काठमाडौ ,श्रावण ११।नेकपा एमाले निकट मजदुरहरुको संगठन नेपाल ट्रेड युनियन महासघ (जिफन्ट) को श्रावण ७-१० मा सम्पन्न आठौं राष्ट्रिय महाधिवेशनले ५७ सदस्यीय नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको छ । 
एमाले अध्यक्ष केपी शर्मा ओलीले ७ गते शनिबार गोदावरीको सुर्योदय हलमा उद्घाटन गरेर सुरु भएको महाधिवेशन काठमाडौंकाे राष्ट्रिय सभागृहमा यही श्रावण ८,९ र१० तिनदिनसम्म चलेको बन्दसत्रले विनोद श्रेष्ठलाई अध्यक्षमा चयन गर्दै सम्पन्न भएको हो । महाधिवेशनले उपाध्यक्षमा रमेश बडाल, विदुर कार्की, जितेन्द्र बहादुर श्रेष्ठ, जनक चौधरी, मञ्जु थापा, सीता लामा र कमल गौतम चयन गरेको छ।

जिफन्टले ५१ सदस्यीय राष्ट्रिय कमिटी भएको विधानलाई परिवर्तन गर्दै ५७ सदस्यीय बनाएको छ । जसमा ८ उपाध्यक्षबाट १ घटाएर सात बनाएको छ भने ५ जना सदस्य थपेको हो । निर्वाचित नयाँ कार्यसमितिको मंगलबार दिउँसो २ बजे बागबजारको हार्दिक होटेलबाट औपचारिक घोषणा गरिएको थियो ।
काठमाडौँ । भदौ २३ र २४ गते भएको आन्दोलन तथा त्यस क्रममा भएका हिंसात्मक घटनालाई
काठमाडौँ, भदौ २२ गते । नेपाल क्यासिनो एसोसिएसनले भोटेकोशी बाढीपीडितका लागि ८५ लाख २३ हजार
-अधिवक्ता तारा निधि पन्त भाद्र २१, काठमाडौं । विवादित ‘ग्रिन आर्मी’ नामक संस्थाको दर्ता खारेज
काठमाडौँ, २१ भदौ । ओपनएआईसँग सम्बन्धित मानिएका स्वायत्त कृत्रिम बुद्धिमत्ता (एआई) एजेन्टले आपसमा सञ्चार र
काठमाडौं, भदौ १९ गते । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले
काठमाडौँ, भदौ १६ गते । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट