पासवर्ड नराख्नुहोस् । आफ्ना फरक फरक अकाउन्टका लागि फरक फरक पासवर्ड बनाउनुले तपाईंको अकाउन्ट ह्याकरको कब्जाबाट बच्नसक्छ ।

लामो पासवर्ड राख्नुहोस्

तपाईंले जति लामो पासवर्ड राख्नुभयो ह्याकरलाई सो पासवर्ड अनुमान गर्न त्यति नै सकस पर्छ । यदि तपाईंलाई लामो पासवर्ड सम्झिन सक्दैन भन्ने लागेमा पासवर्ड मेनेजर छँदै छ ।

-पासवर्डमा व्यक्तिगत विवरण नराख्नुहोस्

कतिपयले कुनै पनि अकाउन्टको पासवर्ड राख्दा आफ्नो नाम, जन्ममिति, घरपरिवारको नाम, आफ्नो मन पर्ने व्यक्तिको नाम राखेका हुन्छन् । त्यस्तो पासवर्ड राख्दा ह्याकरले तपाईंले प्रयोग गरेका पासवर्ड सहजै अनुमान गर्छन् ।

साझा शब्दहरू प्रयोग नगर्नुहोस्

पासवर्ड राख्दा कुनै पनि ठाउँको नाम, आफ्नो नाम, आफ्नो थर वा अन्य केही कुराको पछाडि १२३ वा ४५६७८९ वा १२३४५६७८९ जस्ता अङ्कहरू क्रमबद्ध रूपमा राख्ने गरेको पाइन्छ । त्यस्ता पासवर्ड ह्याकरले पहिलो पटकमा नै अनुमान गर्ने सक्छन् ।

माथि उल्लेख गरिएका विभिन्न कुरा पासवर्ड बनाउनु अघि याद गर्नु भयो भने तपाईंको अकाउन्ट केही हदसम्म सुरक्षित हुन्छ ।

विन्डोजमा जीमेल पासवर्ड कसरी परिवर्तन गर्ने?

पासवर्ड किन परिवर्तन गर्ने, पासवर्ड राख्दा के के कुरा ख्याल गर्ने भन्ने जानिसकेपछि अब पासवर्ड कसरी परिवर्तन गर्न सकिन्छ भन्ने विषयमा बुझौं ।

  • त्यसका लागि सबैभन्दा पहिले क्रोम ब्राउजर खोल्नुहोस् ।
  • त्यसपछि माथि दायाँपट्टि देखाइएको प्रोफाइलको आइकनमा क्लिक गर्नुहोस् ।
  • त्यसपछि मेनेज योर अकाउन्टको अप्सनमा क्लिक गर्नुहोस् ।
  • त्यसपछि बायाँपट्टि रहेको सेक्युरिटीको अप्सनमा क्लिक गर्नुहोस् ।
  • त्यसपछि स्क्रोल गर्दै तल गएर साइनिङ इन्टु गुगल सेक्सन्मा रहेको पासवर्ड अप्सनमा क्लिक गर्नुहोस् ।
  • त्यसपछि त्यहाँ आफ्नो अकाउन्टको पासवर्ड राख्नुहोस् ।
  • त्यसपछि न्यु पासवर्ड लेखिएको सेक्सनमा नयाँ पासवर्ड राखेर तल रहेको अप्सनमा न्यु पासवर्ड सेक्सनमा राखिएको पासवर्ड प्रयोग गर्नुहोस् ।
  • त्यसपछि चेन्ज पासवर्डमा क्लिक गर्नुभयो भने पासवर्ड परिवर्तन हुन्छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

प्रधानमन्त्रीको सम्बोधन “सरकार ढल्ने दिवा सपना नदेख्नआग्रह” (पूर्ण पाठसहित)

कात्तिक ७, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेस र नेकपा (एमाले) जस्ता इतिहास

धार्मिक साहित्यमा दसैँ र नारीशक्ति

 असोज २२,  २०८१, मङ्गलबार। हरेक देशका आफ्नै भाषा, जाति, समुदायहरू एवं तिनका आआफ्नै संस्कृति पनि

सर्वोच्चले दिएन दुर्गा प्रसाईंलाई अन्तरिम आदेश

आश्विन ९ ,काठमाडौं । सर्वोच्च अदालतले विवादित पृष्ठभूमि भएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न

विश्वको आधाभन्दा बढी जनसङ्ख्याको सामाजिक सुरक्षामा पहुँच : संयुक्त राष्ट्रसङ्घ

 भदौ  ३० गते । विश्वव्यापी रूपमा पहिलो पटक आधाभन्दा बढी जनसङ्ख्याको कुनै न कुनै प्रकारको

टिकटकको प्रतिबन्ध सबै इन्टरनेटमा खुल्यो

भदौ २१, काठमाडौँ। नेपाल दूरसञ्चार प्राधिकरणले टिकटकमा लगाएको सबै प्रतिबन्ध हटाएको छ। शुक्रबार सूचना सार्वजनिक गर्दै

देशको बलियो शक्तिको रुपमा एमाले आउँछ : महासचिव शङ्कर पोखरेल

 भदौ २०, सुर्खेत। नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले देशमा बलियो शक्ति आवश्यक भएकाले २०८४ मा