‘डिलिट’ भनिएको सीसीटीभी फुटेज रिकभर

काठमाडौँ, ११ साउन । अर्थ मन्त्रालयले उपलब्ध गराएको ‘हार्डडिस्क’बाट नेपाल प्रहरी केन्द्रीय प्रहरी विधि विज्ञान प्रयोगशालाले गत १४ जेठको सीसीटीभी फुटेज ‘रिकभर’ गरेको छ ।

समितिका एक सदस्यका अनुसार गत १४ जेठका ५० वटा भन्दा बढी सीसीटिभी फुटेजका ‘क्लिप रिकभर’ भएका छन् । निवर्तमान अर्थमन्त्री जनार्दन शर्मामाथि चालू आर्थिक वर्षको बजेट सार्वजनिक हुने अघिल्लो रात गत १४ जेठमा करका दर हेरफेर गर्न अनधिकृत व्यक्तिलाई अर्थ मन्त्रालय प्रवेश गराएको आरोप लागेको छ ।

बजेट निर्माणमा कर दर हेरफेर गर्न अर्थ मन्त्रालयमा अनधिकृत व्यक्ति प्रवेश गरेको विषयमा संसदीय विशेष छानबिन समितिले अहिलेसम्म कुनै प्रमाण फेला पार्न नसकेपछि प्रहरीसँग सहयोग मागिएको थियो । समितिले अर्थ मन्त्रालयबाट सीसीटीभी फुटेज मागे पनि गत १४ जेठको फुटेज नपाएपछि ‘रिकभर’का लागि प्रहरीको फरेन्सिक ल्याब पठाएको थियो । प्रयोगशालाले सोमबार समितिलाई फरेन्सिक रिपोर्ट बुझाएको थियो । मंगलबार बिहान बसेको समिति बैठकमा सीसीटीभी फुटेज हेरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

महिला हिंसा नियन्त्रणका लागि सांसद एकमत

काठमाडौँ, भदौ ३० गते । महिला तथा बालिकामाथि हुने बलात्कार, यौन हिंसा तथा साइबर अपराध

भदौ २३–२४ को घटनाबारे गहिरो अनुसन्धान आवश्यक, विदेशी जासुसी संलग्नताको आशंका :रविन्द्र मिश्र

काठमाडौँ । भदौ २३ र २४ गते भएको आन्दोलन तथा त्यस क्रममा भएका हिंसात्मक घटनालाई

क्यासिनो एसोसिएसनद्वारा भोटेकोशी बाढीपीडितलाई ८५ लाख २३ हजार सहयोग

काठमाडौँ, भदौ २२ गते । नेपाल क्यासिनो एसोसिएसनले भोटेकोशी बाढीपीडितका लागि ८५ लाख २३ हजार

ग्रिन आर्मी प्रकरण : खारेजी मात्र होइन, सत्यको कानुनी परीक्षण आवश्यक

-अधिवक्ता तारा निधि पन्त भाद्र २१, काठमाडौं । विवादित ‘ग्रिन आर्मी’ नामक संस्थाको दर्ता खारेज

एआई एजेन्टले विकीमार्फत सहकार्य गरेको खुलासा

काठमाडौँ, २१ भदौ । ओपनएआईसँग सम्बन्धित मानिएका स्वायत्त कृत्रिम बुद्धिमत्ता (एआई) एजेन्टले आपसमा सञ्चार र

सेना राजनीतिक विवादमा मुछिनु दुःखद् : ओली

  काठमाडौं, भदौ १९ गते । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले